शाक्यमुनि मन्त्रको १० करोड जप पुर्याउने अभियान सुरु भएको छ । आगामी जनवरी १ सम्म १० करोड जप पुर्याउने लक्ष्य लिइएको छ । जपको लक्ष्य पुरा गर्न बौद्ध धर्मका अनुयायीहरुलाई झोंगसार जामयांग खेन्चे रिन्पोछेले आह्वान गर्नु भएको छ । शाक्यमुनी मन्त्र यस्तो रहेको छ ॐ मुने मुने महा मुने महामुने स्वाहा अथवा ॐ मुनी मुनी महामुनी शाक्यमुनि स्वाहा अर्थ (हामीभित्रै मुनित्व छ अर्थात मुनिमा हुने गुण छ । हामी भित्र नै शौर्य छ, साहास छ ) अहिलेको विश्वमा कोरोना भाइरसको महामारीले पुर्याएको असरको समयमा शाक्यमुनि मन्त्र जप गरी प्रार्थना गर्न…
Read MoreCategory: समाचार
नेपाल बौद्ध संघद्वारा ८ गुम्बा तथा विहारलाई सहयोग
कोरोना महामारीका कारण अहिले सम्पुर्ण विश्व नै आक्रान्त छ । विविध गतिविधि पूर्ववत अवस्थामा जस्तो नहुँदा अहिले धेरैतिर आर्थिक अभाव समेत देखिन थालेको छ । कोरोनाको असर धार्मिक क्षेत्रहरुमा समेत परेको छ । कोरोनाका कारण लामो समयदेखि जारी लकडाउनको असर गुम्बा तथा विहारहरुमा पनि देखिन थालेको छ । यसै सन्दर्भमा नेपाल बौद्ध संघले काठमाडौँ र काभ्रेका ८ गुम्बा तथा विहारलाई आर्थिक सहयोग गरेको छ । दक्षिणकाली, काठमाडौँ, काभ्रेका ८ गुम्बा तथा विहारलाई आज एक कार्यक्रमका बीच काठमाडौँको बौद्धमा करिब ७ लाख रुपैयाँ सहयोग अर्पण गरिएको छ । कोरोनाका कारण विभिन्न…
Read Moreबौद्ध धर्मको उद्गमस्थल नेपाल हो : परराष्ट्र मन्त्रालय
भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई महान भारतीय भनेर अभिव्यक्ति दिएपछि नेपाली सञ्चालमाध्यमले नेपालको परराष्ट्र मन्त्रालयको आधिकारिक धारणा मागेपछि मन्त्रालयले जवाफ दिएको छ । आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको सर्वत्र प्रमाणित भइसकेको उल्लेख गरिएको छ । बुद्धको जन्म लुम्बिनीमा भएको भन्ने ऐतिहासिक र पुरातात्विक तथ्यहरु समेत रहेको र बौद्ध धर्मको उद्गम नेपाल रहेको भन्नेमा आशंका नरहेको उल्लेख गर्दै मन्त्राललयले लुम्बिनीलाई युनेस्कोले समेत विश्व सम्पदा सूचिमा सूचिकृत गरिसकेको भनेको छ ।…
Read Moreभूकम्पले क्षति पुर्याएका गुम्बा तथा विहार पुननिर्माण एकदमै सुस्त
विनाशकारी भूकम्पबाट भत्किएका गुम्बा, विहार मर्मत तथा पुनर्निर्माणका काम सुस्त देखिएको छ । २०७२ वैशाख १२ गते भूकम्प गएको पाँच वर्ष बिते पनि गुम्बा, विहार र स्तूपहरूको संरक्षण जीर्णोद्धार तथा पुनर्निर्माण कार्य भने बल्ल ६५ प्रतिशत सकिएको छ । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिमा दर्ता भएका दुई हजार ७०३ वटा गुम्बा, विहारमध्ये एक हजार ३५७ वटा गुम्बा, विहार २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पु¥याएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना, कार्यान्वयन एकाइ (अनुदान, व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का निर्देशक गणेश वस्तीले मर्मत सम्भार मात्र गरेर सञ्चालन…
Read Moreबौद्ध तथा पशुपतिमा मागेर गुजारा चलाउनेलाई भिक्षुको सहयोग (फोटो फिचर)
कोरोना भाइरसको महामारी दिनप्रति दिन बढिरहँदा यसबाट प्रभावित हुनेको संख्या पनि निकै बढिरहेको छ । अहिले हरेक तह र तप्काका मानिस यसबाट प्रभावित भएका छन् । त्यसमा पनि मागेर गुजारा चलाउदै आएमा वर्ग त यो महामारीबाट झनै पिडित बनेका छन् । शुक्रवार टेकराज तामाङको सहयोगमा बौद्ध र पशुपति क्षेत्रमा मागेर जीवनयापन गरिरहेका करिब ४ सय जनालाई सहयोग गरिएको छ । उनीहरुलाई प्रतिव्यक्ति १० थान मास्क, डिटोल साबुन, ड्राई फुड लगायत सहयोग दिइएको छ ।
Read Moreनेपालको आठौं संघनायकमा भिक्षु बोधिसेन महास्थविर पदासीन,संघउपनायकमा भिक्षु गुणघोष महास्थविर पदासीन
अखिल नेपाल भिक्षु महासंघका उपाध्यक्षहरु भिक्षु सुमेध महास्थविर तथा भिक्षु धर्ममूर्ति महास्थविरको उपस्थितिसहितको अ.ने.भि.महासंघका धर्मानुशासक, पदाधिकारी एवं सम्बद्ध संघसदस्यहरु बीच आज २०७७ श्रावण १९ गते सोमवार (बु.सं. २५६४, ३ अगष्ट २०२०, ने.सं. ११४० गुंपुन्हि) का दिन काठमाडौं, स्वय्म्भूस्थित ऐतिहासिक आनन्दकुटी विहारको सीमागृहमा महासंघका धर्मानुशासक, पूर्व अध्यक्ष, बोधिचर्या विहार (बनेपा) का संस्थापक प्रमुख महासद्धम्मजोतिकधज भिक्षु बोधिसेन महास्थविरलाई संघनायक पतिट्ठापनविधिसहित संघसम्मति विधिपूर्वक नेपालको आठौं संघनायक पदमा धर्मगौरवसहित पदस्थापन गरियो । त्यसरी नै महासंघका धर्मानुशासक, पूर्वाराम विहार (धुलिखेल) का संस्थापक प्रमुख महासद्धम्मजोतिकधज भिक्षु गुणघोष महास्थविरलाई संघउपनायक पतिट्ठापनविधिसहित संघसम्मति विधिपूर्वक संघउपनायक पदमा धर्मगौरवसहित पदस्थापन…
Read Moreतनाव भुल्न चर्चित अभिनेत्री साम्राज्ञी आरएल शाह बौद्ध दर्शनमा
पछिल्लो समय भूवन केसीले दुर्व्यवहार गरेको भन्ने अभिव्यक्ति दिएर चर्चामा रहेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह बुधवार बौद्धनाथ स्तुप पुगेकी छन् । बौद्धनाथ परिसरभित्र स्तुपलाई ब्याकग्राउण्डमा पार्दै उनले लिएको तस्विर फेसबुकमा पोष्ट गर्दै उनले ओम माने पेमे हु स्टेटस लेखेकी छन् । भुवन केसीसँगको विवादका कारण चर्चा र तनावमा रहदै आएकी उनी मानशिक शान्तिको खोजीमा बौद्ध परिसर पुगेको अनुमान गरिएको छ । अभिनेता केसीले शाहले मानहानी गरेको भन्दै १० करोड रुपैयाँ क्षतिपुर्तिसहित जिल्ला अदालतमा मुद्दा दायर गरेपछि उनी तनावमा रहेको बुझिएको छ ।
Read Moreचावहिलमा बौद्ध परियत्ती शिक्षा उतिर्णलाई पुरस्कार, आफ्ना बालबालिकालाई बौद्ध शिक्षा दिन पाउँदा स्थानीय उत्साहित
चाबहिल कुतुबहि अवस्थित राजकीर्ति गगनगंज महाविहारमा राजकीर्ति गगनगंज परियत्ति केंद्रबाट परियत्ती शिक्षा उत्तिर्ण गरेका विद्यार्थीहरुलाई शनिवार प्रमाण पत्र तथा पुरस्कार बितरण गरिएको छ । अखिल नेपाल भिक्षु महासंघद्वारा संचालित नेपाल बौद्ध परियत्ती शिक्षा चाबहिल क्षेत्र कÞुतुबहिल राजकीर्ति गगनगंज महाविहारमा गत बर्ष २०७६ साल सुरूवात गरिएको थियो । । परीयत्ती शिक्षा सुरु पछि पहिलोपटक उत्तिर्ण भएका विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र बितरण गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी बिकास कोषका पूर्वउपाध्यक्ष भिक्षु निग्रोध, बिशेष अतिथि चाबहिल चारूमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सि धम्म महास्थबीर सहित भिक्षु जयंतो, भिक्षु विपुलसार र…
Read Moreआज छोखोर दुछेन अर्थात् धर्म चक्र प्रवर्तन महोत्सव
भोट हिमाली क्षेत्रका बौद्धमार्गीहरूले आजको दिनलाई छोखोर दुछेन अर्थात् भगवान् शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त पश्चात् पहिलो पटक धर्म चक्र प्रवर्तन गर्नु भएको दिनको रूपमा मान्ने गर्दछन् । यस दिनलाई भोट ज्योतिष पात्रो अनुसार छैटौँ महिनाको चतुर्थी तिथिको दिन परेकोले भोट भाषामा ‘डुक्पा छेजी’ भन्ने गर्दछ । शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त पश्चात् आज कै दिन भारत उत्तर प्रदेश वाराणसीको सारनाथ मगृदाव ऋषिपत्तन वनमा पहिलो पटक पञ्च वर्गीय भिक्षु (आज्ञात कौण्डिन्य, अश्वजित, वाष्प, महानाम र भद्रिक) लाई चार आर्य सत्य (दुःख – संसारमा दुःख छ । समुदाय – दुःखको कारण छ ।…
Read Moreबौद्धमार्गी नेवार समुदायले मनाउने गुँला पर्व सुरु
बौद्धमार्गी नेवार समुदायले मनाउने गुँला पर्व मंगलबारबाट सुरु भएको छ । साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरिन्छ । यसपटक कोभिड–१९ रोकथामका लागी सरकारले गरेको लकडाउनको कारणले गर्दा बाजागाजासहितको उपस्थिति भने कम भएको छ । पर्वको अवसरमा विशेषगरी स्वयम्भू महाचैत्य, बौद्ध चैत्यलगायत उपत्यकाका विभिन्न चैत्यस्थलको दैनिक परिक्रमा गरिन्छ । राँगाको सिङबाट बनाइएको ‘न्याकुँ’ बाजा बजाइन्छ । दाफा, धाः, बाँसुरी, धिम, भुस्यालगायत नौ बाजा बजाउने प्रचलन छ । यो पर्व विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने गर्छन् । नेपाल भाषामा ‘गुँ’…
Read More