शाक्यमुनि मन्त्रको १० करोड जप पुर्याउने अभियान सुरु भएको छ । आगामी जनवरी १ सम्म १० करोड जप पुर्याउने लक्ष्य लिइएको छ । जपको लक्ष्य पुरा गर्न बौद्ध धर्मका अनुयायीहरुलाई झोंगसार जामयांग खेन्चे रिन्पोछेले आह्वान गर्नु भएको छ ।
शाक्यमुनी मन्त्र यस्तो रहेको छ
ॐ मुने मुने महा मुने महामुने स्वाहा
अथवा
ॐ मुनी मुनी महामुनी शाक्यमुनि स्वाहा
अर्थ (हामीभित्रै मुनित्व छ अर्थात मुनिमा हुने गुण छ । हामी भित्र नै शौर्य छ, साहास छ )
अहिलेको विश्वमा कोरोना भाइरसको महामारीले पुर्याएको असरको समयमा शाक्यमुनि मन्त्र जप गरी प्रार्थना गर्न र आफुभित्रको मुनित्व र शौय उजागर होस भनेर मन्त्र जपको अभियान सुरु गरिएको हो ।
कसरी भाग लिने ?
यस अभियानमा भाग लिन चाहनेले आफुले गरेको मन्त्र जपको गणना बुझाउनु पर्नेछ । आफ्नो आवाजमा मन्त्र रेकर्ड गरी आयोजकले दिएको ठेगानामा पठाउनु पर्छ । भगवान बुद्ध प्रति तपाइको रुची कसरी उत्पन्न भयो भनेर पनि पठाउन आयोजकले आग्रह गरेका छन् ।
मन्त्र कसरी पठाउने ?
मन्त्र पठाउनका लागी भारतमा रहेका नेपाली र नेपालभित्रका नेपालीका लागी फरक फरक इमेल ठेगाना र सम्पर्क व्यक्ति रहेका छन् ।
नेपाली भाषी भारतीयका लागी सम्पर्क व्यक्ति र इमेल
डा. कर्मा ल्हामो
Email Id : kuntuzanmoh@gmail.com
Whatsapp No : +919609718331
नेपालीहरुका लागी सम्पर्क व्यक्ति र इमेल
तारिरत्न प्रधान
Email Id : tariratnapradhan@gmail.com
Whatsapp No : +919609718331



