भोट हिमाली क्षेत्रका बौद्धमार्गीहरूले आजको दिनलाई छोखोर दुछेन अर्थात् भगवान् शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त पश्चात् पहिलो पटक धर्म चक्र प्रवर्तन गर्नु भएको दिनको रूपमा मान्ने गर्दछन् । यस दिनलाई भोट ज्योतिष पात्रो अनुसार छैटौँ महिनाको चतुर्थी तिथिको दिन परेकोले भोट भाषामा ‘डुक्पा छेजी’ भन्ने गर्दछ ।
शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त पश्चात् आज कै दिन भारत उत्तर प्रदेश वाराणसीको सारनाथ मगृदाव ऋषिपत्तन वनमा पहिलो पटक पञ्च वर्गीय भिक्षु (आज्ञात कौण्डिन्य, अश्वजित, वाष्प, महानाम र भद्रिक) लाई चार आर्य सत्य (दुःख – संसारमा दुःख छ । समुदाय – दुःखको कारण छ । निरोध – दुःख कारणको निवारण छ । मार्ग – दुःख कारण निवारणको लागि आर्य अष्टांगिक मार्ग छ ।) को उपदेश दिनु भएको थियो । जसलाई धर्म चक्र प्रवर्तन भनिन्छ ।
धर्म चक्र प्रवर्तन महोत्सवका दिन बौद्धमार्गीहरूले पवित्र स्थानहरूमा धार्मिक प्रवचन र गोन्पाहरूमा भिक्षु, श्रमणेर, श्रमणेरिका र उपसाक, उपसिकाहरू शील धारण गरी पाठ पूजाको साथै ञ्युङन्ये मौन व्रत बस्ने प्रचलन पनि रहेको छ ।
आचार्य सार्की शेर्पा

