अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु बोधिसेन महास्थवीरबाट आनन्दकुटी विहारका करिब एक हजार बौद्ध धर्मावलम्बीलाई गएको शनिवार दिक्षा प्रदान गरिएको छ । महासंघका अध्यक्ष तथा धर्मगुरु बोधिसेनले विधि विधानपूर्वक विशेष पूजा गर्दै बौद्ध शिक्षामा सत्कर्म गरी विश्व शान्तिका साथै मानव कल्याणमा क्रियाशील हुन सहभागीलाई आग्रह गर्नु भयो । बौद्ध साहित्यमा आधारित नैतिक ज्ञान तथा अहिंसासम्बन्धी शिक्षा प्रदान गरिएको उक्त कार्यक्रममा उहाँले मानिसले लोभ, मोहको अन्त्य गर्न सकेमा शान्तिपूर्ण र सहअस्तित्वको समाज निर्माण हुने बताउँदै त्यसतर्फ अग्रसर हुन सर्वसाधरणलाई प्रेरित गर्नु भयो । गत असार पूर्णिमादेखि आश्विन पूर्णिमासम्म उक्त विहारमा ‘वर्षावास’…
Read MoreCategory: समाचार
चार सय वर्ष पुरानो गुम्बा पुननिर्माण सुरु
चार सय वर्ष पुरानो मानिएको ओलाङचुङगोलाको दिकीछ्योलिङ गुम्बा पुनर्निर्माण सुरु भएको छ । पटकपटकको भूकम्पले क्षतिग्रस्त गुम्बाको दक्षिण भाग भत्काएर बनाउन थालिएको छ । यो पूरै गुम्बाको करिब ३५ प्रतिशत भाग हो । निर्माणको जिम्मा पुरातत्व विभागले लिएको छ । फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन लामा शेर्पाका अनुसार जति बेला पनि भत्कन सक्ने र पुरातात्त्विक महत्त्वका सामानहरू नाश हुने जोखिम बढेको थियो । शेर्पाका अनुसार गुम्बाको अहिलेको निर्माण लागत करिब १ करोड ८० लाख रुपैयाँ हो । ३१ सय मिटर उचाइमा अवस्थित यहाँ हिउँदयाममा काम गर्न सकिँदैन । निवर्तमान वडाध्यक्ष छेतेन शेर्पा भोटेका अनुसार आर्थिक वर्ष सकिएपछि…
Read Moreभिक्षुहरुद्वारा पञ्चदान ग्रहण
पञ्चदान पर्वको अवसरमा थेरवादी बौद्ध भिक्षुहरुबाट भिक्षाटन ग्रहण गर्नुभएको छ । दीप प्रज्वलन समिति, महाबौद्धले आयोजना गरेको भिक्षाटनमा ६० जना थेरवादी बौद्ध भिक्षु र सामणेरहरु सहभागी थिए । काठमाडौंको महाबौद्धबाट स्वयम्भू भगवानपाउ सम्म बौद्ध भिक्षुबाट हिडेर भिक्षाटन ग्रहण भएको हो । स्थानीयहरुले अष्टपरिकार सहितका भिक्षा बौद्ध भिक्षुलाई प्रदान गरेका थिए । सो अवसरमा स्वयम्भूमा दीप प्रज्वलन, बौद्ध त्रिरत्न वन्दना, परित्राण पाठ र धर्म देशना समेत गरिएको थियो । दीप प्रज्वलन १२ औं पटक भएको समितिले जनाएको छ । आजै नेपाल संवत् तिथि बमोजिम गुंलागा त्रयोदशी अर्थात पञ्चदान । बौद्ध संस्कृतिअनुसार…
Read Moreश्रद्धेय छोग्याल रिन्पोचेद्वारा सञ्चालित ध्यान शिविर सम्पन्न
लण्डन छोए समुहको आयोजनामा मार्च १२, २०२२ देखि श्रद्धेय गुरु छोग्याल रिन्पोछेज्यूको प्रत्यक्ष मार्गदर्शनमा जुम मार्फत् सुरु भएको २१ हप्ताको शमथा (शिने) र विपश्यना (ल्हग्थोङ) ध्यान शिविर ७ अगस्ट २०२२ मा समाप्त भएको छ । शिविर प्रत्येक शनिवार हुँदै आएको थियो । श्रद्धेय छोग्याल रिन्पोछेसँग ध्यान विधिको ज्ञान लिन हरेक हप्ता ६० भन्दा बढि सहभागि हुने गरेका थिए । ध्यान शिविरमा छोग्याल रिन्पोचेले बज्रयान सम्बन्धि ध्यान सिकाउनु भएको थियो । साथै स्वीजरल्याण्डको जुरिक शहरमा श्रद्धेय गुरु छोग्याल रिन्पोछको साथमा लण्डन छोए समुह ५ दिनको रिट्रिटमा पनि सहभागि भएको थियो ।…
Read Moreबौद्ध पुरातात्व शहर अभियान सुरु
राष्ट्रिय जनमोर्चाले रुपन्देही, कपिलबस्तु र पश्चिम नवलपरासीलाई बौद्ध पुरातत्व शहर निर्माणका लागि अभियान सुरु गरेको छ । बौद्ध क्षेत्रहरुको पुरातात्विक महत्वलाई उजागर गर्दै बौद्ध सभ्यतालाई अन्र्तराष्ट्रिय स्तरमा फैलाउनका लागि जनमोर्चाले बौद्ध पुरातत्व शहर अभियान सुरु गरेको हो । मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि जनमोर्चाले तीन जिल्लामा रहेका बुद्धसँग सम्बन्धित क्षेत्रको अन्वेषण, संरक्षण र उत्खनन् गर्न दवाव दिने समेत जनाएको छ । जनमोर्चाले प्राचिन बौद्ध सभ्यताका विविध विधाहरुको अध्ययन अनुसन्धानलाई जोड दिदै बृहत बौद्ध शहर निर्माण गर्न एउटा अवधारणा अघि सारेको जनाएको छ । लुम्बिनी र बौद्ध दर्शनका ज्ञाता प्राध्यापक डा.…
Read Moreबुद्धभूमि तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न प्रयास गरिने
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बुद्धकालीन कपिलवस्तुको राजधानी तिलौराकोटलाई जतिसक्दो छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रयास गरिने बताएका छन् । सोमबार तिलौराकोटको अवलोकन गर्न पुगेका मन्त्री श्रेष्ठले तिलौराकोटको संवद्र्धन र संरक्षणका लागि सरकारले कुनै कसुर बाँकी नराख्ने बताएका हुन् । भगवान् गौतम बुद्धले बाल्यकाल बिताएको र २५ सय वर्षअघिको गणराज्य तिलौराकोट पुरातात्त्विक दृष्टिकोणबाट विश्वकै महत्त्वपूर्ण स्थल भएको मन्त्री श्रेष्ठको भनाइ छ । तिलौराकोट दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन जतिसक्दो छिटो आवश्यक प्रक्रिया पुरा गरिने उनले बताए । तिलौराकोटसहित बुद्धस्थलमा अझै पनि उत्खनन र अन्वेषणको आवश्यकता रहेको…
Read Moreबौद्धमार्गी नेवार समुदायले मनाउने गुँला पर्व सुरु
बौद्धमार्गी नेवार समुदायले बनाउने गुँला पर्व शुक्रबारदेखि सुरु भएको छ । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना अर्थात नवौं महिना शुक्रबारदेखि सुरु भएको हो । नेवाः समुदायमा पनि विशेषतः बौद्ध धर्मावलम्बीहरुले मनाउने यो पर्व करिब १ महिनासम्म चल्छ । जुन समयमा बिहान सबेरै स्वयम्भू महाचैत्यमा पुगेर दर्शन गरेपछि शोभा भगवती हुँदै विजयेश्वरी र त्यहाँबाट केलटोलस्थित सेतो मत्स्येन्द्रनाथ दर्शन गर्न जाने गर्छन् । साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजन कीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरिन्छ । परिक्रमा गर्ने…
Read Moreलुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध सम्मेलन हुने
लुम्बिनीमा मंसिरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने भएको छ । बुधबार बसेको लुम्बिनी विकास कोषको परिषद बैठकले कोभिड महामारीका कारण लुम्बिनीमा पर्यटकहरुको आवागमन कम भएको भन्दै अन्तर्राष्ट्रिय समुदायमा लुम्बिनीको प्रचार प्रसारको नयाँ उभार ल्याउन अन्र्तराष्ट्रिय बौद्ध सम्मेलन गर्ने निर्णय गरेको हो । कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा लुम्बिनीमा बसेको बैठकले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्नेदेखि लुम्बिनीको विकासका निम्ति विभिन्न काम गर्ने निर्णय गरेको छ । बैठकले बौद्ध सम्मेलनका लागि कोषका उपाध्यक्ष भिक्षु मैत्रीयको संयोजकत्वमा तयारीका काम गर्ने निर्णय पनि गरेको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै…
Read More१७ वर्षपछि पुरानै अवस्थामा बौद्ध सम्पदाः काँक्रेविहार
काँक्रेविहार कर्णालीको पहिचान हो । अझ भनौं कर्णालीमा प्रवेश गर्दा पर्यटकको पहिलो रोजाइमा पर्छ, काँक्रेविहार । कर्णालीमा आउने जो कोही एकपटक काँक्रेविहार अवलोकन गर्छन् । यसकारण पनि कर्णाली मुख्य पर्यटकीय स्थल बनेको हो । वर्षौँसम्म भग्नावशेषको रूपमा रहेको काँक्रेविहार पुनर्निर्माण थालिएको झण्डै १७ वर्षपछि अन्ततः पुरानै शिखर शैलीमा ठडिएको छ । पुनर्निर्माण भएसँगै काँक्रेविहार घुम्न आउने पर्यटकको संख्या उल्लेखिय बृृद्धि भएको छ । सुर्खेतको धुलाम्य सदरमुकाम वीरेन्द्रनगरबाट १० मिनेट दूरीमा एउटा घना जंगल छ– शान्त, धूलोधुवाँबाट अलग । जंगलै जंगलको बाटो हुँदै एउटा डाँडाको टुप्पोमा पुगिन्छ । पुग्नेवित्तिकै भान हुन्छ,…
Read Moreमायादेवी मन्दिरमा स्वयम्भू चैत्यको मर्मत सुरु
गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको मायादेवी मन्दिरको मर्मत सम्भार सुरू भएको छ । मन्दिरको छानोमा रहेको स्वयम्भू चैत्यको गजुरबाट मर्मत सम्भार थालिएको हो । सुनको मोलम्बा लगाइएको स्वयम्भू चैत्यको १३ वटा त्रयोदशी भुवन र हर्मिकाको नापतौल गरी मर्मत गरिएको हो । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले मायादेवी मन्दिरको मर्मत सम्भार केही महिनापछि थाल्ने जानकारी दिनुभयो । इशापूर्व ६२३ मा माता मायादेवीको कोखबाट भगवान गौतम बुद्धको जन्म भएको प्रमाण स्मारकशिला र नवजात भगवान बुद्ध सहितको मायादेवीको मूर्र्तित मन्दिरभित्र रहेको छ । लुम्बिनी बगैंचा क्षेत्र सन् १९९७ मा विश्व सम्पदा…
Read More