लण्डन छोए समुहको आयोजनामा मार्च १२, २०२२ देखि श्रद्धेय गुरु छोग्याल रिन्पोछेज्यूको प्रत्यक्ष मार्गदर्शनमा जुम मार्फत् सुरु भएको २१ हप्ताको शमथा (शिने) र विपश्यना (ल्हग्थोङ) ध्यान शिविर ७ अगस्ट २०२२ मा समाप्त भएको छ । शिविर प्रत्येक शनिवार हुँदै आएको थियो । श्रद्धेय छोग्याल रिन्पोछेसँग ध्यान विधिको ज्ञान लिन हरेक हप्ता ६० भन्दा बढि सहभागि हुने गरेका थिए । ध्यान शिविरमा छोग्याल रिन्पोचेले बज्रयान सम्बन्धि ध्यान सिकाउनु भएको थियो ।
साथै स्वीजरल्याण्डको जुरिक शहरमा श्रद्धेय गुरु छोग्याल रिन्पोछको साथमा लण्डन छोए समुह ५ दिनको रिट्रिटमा पनि सहभागि भएको थियो । रिट्रिटमा लण्डन छोए समुहका २२ जना उपासक तथा उपासिकाहरु सहभागी भएका थिए । रिट्रिटको अन्तिम दिन ७ अगस्ट २०२२ अर्थात गुरु रिन्पोछेको जन्म दशमी तिथी पारी २१ हप्तासम्म चलेको शमथा (शिने) र विपश्यन (ल्हग्थोङ) समापन गरिएको हो । रिट्रिटको सुरुवात जुलाई ३१ मा भगवान गौतम बुद्धले गनु भएको पहिलो धर्म देशनाको दिन अर्थात धर्म प्रवर्तन दिवसको दिन भएको थियो ।