बौद्ध पुरातात्व शहर अभियान सुरु

राष्ट्रिय जनमोर्चाले रुपन्देही, कपिलबस्तु र पश्चिम नवलपरासीलाई बौद्ध पुरातत्व शहर निर्माणका लागि अभियान सुरु गरेको छ । बौद्ध क्षेत्रहरुको पुरातात्विक महत्वलाई उजागर गर्दै बौद्ध सभ्यतालाई अन्र्तराष्ट्रिय स्तरमा फैलाउनका लागि जनमोर्चाले बौद्ध पुरातत्व शहर अभियान सुरु गरेको हो । मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि जनमोर्चाले तीन जिल्लामा रहेका बुद्धसँग सम्बन्धित क्षेत्रको अन्वेषण, संरक्षण र उत्खनन् गर्न दवाव दिने समेत जनाएको छ ।

जनमोर्चाले प्राचिन बौद्ध सभ्यताका विविध विधाहरुको अध्ययन अनुसन्धानलाई जोड दिदै बृहत बौद्ध शहर निर्माण गर्न एउटा अवधारणा अघि सारेको जनाएको छ । लुम्बिनी र बौद्ध दर्शनका ज्ञाता प्राध्यापक डा. गितु गिरीले पुरातात्विक शहर निर्माण गर्ने अभियान सकारात्मक भएको बताएकी छन् ।

त्यस्तै पत्रकार सम्मेलनमा सहप्राध्यापक लिला बहादुर केसीले बुद्ध सर्किटहरुको सयौं क्षेत्रहरुमा उत्खननको आवश्यकता रहेको बताए । लुम्बिनी र तिलौराकोट दुवैको उत्खननबाटै इतिहास पत्ता लागेको उल्लेख गर्दै कपिलबस्तु, रुपन्दे्ही र नवलपरासीका बौद्ध सभ्यताका सयौं स्थानहरुमा उत्खनन आवश्यक रहेको राष्ट्रिय जनमोर्चाले उल्लेख गरेको छ ।

Share

Related posts