बौद्ध धर्ममा शुन्यताको अर्थ सबै चीजको अनित्य र आश्रित स्वभाव हो। यसको मतलब कुनै पनि चीज आफैंमा स्थायी वा स्वतन्त्र अस्तित्व छैन। सबै चीज एक अर्कासँग जोडिएका छन् र परिवर्तनको प्रक्रियामा छन्। शुन्यतालाई बुझ्दा हामीले संसारलाई अझ यथार्थपरक रूपमा हेर्न सक्छौं र आसक्तिबाट मुक्त हुन सक्छौं। शुन्यताको महत्त्वः वास्तविकताको सही बुझाइः शुन्यताले हामीलाई संसारलाई जस्तो छ त्यस्तै रूपमा हेर्न मद्दत गर्दछ, हाम्रो आफ्नै अपेक्षाहरू र धारणाहरूद्वारा विकृत नगरिकन। आसक्तिबाट मुक्तिः जब हामी शुन्यतालाई बुझ्छौं, हामी भौतिक चीजहरू र अस्थायी अनुभवहरूमा हाम्रो आसक्तिलाई कम गर्न सक्छौं। यसले हामीलाई शान्ति र सन्तुष्टि…
Read MoreCategory: Featured
हिमालय बौद्ध परम्परा, ४ सम्प्रदायको सुरुवात र विशेषता
हिमालयन बौद्ध परमपरामा ४ प्रमुख सम्प्रदाय छन्, जसलाई प्रायः तिब्बती बौद्ध धर्मको संरचना अन्तर्गत राखिन्छ। यी सम्प्रदायहरू न्यिङमा, काग्यु, साक्य, र गेलुग हुन्। यी सम्प्रदायहरूको स्थापना ऐतिहासिक रूपमा विभिन्न गुरूहरूद्वारा भएको थियो, जसले आफ्ना आफ्ना दर्शन, अभ्यास, र अनुष्ठानहरूलाई विकसित गरेका थिए। १. ङिङ्मा सुरु भएको समयः ८औँ शताब्दी। संस्थापकः गुरु पद्मसम्भव (गुरु रिन्पोचे)। विशेषताः यो हिमालयन बौद्ध धर्मको सबैभन्दा पुरानो सम्प्रदाय हो। यसमा “जोग्छेन“ (महान पूर्णता) अभ्यासको महत्त्वपूर्ण भूमिका छ। उत्पत्तिः तिब्बतमा बौद्ध धर्मको प्रारम्भिक विस्तारका क्रममा। २. काग्यु सुरु भएको समयः ११औँ शताब्दी। स्थापकः मार्पा लोचावा (अनुवादक) र…
Read Moreबुद्धले वाल्यकाल बिताएको तिलौराकोट
लुम्बिनीको नजिकै पर्ने तिलौराकोट कपिलवस्तु जिल्लामा अवस्थित छ । यो क्षेत्र गौतम बुद्धको बाल्यकालको ऐतिहासिक थलोका रूपमा चिनिन्छ । पुरातात्विक तथ्यहरूले यो ठाउँलाई प्राचीन शाक्य राज्यको राजधानी भएको पुष्टि गरेका छन्, जहाँ बुद्धले आफ्नो बाल्यकाल राजकुमार सिद्धार्थका रूपमा बिताएका थिए । तिलौराकोट त्यस्तो स्थान हो जुन सिद्धार्थ गौतमको शिक्षालय र खेल मैदान पनि थियो । तिलौराकोटमा हुँदै उनले वैभव र विलासिताको जीवनमात्रै बिताएनन् यहींबाट उनले संसारको दुःख बुझ्ने मार्गतर्फ कदम चाले । तिलौराकोटमा विभिन्न महत्वपूर्ण संरचनाहरू भेटिएका छन्, जसमा राजदरबारको भग्नावशेष, प्राचीन सहरका पर्खालहरू, मठहरू र पानीको पोखरीहरू समावेश छन्…
Read Moreभक्तपुरमा बौद्धमार्गीको सम्यक महादान
भक्तपुरका बौद्धमार्गी नेवार समुदायले आज माघे सङ्क्रान्तिका अवसरमा सम्यक महादान पर्व मनाउँदैछन् । सो समुदायमा हाम्ह सँलु अर्थात् तिल सङ्क्रान्तिका रूपमा परिचित माघे सङ्क्रान्तिमा हरेक वर्ष मनाइने सम्यकदान पर्व बौद्ध धर्मावलम्बीहरूले ऐतिहासिक एवं सांस्कृतिक रूपले हर्षोल्लासका साथ मनाइने एक मौलिक पर्व हो । दायाँ हातले अभय वरदान दिने र बायाँ हातले चीबर समातिरहेको मुद्रामा बसेका विभिन्न स्वरुपका पाँच दीपङ्कर बुद्ध, विभिन्न विहारका गुरु र पुरोहितलाई आ–आफ्नो मनोकाङ्क्षा पूरा हुने अपेक्षासहित सर्वसाधारणले गरिने दान नै सम्यक महादान पर्व हो । सम्यक महादानका लागि भक्तपुरको प्रशन्नशील महाविहार क्वाठण्डौ, चतब्र्रम्ह महाविहार साकोथा, मङ्गल…
Read Moreसकियो १५ औं ञिङ्मा मोन्लाम
काठमाडौँको बौद्धमा जारी ञिङ्मा मोन्लाम सकिएको छ । गत बुधवारदेखि शुरु भएको मोन्लाम सोमवार समापन भएको हो । नेपाल बौद्ध ञिङमा संघको आयोजनामा बौद्धस्थित शेर्पा सेवा केन्द्र (शेर्पा गुम्बा) मा पन्ध्रौँ नेपाल ञिङमा मोन्लाम (प्रणिधान पूजापाठ) आयोजना गरिएको थियो । मोन्लाम कार्यक्रमकै बीच आइतवार र सोमवार बुद्धको अस्तुधातु (रिङ्सेल) श्रद्धालु भक्तजनहरूलाई दर्शन गराउने व्यवस्था गरिएको छ । ञिङ्मा मोन्लाममा दुई दिन बुद्धको अस्तुधातु विहान ९ बजेदेखि मध्यान्ह ४ बजेसम्म दर्शनको व्यवस्था मिलाइएको थियो ।
Read Moreबौद्धमा बुद्धको अस्तुधातु (रिङ्सेल) को दर्शन गराइदैं
नेपाल बौद्ध ञिङमा संघद्वारा शेर्पा सेवा केन्द्र (शेर्पा गुम्बा), बौद्ध, काठमाडौंमा आयोजित पन्ध्रौँ नेपाल ञिङमा मोन्लाम (प्रणिधान पूजापाठ) कार्यक्रममा आज र भोली बुद्धको अस्तुधातु (रिङ्सेल) श्रद्धालु भक्तजनहरूलाई दर्शन गराउने व्यवस्था गरिएको छ । गत बुधवारदेखि शुरु भएको ञिङमा मोन्लाममा दुई दिन बुद्धको अस्तुधातु राख्ने क्रममा आज पहिलो दिन विहान ९ बजेदेखि शेर्पा गुम्बामा राखिएको हो । मध्यान्ह ४ बजेसम्म राखिने अस्तुधातुको भक्तजनहरुले बिहानैदेखि दर्शन गरिरहेका छन् । भोली सोमवार पनि विहान ९ देखि ४ बजेसम्म अस्तुधातु दर्शनका लागि राखिनेछ । मोन्लाम भोली नै समापन हुँदैछ ।
Read Moreबौद्ध धर्मः शान्ति र ज्ञानको मार्ग
बौद्ध धर्म २५०० वर्षभन्दा पहिले सिद्धार्थ गौतम (गौतम बुद्ध) द्वारा खोज गरिएको धर्म हो, जसले आज संसारभरि करोडौं मानिसलाई प्रेरणा दिएको छ। यो धर्मले व्यक्तिगत आत्मज्ञान, मानसिक शान्ति, र सबै प्राणीप्रति दया भावलाई प्राथमिकता दिन्छ। गौतम बुद्धले आफ्नो जीवन राजसी विलास त्यागेर सत्यको खोजीमा समर्पित गरे। उनले जीवनको दुःख, यसको कारण, र यसबाट मुक्तिको मार्ग पत्ता लगाउन कठोर तपस्या गरे। अन्ततः बोधगयामा पीपलको रुखमुनि ध्यान गरी उनले आत्मज्ञान प्राप्त गरे। त्यहीँबाट उनले चार आर्य सत्य र अष्टांग मार्गको शिक्षा दिन थाले, जसले बौद्ध धर्मको आधारशिला निर्माण ग¥यो। चार आर्य सत्यहरूः…
Read Moreलुम्बिनीमा तीर्थयात्रुको दानबाट १ करोड ४२ लाख बढि संकलन
बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवि मन्दिरमा राखिएको दानपेटिकाबाट १ करोड ४३ लाख ५९ हजार ९ सय ९० रूपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०८१÷०८२ अन्तर्गत दोस्रो पटक गणना गरिएको दानपेटिकाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ । पुस १८ गतेदेखि २३ गतेसम्म ५ दिनसम्म लगाएर दानपेटिकाको गणना गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए । स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरूको उपस्थितिमा दानपेटिका खोली गणना गर्ने गरिएको भट्टराईले बताए । दानपेटिकामा संकलित दानलाई सिसिटिभि क्यामेराको निगरानीमा कोषका ३२ जना कर्मचारीहरू खटाएर गणनाको व्यवस्था मिलाइएको थियो ।…
Read Moreशान्तिको सन्देश फैलाउन बौद्ध सञ्चार यात्रा
लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश दिने र शान्तिका अनुयायीलाई लुम्बिनी आउन र पदयात्रा गर्न प्रेरित गर्ने उद्देश्यले भैरहवादेखि लुम्बिनीसम्म दोस्रो बौद्ध संचार यात्रा गरिएको छ । भैरहवा–लुम्बिनी क्षेत्रका पत्रकारहरुको सक्रियतामा बिहीबार बौद्ध संचार यात्रा गरिएको हो । पर्यटकीय विकास र लुम्बिनीको प्रबद्र्धनका लागि संचारले महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ । भगवान गौतम बुद्धले हिँडेरै विश्वभर बुद्ध सन्देश फैलाएका थिए । यसैले बौद्ध धर्ममा पदयात्राको खास महत्व छ । यही पदयात्रालाई प्रबद्र्धन गर्ने र लुम्बिनी घुम्न स्वदेशी तथा विदेशी पर्यटक अभिप्रेरित गर्ने उद्देश्यले भैरहवा–लुम्बिनी २४ किलोमिटर बौद्ध संचार यात्रा गरिएको छ…
Read Moreकंगोमा पहिलो अफ्रिकन बौद्ध रिन्पोछे : भिक्षु पन्नबोधी
कंगोका भिक्षु पन्नबोधि रिन्पोछे अफ्रिकी भूमिमा पहिलो पटक तिब्बती बौद्ध गुरुको पुनर्जन्मको मान्यता प्राप्त गरी इतिहास रच्न सफल भएका छन्। यो उपलब्धि तिब्बती बौद्ध धर्मको अन्तर्राष्ट्रियकरण र विविधतामा नयाँ आयाम थप्ने महत्वपूर्ण कदम हो। उहाँलाई तिब्बती बौद्ध परम्पराले मान्यता दिएको यो पहिचानले अफ्रिकामा बौद्ध धर्मको फैलावट र स्थानीय सांस्कृतिक वैविध्यसँगको सम्बन्ध झल्काउँछ। पन्नबोधि रिन्पोछे कंगोमा जन्मिनु भएको हो। उहाँको बाल्यकालदेखि नै अध्यात्मप्रतिको झुकाव र आत्मज्ञानको खोजले उहाँलाई बौद्ध धर्मतर्फ आकर्षित ग¥यो। स्थानीय धर्म र संस्कृति भित्रैबाट प्रभावित भएर उहाँले तिब्बती बौद्ध धर्मलाई आत्मसात गर्नुभयो। बाल्यकालमै ध्यान, आध्यात्मिक साधना, र मानवीय…
Read More