प्रदीप आचार्य ईशाको सातौं शताब्दी अर्थात आजभन्दा १४ सय वर्षअघि पनि बुद्ध जन्मस्थल लुम्बिनीमा थुप्रै तीर्थयात्रु आए । खासगरी चिनियाँ यात्रुले लुम्बिनी घुमेपछि लेखेका यात्रा वृतान्तहरु लुम्बिनीको पहिचान र प्रचारका लागि महत्वपूर्ण दस्तावेज नै बने । चौथो शताब्दीमा लुम्बिनी भ्रमण गर्ने सेङ साई, पाँचौं शताब्दीमा लुम्बिनी आउने फाहियान र सातौं शताब्दीमा हुनएन साङलगायत थुप्रै अन्तर्राष्ट्रिय बौद्ध तीर्थयात्रु लुम्बिनीलाई बौद्ध आस्थाको केन्द्र मानेर आएका हुन् । यसको अर्थ त्यतिबेला नै लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध तीर्थस्थलका रुपमा प्रचार भइसकेको थियो । पुरातत्त्व तथा इतिहासका विज्ञहरु ईशापूर्व २४९ मा भारतीय सम्राट अशोक आउनु अघिदेखि…
Read MoreAuthor: rinpoche
बौद्धमा तिमाल जात्राको रौनक
दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध चैत्य (स्तूप) परिसरमा शुक्रबार रातभर बत्ती बालेका बौद्ध धर्मावलम्बी तामाङ समुदाय आज बिहानैदेखि बालाजु २२ धारा लागेका छन् । चैत्र शुक्ल चतुर्दशीका दिन बौद्धमा आई पूजा गरेर दिवङ्गत पितृका नाममा बत्ती बाल्ने, पूर्णिमाका दिन बिहान बालाजु २२ धारामा गएर स्नान गरी नागार्जुनको जामाचो र स्वयम्भूमा दर्शन गर्न जाने विधि प्राचीनकालदेखि चल्दै आएको छ । काठमाडौँ उपत्यकामा पानीको दह भएका बेला डाँडाडाँडामा रहेका बस्तीमै यस दिन दिवङ्गत पितृलाई सम्झने विधि प्रचलनमा रहे पनि तेमालका अन्तिम तामाङ राजा रिन्छिन दोर्जेको कालदेखि यो पर्वलाई राष्ट्रिय मान्यता दिइ…
Read Moreसिन्धुपाल्चोकको चौतारामा बुद्ध पार्क उद्घाटन
सिन्धुपाल्चोकको चौतारामा रहेको बुद्ध पार्कको सभामुख अग्नि प्रसाद सापकोटाले उद्घाटन गर्नुभएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको नगर गौरवको योजनाको रूपमा रहेका गौतम बुद्धको प्रतिमा सहितको बुद्ध पार्कको बिहिबार उद्घाटन गर्नुभएको हो । पर्यटन प्रवद्र्धनका साथै स्थानीयलाई गाउँमै आत्मनिर्भर बनाउने योजना अनुरुप चौतारा साँगाचोकगढी नगरपालिका–६ स्थित दारेगौडाको पानी ट्यांकी डाँडामा भगवान गौतमबुद्धको प्रतिमा सहितको बुद्धपार्क बनेकोे छ । सदरमुकाम चौतारा बजारबाट आकर्षक हजारौं सिँढी उक्लँदै पुग्न सकिने बुद्धपार्कको निमार्णकार्य सम्पन्नभएको हो । सिढींबाट आरामदायी यात्रासँग पुग्न सकिने उक्त बुद्ध मुर्ती ६७ फिट अग्लो रहेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको नगर गौरवको…
Read Moreबुद्धको अमृतमय वचन तथा बौद्ध परम्परा सार्वजनिक With Video
काठमाडौँमा एक कार्यक्रमका बीच ‘बुद्धको अमृतमय वचन तथा बौद्ध परम्परा’ नामक पुस्तक सार्वजनिक गरिएको छ । दुङ्जिन लोपेन रिन्पोछे दावा साङ्बोद्वारा लिखित पुस्तकमा बौद्ध धर्म र दर्शनका विविध पक्षहरुलाई समेटिएको छ । पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै इतिहासविद् डा. रमेशकुमार ढुंगेल, अनुवादकद्वय पुण्य पराजुली र टीका शेर्पा लगायतले पुस्तक बौद्ध धर्म र दर्शनको बारेमा बुझ्न अत्यन्तै महत्वपूर्ण रहेको बताए । पुस्तकमा गौतम बुद्धको संक्षिप्त जीवन लिला, बौद्ध धर्म र दर्शनको महत्व र बौद्ध शिक्षा किन आवश्यक छ लयायतका विषयहरु समेटिएको छ । कोरोना महामारी सुरु भएपछि दैनिक बाह्य गतिविधि ठप्प भएपछि…
Read Moreपोखरामा विश्व शान्ति काग्यूर (त्रिपिटक) वाचन सम्पन्न
गुरुङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्र द्वारा “अहिंसा परम धर्म हाम्रो चाहना, विश्व सर्ब शान्तिको कामना“ मुल नारा सहित आयोजित विश्व शान्ति काग्यूर (त्रिपिटक) वाचन महापूजा अनुष्ठान सम्पन्न भएको छ । पूजा पोखरामा चैत १३ देखि १८ गतेसम्म आयोजना भएको थियो । काग्युर बाचनको निमित्त बिभिन्न गुम्बा र क्षेत्रहरुबाट लामाहरु सहभागि हुनु भएको थियो । महापुजा अनुष्ठानको लागि तमु धिं नेपालले पुजास्थल साथै आवश्यक सम्पूर्ण सामग्रीहरु उपलव्ध गराएको थियो । महापूजा अनुष्ठानमा चारै वटा बौद्ध परम्पराका श्रद्धेय गुरुहरुलाई सहभागि हुनु भएको थियो । अनुष्ठानको उद्घाटन समारोहमा गण्डकी प्रदेशका प्रदेश…
Read Moreबुद्ध जन्मभूमि लुम्बिनी लयमा फर्किदैं
कोरोना महामारीले थला परेको बुद्ध जन्मभूमि लुम्बिनीमा क्रमशः लयमा फर्कँदै छ । आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बनेको लुम्बिनीमा अहिले आन्तरिक पर्यटकसँगै भारत तथा तेस्रो मुलुकका पर्यटकहरु बिस्तारै बढ्न थालेका छन् । मायादेवी मन्दिर अवलोकनका पछिल्लो केही दिनयताको तथ्यांक हेर्दा पयर्टकको संख्या दिनहुँ बढिरहेको देखिन्छ । यहाँ आउने आन्तरिकपछि धेरै पर्यटक भारतीय छन् । लुम्बिनी विकास कोषका कर्मचारीका अनुसार बुद्ध पूर्णिमा नजिक आउन लागेकाले पनि पर्यटकको संख्या र लुम्बिनीमा चहलपहल बढेको हो ।
Read Moreभक्तपुरमा वज्र किलाय पूजा सम्पन्न
शनिवार बौद्ध दर्शन केन्द्रको आयोजनामा एकदिने सामूहिक रत्नदिप फुर्वा अर्थात् बज्र किलाय, ग्रहशान्ति पूजा र अमृत प्रदान गर्ने पूजा सम्पन्न भएको छ । सुर्यविनायक, भक्तपुरस्थित बौद्ध दर्शन केन्द्रमा भएको पूजामा सयौको संख्यामा भक्तजन सहभागि भएका थिए । बौद्ध दर्शन केन्द्र भक्तपुरको आयोजनामा पहिलो पटक बज्र किलाया पुजा आयोजना भएको हो । बज्र किलाय पूजासँगै धार्मिक प्रवचन पनि गरिएको थियो । धार्मिक प्रवचनमा भक्तपुर माणीपा सघंले दिन भरिको लागि भोजन दान र नयाँ पढ्नु आउने आमाहरुले खिर दान गरेका थिए । साथै बौद्धको थोईसम गोङफेलिङका आमाहरु पनि पुजाका पाल्नु भई सहयोग…
Read Moreबिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शनः प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) क्षेत्रलाई जीवन्त र संगठित बनाउनका लागि बौद्ध दर्शन प्रवद्र्धन गर्नुपर्ने बताउनु भएको छ । आज बिहान बिमस्टेकको पाँचौँ शिखर सम्मेलनलाई भर्चुअल सम्बोधन गर्नुहुँदै देउवाले बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शन नै भएको बताउनु भएको हो । साथै प्रधानमन्त्री देउवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई जोड्ने बुद्धिस्ट सर्किटलाई छिट्टै सञ्चालनमा ल्याइनुपर्नेमा जोड दिनु भएको छ । बुद्धको जन्मस्थल लुम्बिनी, बुद्धत्व प्राप्त गरेको बोधगया, धर्मको प्रचार सुरु भएको सारनाथ र बुद्धले महापरिनिर्वाण प्राप्त गरेको कुशीनगरलाई जोड्ने गरी बुद्धिस्ट सर्किट योजना…
Read Moreश्री किर्ती विहारको ४७ औँ वार्षिक उत्सव मनाइयो
कीर्तिपुरमा रहेको नगर मण्डप श्री र्किर्ति विहारको ४७ औं वार्षिक उत्सव मनाइएको छ । वार्षिक उत्सवको अवसरमा बौद्ध पाठसहित बुद्ध वन्दना र पूजा गरिएको थियो । वि.स. २०७२ सालको विनासकारी भूकम्पबाट क्षतिग्रस्त भएको विहारको पुनःनिमार्ण समेत सकिएको छ । कार्यक्रममा किर्तिपुर नगरपालिकाका मेयर रमेश मर्हजनले विहारको चैत्यको सुनको गजुरको लागि १० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Read Moreउपल्लो डोल्पाका गुरु ङिङ्मा सान्ड्रुप गुरुङलाई सम्मान
डोल्पाको विकास, संरक्षण र प्रवद्र्धनमा उल्लेख्य योगदान पुर्याएका कारण उपल्लो डोल्पाका चर्चित श्रद्धेय गुरु ङिङ्मा सान्ड्रुप गुरु ङलाई बुधवार काठमाडौँमा सम्मान गरिएको छ । उहाँको सम्मानमा उपल्लो डोल्पाका तीनवटै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायतका जनप्रतिनिधि, डोल्पाका सांसद स्थानीय सहभागि थिए । सम्मानित हुने गुरु ङिङ्मा सान्ड्रुप गुरु ङ डोल्पो समाजको संस्थापक अध्यक्ष साम्बे छोयलिङ गुम्बाको संस्थापक हुनुहुन्छ । उहाँले डोल्पाको विकासमा उल्लेख्य योगदान पुर्याउनु भएको छ । साथै डोल्पा क्षेत्रमा बौद्ध धर्मको प्रचारप्रसारमा पनि उहाँको महत्वपूर्ण योगदान रहेको छ । सम्मान कार्यक्रममा गुरु ङिङ्मा सान्ड्रुपको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै लामाहरुले…
Read More