सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका ५ मा एक दिने बाल आनापाना ध्यान शिविर तथा विपश्यना परिचय कार्यक्रम सम्पन्न भएको छ । थुछे छेन्पो चिंगदोन गुम्बाको आयोजना र नेपाल बौद्ध संघ तथा बौद्ध जागरण संघ ललितपुरको सहकार्यमा भएको कार्यक्रमलाई नेपाल विपश्यना ध्यान केन्द्रले प्रायोजन गरेको हो । बाल आनापाना ध्यान शिविरमा ७५ जना ८ वर्षदेखि १४ वर्ष उमेरसम्मका बालबालिका सहभागि थिए ।
त्यस्तै सोही कार्यक्रममा आमा समूहबाट ४२ जना सहभागि भएका थिए । आमा समूहबाट सहभागि भएकाहरुलाई ध्यानको परिचय र महत्वको बारेमा शिक्षा दिएको कार्यक्रममा संयोजक काइला लामाले बताउनु भयो ।




