दुई दिने बौद्ध सम्मेलन सम्पन्न, नेपालबाट को को सहभागि ?

भारतमा दुई दिने विश्व बुद्धिस्ट सम्मेलन सम्पन्न भएको छ । भारतको संस्कृति मन्त्रालयको आयोजनामा भएको सम्मेलनको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका छन् । भारतको पद्मश्री समेत पाएका अमेरिकी प्राध्यापक रोबर्ट थुरमेन, भियतनाम बुद्धिस्ट संघका उपप्रमुख थिक त्रि कुआङ लगायतले सम्मेलनमा सम्बोधन गरेका थिए । भारतलाई बुद्धिस्ट संस्कृति र पर्यटनको विश्व केन्द्र बनाउने उद्देश्यले सम्मेलन आयोजना भएको भारतको युनिभसिर्टटी ग्रान्ट कमिसनले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा उल्लेख गरेको छ । ‘समकालिन चुनौतीहरूको सम्बोधनः सिद्धान्तबाट व्यवहारसम्म’ नारा दिइएको सम्मेलनमा चिनियाँ अधिकारीहरू भने अनुपस्थित भएका छन् । भारतको अशोका होटलमा बिहिबार र शुक्रबार…

Read More

१६ औँ बज्रगुरु जप कार्यक्रम सिन्धुपाल्चोकको इन्द्रावतीमा जारी

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका १, थाले ओख्रेनीमा १६ औँ बज्रगुरु मन्त्र जप सुरु भएको छ । परम पुजनीय खेन्चे याङसी रिन्पोछे ज्युबाट बज्रगुरु जपको उद्घाटन र लुङ कार्यक्रम भएको छ । बज्रगुरु जप मन्त्र कार्यक्रम खेन्पो आचार्य कर्मा रिञ्जिङ शेर्पाको मुख्य सक्रियतामा भइरहेको हो । कार्यक्रमको आयोजक सिन्धुपाल्चोक शेर्पा समाज सेवा र सह आयोजक पेमी ङयुगु छोलिङ गोन्पा रहेको छ । बिहिवारदेखि सुरु भएको बज्रगुरु जप कार्यक्रमको तालिका यस्तो रहेको छ । कार्यक्रमको तालिका : वैशाख ७ गते : परम पुजनीयय खेन्चे याङसी रिन्पोछे ज्युबाट बज्रगुरु कार्यक्रम उद्घाटन तथा बज्रगुरुको…

Read More

आमा याङ्रीमा साङ्दो पालरी गुम्बा उद्घाटन

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं १ स्थित तार्केघ्याङ गाउँमा निर्माण गरिएको आमा याङ्री साङ्दो पालरी गुम्बा उद्घाटन गरिएको छ । हाल गुम्बा निर्माण गरिएको स्थानमा रहेको स्तुप २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएपछि वार्षिकरुपमा गरिदै आएको नियमित पूजापाठ लगायतमा असर परिरहेको कुरालाई मध्यनजर गर्दै गुम्बा निर्माण गरिएको हो । करिब ४ वर्ष अघिदेखि उक्त स्थानमा गुम्बा निर्माण कार्य सुरु भएको थियो । अमेरिकाको न्यूयोर्कमा बस्दै आएकी पेमा लामाको व्यक्तिगत प्रयासमा गुम्बा निर्माण भएको हो । करिब ५ करोड लगानीमा निर्मित गुम्बा मंगलवारदेखि औपचारिकरुपमा उद्घाटन गरि दर्शनका लागि खुल्ला गरिएको छ ।…

Read More

बौद्ध नयाँ वर्षमा म्यानमारमा कैदीबन्दी रिहा हुँदै

म्यानमारको सैनिक सरकारले बौद्ध नयाँ वर्षको अवसर पारेर ३ हजार भन्दा बढी कैदी बन्दीलाई रिहा गर्ने घोषणा गरेको छ । सैनिक सरकारका प्रमुख मिन आङ ह्लाइङले ३ हजार १५ जना कैदी बन्दीलाई माफी दिने घोषणा गरेका हुन् । सरकारले रिहा गर्ने सूचीमा पछिल्लो २ वर्षमा पक्राउ गरी जेलमा राखिएका आङ सान सुकीको नेसनल डिमोक्रेसी (एनएलडी) पार्टी, प्रजातन्त्र पक्षधर अन्य विपक्षी दलहरूका नेता तथा कार्यकर्ता र सर्वसाधारण रहेका छन् । सेनाले २ वर्ष भन्दा अघि भएको ‘कू’ पछि हजारौंलाई पक्राउ गरेको थियो । सन् २०२१ को फेब्रुअरीमा सेनाले आङ सान सुकीको…

Read More

विश्वप्रशिद्ध बौद्ध धर्मगुरु जोपा रिन्पोछेको परिनिर्वाण

बौद्ध विद्वान तथा महायानी गुरु बज्रधारा लामा थुब्तेन जोपा रिन्पोछेको निधन भएको छ । उहाँको बिहीबार कपन गुम्बामा ७७ वर्षको उमेर निधन भएको हो । मनास्लु क्षेत्रमा रहेको त्सुम उपत्यकाको भ्रमणको क्रममा लेक लागेर अस्वस्थ भएपछि उहाँलाई आकस्मिक रुपमा काठमाडौं ल्याएर उपचार गरिएको थियो । उहाँको उचारका क्रममा करुणा अस्पतालमा मृत्यु भएको हो । रिन्पोछेको पार्थिव शरीरलाई हाल कपन गुम्बामा राखेर बौद्ध परम्परा अनुसार संस्कार क्रिया गरिरहेको छ । विभिन्न देशमा रहेका उच्च रिन्पोछे र धर्म गुरुहरुको उपस्थितिमा उहाँको अन्तिम संस्कार गर्ने जनाइएको छ । तर मिति भने तय भएको…

Read More

५ सय वर्ष पुरानो बुद्ध विहार जोगाउन जुर्मुराएका स्थानीय

असनको कोथुननीस्थित कम्तिमा पाँच सय वर्ष पुरानो अशोक वृक्ष विहार र मल्लकालीन व्यापार केन्द्र रहेको ’घडीघर’ संरक्षण निम्ति पहल गरिदिन स्थानीय तथा कोथुननी बचाउ अभियानले सांसदहरूसँग आग्रह गरेका छन्। सांस्कृतिक महत्वको पुरातात्विक घर भत्काएर व्यापारिक ’कम्प्लेक्स’ बनाउने गुठी संस्थानको निर्णयविरूद्ध मंगलबार कोथुननीमा एक कार्यक्रम गरी बागमती प्रदेशसभा सांसद हरिप्रभा खड्गी लगायतलाई ज्ञापनपत्र बुझाइएको हो। यो अभियानले अशोक वृक्ष विहार र घडीघर जोगाउन लामो समयदेखि आन्दोलन गर्दै आएको छ। यसअघि काठमाडौं महानगरपालिकालाई ज्ञापनपत्र दिँदै ध्यानाकर्षण गराएको थियो। करिब पाँच सय जनाभन्दा बढीको हस्ताक्षर संकलनसमेत गरिएको छ। मल्लकालमा ‘व्यापारिक केन्द्र’ का रूपमा…

Read More

लमजुङमा गुम्बा शिलान्यास कार्यक्रम सम्पन्न

गण्डकी प्रदेश लमजुङ जिल्ला मध्यनेपाल नगरपालिका ७ करापुटार रामबजारस्थित “पेमा छ्योलिङ बौद्ध गुम्बा“ को शिलान्यास कार्यक्रम बुधवार सम्पन्न भएको छ । गुम्बा अध्यक्ष खड्क सिंह गुरुङको अध्यक्षतामा धर्मगुरु खेन्पो शिर लामा गुरुङको अगुवाई एवं मार्ग निर्देशनमा, प्रमुख अतिथि गण्डकी प्रदेश सांसद डा. टकराज गुरुङ, र नगरपालिका प्रमुख तथा वडाध्यक्षको उपस्थितिमा गुम्बा शिलान्यास गरिएको हो । गुम्बा निर्माणको लागि ६ आना जग्गा दम्पत्तिद्वय गंगा प्रसाद गुरुङ र श्रीमती मंगली गुरुङले भूमिदान गर्नु भएको हो । शिलान्यास कार्यक्रममा धर्म गुरुहरुबाट साङ् (शुद्धिकरण) पुजा, भुमि शोधना पुजा, भुमि कलश, नाग कलश साथै विभिन्न…

Read More

दक्षिण कोरियामा अन्तराष्ट्रिय बुद्धिजम एक्स्पो सम्पन्न

दक्षिण कोरियाको राजधानी सोलमा अन्तर्राष्ट्रिय बुद्धिजम एक्स्पो सम्पन्न भएको छ । चार दिनसम्म चलेको एक्स्पोमा नेपालबाट पनि सहभागिता रहेको थियो । सोल नेपाल गुम्बा र न्यू लक्की थाङ्का ट्रेजर्स नेपालबाट सहभागी थिए । बुद्ध र बौद्ध धर्मका विभिन्न पक्ष झल्काउने वस्तु प्रदर्शनीमा राखिएको थियो । भारत, नेपाल, श्रीलंका, थाइल्यान्ड लगायत बुद्ध धर्म मान्ने देशहरुसहित कोरियामा रहेका झन्डै चार सयभन्दा बढी बौद्ध धर्म सम्बन्धी काम गर्ने संघसंस्थाको सहभागिता रहेको थियो । मार्च ३० तारिखबाट आइतबारसम्म चलेको प्रर्दशनीमा पाँच लाख मानिसले अवलोकन गरेको आयोजकले जनाएका छन् । सन् २०१३ देखि सुरु भएको…

Read More

बुद्ध मूर्ति चोरलाई कारबाही माग गर्दै चापागाउँमा प्रदर्शन

ललितपुरको चापागाउँमा मूर्ति चोरलाई कारबाहीको माग राख्दै स्थानीय आन्दोलित भएका छन् । आज बिहान ८ बजेदेखि उनीहरुले सडक बन्द गराएपछि आवागमन अवरुद्ध बनेको छ । स्थानीयले चोरमाथि कारवाही गर्न प्रहरी प्रशासनलाई दबाब दिने उद्देश्यले आन्दोलन गरेको बताएका छन् । चापागाउँस्थित चिवाह चैत्य अगाडिको सडकमा स्थानीयले विरोध प्रदर्शन गरेका हुन् । आन्दोलनकारीहरुले सांस्कृतिक सम्पदा र मूर्तिहरु चोरी हुँदा पनि प्रहरी मौन रहेको आरोप लगाएका छन । प्रदर्शन स्थानीय किशोर देसारको नेतृत्वमा भएको हो । झण्डै तीन दर्जन प्रदर्शनकारीहरुले ऐतिहासिक मठ, मन्दिर र मूर्तिको रक्षा गर्नुपर्ने माग गरेका छन् । ‘हाम्रो कला…

Read More

खोटाङमा विहार निर्माण गरिने

पूर्वी नेपालको खोटाङ जिल्लास्थित रावावेशी गाउँपालिकाको मंगलवारे टोलमा विहार निर्माण गरिने भएको छ । त्यहाँ निर्माण हुन लागेको रावावेशी सुमंगल विहारको जग्गा अवलोकन र धर्मदेशना कार्यक्रममा लागि काठमाडौँबाट भिक्षु तिस्सको नेतृत्वमा एक टोली पुगेको छ । विहार निर्माणका लागि उपासक नरेन्द्र श्रेष्ठले २ रोपनी जग्गा दान गरेका छन् । बुधवार जग्गा दान गर्ने श्रेष्ठको जन्मोत्सवको अवसरमा अरुण भोजन, परित्राण पाठ आशीर्वाद , अनुमोदन देशना, दातब्य बस्तु दान तथा पुण्यानुमोदन लगायत गरिएको छ ।

Read More