रौतहटको गैंडाटारस्थित १३२ फिट उचाइको नेपालकै अग्लो बौद्ध स्तुप निर्माण गरिने भएको छ । केही दिन अघि निर्माण गरिने उक्त स्तुपको शिलान्यास गरिएको छ । प्रदेश २ को रौतहट क्षेत्र नं ४ मा संघीय सांसद देवप्रसाद तिमिल्सिनाले स्तुपको शिलान्यास गरेका थिए । सांसद तिमिल्सिनाले स्तुप शिलान्यास गर्दै निर्माण सम्पन्न भएपछि स्तुप गैडाटारकै मात्र नभई रौतहटकै गौरवको विषय बन्ने बताए । स्तुपले गैडाटारलाई पर्यटकीय क्षेत्र बनाउने समेत उनको भनाई थियो । मागी गुम्बा व्यवस्थापन समितिद्वारा अभियानको रुपमा सुरु भएको स्तुपको मात्रै लागत २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । स्तुप…
Read MoreAuthor: rinpoche
परम्परागत बौद्ध संस्कारको अभ्यासमा कमी आएकोमा सरोकारवाला चिन्तित
भूकम्पले प्रभावित बनेका नेपालका विभिन्न जिल्लाका १ सय ८ वटा गुम्बा निर्माण गर्ने अभियान सञ्चालन गरिरहेको नेपाल बौद्ध संघले सोमबार काठमाडौँको बौद्धमा विभिन्न स्थानमा रहेका गुम्बाका लामा गुरु तथा सरोकारवालासँग छलफल गरेको छ । तिबेत होटलमा आयोजित छलफल कार्यक्रममा विभिन्न गुम्बाका करिब २ दर्जन प्रतिनिधि सहभागि थिए । छलफलका सहभागिहरुले गुम्बा निर्माणसँगै पछिल्लो समय बौद्ध धर्म र दर्शनको परम्परागत अभ्यासलाई नयाँ पूस्तामा लैजान चूनौतिको सामना गर्नु परिरहेको बताए । आधुनिकताको नाममा परम्परागत संस्कार बिर्सदै जाने परिपाटीले पछिल्लो समय बौद्ध शिक्षा अध्ययन गर्नेको संख्या निकै कमी भइरहेको उनीहरुको गुनासो थियो ।…
Read Moreबुद्ध विहारलाई शाक्य दम्पत्तिको २ रोपनी जग्गादान
म्याग्दीमा निर्मित बुद्ध विहारलाई एक दम्पत्तिले २ रोपनी जग्गा दान गरेका छन् । बेनी नगरपालिका ७, संगमचोक निवासी पुण्यबहादुर शाक्य र लक्ष्मीदेवी शाक्यले बौद्ध चैत्य रहेको स्थानमा बनाइएको विहारलाई थप जग्गा आवश्यक परेपछि उक्त थप २ रोपनी जग्गा दान गरेका हुन् । २०५६ सालमा निर्मित चैत्यमा केही समय अघि पूण्य भूमि बुद्ध विहार निर्माण गरिएको थियो । उक्त विहारका लागि शाक्य दम्पत्तीले पहिले पनि जग्गा दान गरेका थिए । तर विहारका लागि अपुग भएपछि शाक्य दम्पत्तिले थप जग्गा दान गरेका हुन् । शाक्य दम्पत्तीले जग्गा दानसँगै विहारमा नित्य पूजामा सहयोग,…
Read More६ वर्षदेखि एउटा बुद्ध मुर्ति किन प्रहरी नियन्त्रणमा ?
शनिबार २५६३ औं बुद्ध जयन्ती, बौद्धधर्मावलम्बीसहित देशभरका अन्य धर्मावलम्बीले पनि धुमधामका साथ बुद्ध जयन्ती मनाएका छन् । सुर्खेतमा पनि शनिबार शान्तिको कामनासहित बुद्ध जयन्ती मनाइयो । तर सुर्खेतमै एउटा बुद्ध मुर्ति भने विगत ६ वर्षदेखि प्रहरी कार्यालयमै रहेको छ । बौद्ध धर्मावलम्बीले सुर्खेतमा प्रतिस्थापन गर्न ल्याएको बुद्ध मूर्ति विवादका कारण ६ वर्षदेखि जिल्ला प्रहरी कार्यालयमा राखिएको हो । स्थानीय कांक्रेबिहार संरक्षित वनमा स्थापना गर्न ल्याइएको मूर्ति विवादका कारण प्रहरी नियन्त्रणमा रहेको हो । बुद्ध जयन्तीका अवसरमा मूर्ति राख्न लागेको जानकारी पाएलगत्तै स्थानीय प्रहरी प्रशासनले बुद्ध प्रतिमा स्थापना गर्न नपाइने उर्दी…
Read Moreचारुमतीमा बुद्ध जयन्ती (फोटो फिचर)
२५६३ औँ बुद्ध जयन्ती मनाउने क्रममा काठमाडौँको चावहिलस्थित चारुमती बुद्ध विहारमा पनि विशेष कार्यक्रम गरियो । शनिबार दिउँसो ३ बजेदेखि सुरु भएको कार्यक्रममा विश्व शान्तिको कामना गर्दै बुद्ध पूजा गरिएको थियो । कार्यक्रममा चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मले बौद्ध धर्म र बुद्धका उपदेशको महत्व उल्लेख गर्दै प्रवचन दिनुभएको थियो । चारुमती बुद्धिष्ट मिसन नेपाल र चारुमती बुद्ध विहारको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा शान्ति यात्राका साथै चारुमती ज्ञानमाला संघले बुद्ध भजन प्रस्तुत गरेको थियो ।
Read Moreकरिब शतप्रतिशत बौद्धमार्गी भएको गाउँमा मासु काटमार गर्न र खान प्रतिबन्ध
गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ । र, कसैले यसको उल्लंघन गरे ठूलो मात्रामा जरिबाना तिर्नुपर्नेछ । ‘अब हाम्रो वडाभित्र पशुपन्छी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार र किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिबाना हुनेछ’, चुमनुब्री गाउँपालिका–४ का अध्यक्ष पेमा डुन्डुप लामाले भने, ‘कोही कसैले काटमार गरेको घटनाबारे हामीलाई सूचना दिएमा १५ हजार रुपैयाँ इनाम दिने निर्णय भएको छ ।’ यो नियमबारे गाउँपालिका र प्रहरीलाई समेत जानकारी गराइएको उनले बताए । उनका अनुसार जरिबानाबापत संकलन हुने रकम अहिंसा अभियानमै…
Read More२५६३ औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइयो
२५६३ औँ बुद्ध जयन्ती देशैभर विभिन्न कार्यक्रम मनाइएको छ । बुद्ध जयन्ती मनाउने क्रममा काठमाडौँको बौद्धमा पनि विभिन्न कार्यक्रमको गरिएको छ । बौद्ध धर्मावलम्वीले विशेष पूजापाठ, सांस्कृतिक झाँकी तथा र्याली गरेर बुद्ध जयन्ती मनाएका छन् । बौद्धमार्गी शेर्पा, तामाङ, गुरुङ तथा ह्योल्मो लगायतका समुदायका धर्मावलम्बी विहानैदेखि बौद्ध, चावहिल लगायतका स्थानमा रहेका स्तुपमा र्याली सहित पुगेका थिए । नेपालको लुम्बिनीमा इसापूर्व ५४३ अर्थात् २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । यसै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि यसै दिन प्राप्त गरेका थिए ।…
Read Moreयसरी मनाए सिन्धुपाल्चोकका शेर्पाले बुद्ध जयन्ती
२५६३ औँ बुद्ध जयन्ती देशैभर विभिन्न कार्यक्रम मनाइएको छ । यसैक्रममा सिन्धुपाल्चोक जिल्लाबाट काठमाडौँमा स्थायी तथा अस्थायी रुपमा बसिरहेका शेर्पा समुदायले पनि विशेष कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाएका छन् । सिन्धुपाल्चोक शेर्पा समाज सेवाको संयोजनमा आयोजना भएको बुद्ध जयन्ती कार्यक्रममा करिब २ सयको संख्यामा शेर्पा समुदायका उपस्थित भएका थिए । सिन्धुपाल्चोक शेर्पा समाज सेवाको बौद्धस्थित कार्यालयमा विशेष पूजापाठ तथा विश्व शान्तिको कामना गरिएको थियो । पूजापाठ सम्पन्न गरे पछि झाँकीसहित र्याली आयोजना गरिएको थियो । बौद्धबाट सुरु भएको र्याली चावहिलस्थित चारुमती बौद्ध विहार र कुटुबहालस्थित प्राचीन बुद्ध मुर्तिको दर्शन…
Read Moreलुम्बिनी गुरुयोजना ४१ वर्षदेखि अधुरै, अझै बनेन पर्यटक अड्याउने रणनीति
जापानी नागरिक प्रा.केन्जो टांगेले ४१ वर्षअघि गुरुयोजना बनाई व्यवस्थित विकास थाल्दा लुम्बिनीका सात गाउँ विस्थापित भएका थिए । मुस्लिम समुदायको बाहुल्य रहेका ती गाउँका बासिन्दाले लुम्बिनीको विकासलाई त्यतिबेलै आत्मसात् गर्दै आफ्नो घरबास दिएका थिए । स्थानीय र लुम्बिनीबीचको त्यही सद्भाव र सम्बन्धलाई प्रगाढ बनाउन लुम्बिनी परिसरमा सुविधासम्पन्न हाइस्कुल र क्लिनिक (अस्पताल) निर्माण गर्ने योजना गुरुयोजनामा समावेश गरियो । तर चार दशक बित्दा पनि ती संरचना बनेको छैन । लुम्बिनी गुरुयोजनामा समावेश यस्ता थुप्रै आयोजना बन्न बाँकी छन् । योजना पूरा नहुँदा लुम्बिनी क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनमा असर परेको सरोकारवाला…
Read Moreबुद्धका उपदेशले राष्ट्रिय एकता सुदृढ हुन्छ : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व शान्तिका अग्रदूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ । गौतम बुद्धको २५६३ औँ जन्मजयन्तीका अवसरमा विश्वभरका बौद्धमार्गी एवम् शान्ति र अहिंसाप्रेमी समुदायमा शुभकामना व्यक्त गर्दै उहाँले आर्थिक समृद्धि, सामाजिक विकास एवम् सुशासन प्राप्तिको राष्ट्रिय लक्ष्य हासिल गर्न मुलुकमा दिगो शान्ति र सुदृढ राष्ट्रिय एकता प्रमुख शर्त भएको उल्लेख गर्नुभएको छ । राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “यस महत्वपूर्ण अवसरमा समृद्ध नेपाल…
Read More