बुद्धमूर्ति चोरी आरोपमा गाउँपालिकाका उपाध्यक्ष र वडाध्यक्ष थुनामा

बुद्धमूर्ति चोरी आरोपमा डोल्पाको एक गाउँपालिकाका उपाध्यक्ष र वडाध्यक्ष डेढ महिनादेखि थुनामा छन् । जिल्ला अदालतबाट धरौटीमा छुटेका उनीहरू उच्च अदालतको आदेशमा थुनामा परेका हुन् ।डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष मल्ल टसी गुरुङ र सोही गाउँपालिका–५ का वडाध्यक्ष कार्मा गुरुङ थुनामा परेका छन् । करिब ७ वर्षअघि डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–४, राहापमा माटोमुनि लुकाएर राखेका बुद्धमूर्ति चोरी भएका थिए । प्रहरीले त्यसको सुइँको एक वर्षअघि कात्तिक १० मा मात्र पाएको थियो । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक शुभराज बमका अनुसार त्यहाँबाट ३७ थान मूर्ति र स्तुपा चोरी भएका थिए । सोही घटनाको…

Read More

धर्मदेशना कार्यक्रम, अन्तर्राष्ट्रिय बुद्ध परियती उदय बिहार, पोखरा, रानिपौवा

अन्तर्राष्ट्रिय बुद्ध परियती उदय बिहार पोखरा रानिपौवामा आज भाद्र ७ गते श्रध्देय गुरु गेसे लोप्साङ दावाज्युले बुद्ध धर्मका महत्वका सम्बन्धमा सारगर्भित धर्मदेशना दिनुभयो । बौद्ध कसलाई भन्ने ? कसरी शुद्ध बौद्ध हुन सकिन्छ ? बुद्ध धर्ममा त्रिरत्नको ज्ञान र अभ्यास, चारआर्यसत्य, अस्टाङ्गिक मार्ग, प्रतित्यसमुत्पादको महत्व आदि विषयमा चर्चा गर्नु भएको थियो ।    

Read More

बौद्ध गाथा गाइने पर्व गुँलाधर्मको संरक्षण गर्न माग

‘जयनमो श्रीबुद्ध भगवान् लुम्बिनी बनस बिज्यात । ब्रह्मानं बँपुयेका सरस्वती बसा लायका अलंङ्कापुरया जुजु कुवेर नं धनद्रव्य लायका विज्यात ।’ देशको राष्ट्रिय पर्वका रुपमा रहेको काठमाडौँ उपत्यकामा एक महीनासम्म मनाइने गुँलाधर्ममा स्वयम्भू महाचैत्यदेखि विभिन्न स–साना चैत्यहरुमा बजाइने भगवान् बुद्धको गाथा समेटिएको प्राचीन गाथाको श्लोक हो । यो श्लोक गुँलाथ्व प्रतिपदा (साउन १७० देखि यँलाथ्व प्रतिपदा )भदौ १४० सम्म स्वयम्भू महाचैत्यदेखि स–साना चैत्यसम्ममा गुञ्जायमान भइरहन्छ । गुँला पर्वमा बिहान सबेरैदेखि नेवारी बाजागाजाका साथ श्रद्धालु बौद्धमार्गी स्वयम्भू महाचैत्यको दर्शनका क्रममा यो प्राचीन सङ्गीतबाट शहर गुञ्जायमान हुन्छ । यसको नेपालीमा अर्थ हुन्छ ः…

Read More

बुद्धमूर्ति तोडफोड गर्नेलाई कारबाही गर्न माग गर्दै सडकमै सुतेर विरोध

 बुटवल–सिद्धार्थ राजमार्ग अन्तरगत रुपन्देहीको शंकरनगर क्षेत्रमा तिलोत्तमा नगरपालिकाले राखेका मुर्ति तोडफोडमा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गर्दै जनमुक्ति पार्टीले विरोध प्रदर्शन गरेको छ। सोमबार दिउसो जनमुक्ति पार्टीका कार्यकर्ताहरु तिलोत्तमा नगरपालिकाको मणिग्रामस्थित मुख्य सडकमा सुतेर विरोध जनाएका थिए। उनीहरुले मुर्ति तोडफोडमा संलग्नलाई कानुनी दायरामा ल्याउन ढिलाइ भएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्। राष्ट्रिय जनमुक्ति पार्टीले रुपन्देहीको तिलोत्तमामा राखिएका बुद्धमुर्ति तोडफोड घटनाको छानबिन गर्न एआइजीको नेतृत्वमा टोली गठन गर्नुपर्ने माग गरेको छ।  गौतमबुद्धको जन्मस्थल रुपन्देहीमै पाँच वटा बुद्धका मुर्ति तोडफोड भएको घटनालाई सरकारले हल्का रुपमा लिएर प्रहरी नायब उपरिक्षकको नेतृत्वमा छानबिन टोली…

Read More

लुम्बिनी क्षेत्रै पुरानो विहारको जिर्णोद्वार

लुम्बिनी क्षेत्रमा सबैभन्दा पुरानो विहारको परिचय बोकेको राजकीय बुद्ध विहारको परिसरमा रहेको महत्त्वपूर्ण भवन सीमा गृहको जिर्णोद्धार कार्य सम्पन्न भएकाे छ । आज श्रावण महिना पूर्णिमाको दिनमा भिक्षु संघले प्रातिमोक्ष उपोसथ संघ कर्म गरी उद्घाटन सम्पन्न भएकाे छ । राजकीय बुद्ध विहार स्थापना भएर तत्कालीन विहार प्रमुख एवं चतुर्थ संघनायक श्रद्धेय भिक्षु अनिरुद्ध महास्थविर भन्तेज्यूको अगुवाइमा उक्त सीमागृह निर्माण भएको थियो ।भिक्षु तिस्सका अनुसार पछिल्ला बर्षहरुमा त्यो सीमा गृह उपयोग नभएर जिर्ण अवस्थासम्म पुग्यो । अहिले यस राजकीय बुद्ध विहार लुम्बिनी मा श्रद्धेय सागरधम्म स्थविर भन्ते विहारको नेतृत्व गर्नु भएदेखि…

Read More

संघनायकको अभिनन्दन

अखिल नेपाल भिक्षु महासंघले केही समय अघि संघनायक चुनिएका भिक्षु ज्ञानपूर्णिक महास्थवीरलाई शनिबार अभिनन्दन गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौँमा कार्यक्रम गर्दै संघनायकलाई अभिनन्दन गरिएको हो । संघनायकको अभिनन्दन समारोहमा उपराष्ट्रपति नन्दकिशोर पून प्रमुख अतिथिको रुपमा सहभागि थिए । अभिनन्दन समारोहमा संघनायक ज्ञानपूर्णिक महास्थवीरको बुद्ध शासनिक योगदानको स्मपरण पनि गरिएको थियो । अभिन्दन समारोहमा देशका विभिन्न स्थानमा रहेका विहार तथा बौद्ध धर्मसँग सम्बन्धित संघसंस्थाको सहभागिता रहेको थियो ।

Read More

कसले गर्यो काँक्रेविहारमा तोडफोड ?

अज्ञात समूहले पछिल्लो समय लगातार पर्यटकीयस्थल काँक्रेविहारको तोडफोड गरेको छ । वीरेन्द्रनगर–९ लाटीकोइलीस्थित पुरातात्विक स्थल काँक्रेविहारको पुनर्निर्माण अन्तिम चरणमा पुगेका बेला रातिको समयमा लगातार अज्ञात समूहको निशाना परेको हो । स्थानीय हेरालु सीता कार्कीले शनिबार, आइतबार र सोमबार राति तोडफोड गरेको बताउनुभयो । “उच्छृङ्खल समूहले मूल गेट, सुरक्षा पर्खाल, टिकट काउन्टर तोडफोड गरेको छ”, उहाँले भन्नुभयो, “प्रवेशद्वारमा लगाइएको ताला पनि फोडिएको छ, टिकट काउन्टर, हात धुने बेसिन लगायतमा तोडफोड गरिएको छ ।” दक्षिणतर्फको गेटमाथिको गजुर पनि भाँचिएको अवस्थामा फेला परेको छ । हेरालु र टिकट व्यवस्थापक दिउँसो मात्र त्यहाँ बस्ने…

Read More