भिक्षु महासंघका संघनायकको स्वास्थ्य गम्भिर

काठमाडौँको ग्राण्डी इन्टरनेशनलमा उपचार गराइरहेका भिक्षु महासंघ, नेपालका संघनायक श्रद्धेय अश्वघोष महास्वीर भन्तेको स्वास्थ्य अवस्था गम्भिर निकै गम्भिर बन्दै गइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनको मृटु, मृगौलामा समस्या हुनुका साथै कलेजोमा पानी जमेको चिकित्सकहरुले जानकारी दिएका छन् । भन्तेको रक्तचाप पनि निकै कम भएको छ ।

तीन साता अघि झाडापखालाले सताए पछि उनलाई उपचारका लागि जमलस्थित ग्राण्डी सिटी अस्पतालमा लगिएको थियो । ९४ वर्षीय भन्तेको स्वास्थ्य गम्भिर बन्दै गए पछि ग्राण्डी अस्पताल लगिएको हो ।

चिनिया कम्युनिष्ट नेता माओत्सेतुङ्गसँगे भेट पछि सामाजिक, राजनीतिक तथा सांस्कृतिक क्षेत्रमा अघि अढ्न प्रभावित बनेका भन्ते अश्वघोष महास्थवीर २०४७ देखि २०४९ सम्म राष्ट्रिय सभाको सदस्य थिए । त्यसैगरी २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा उनलाई लुम्बिनी बिकाश कोषको उपाध्यक्षमा नियुक्ति दिइएको थियो । उनले करिब डेढ सय जति पुस्तक पनि लेखेका छन् । नेपालमा भिक्षु तालिमको सुरुवात पनि उनले नै गरेका हुन् ।

Share

Related posts

Leave a Comment