छोग्याल रिन्पोचेको अनलाइन कक्षा आज पनि

हिमालयन बौद्ध शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण केन्द्रको आयोजना भइरहेको धर्मदेशना कार्यक्रम आज पनि हुँदैछ । जेठ १२ र १३ गतेका लागि तय भएको कार्यक्रमको पहिलो दिन शुक्रवार छोग्याल रिन्पोचेले दुख चिन्नुको महत्व र दुखरहित अवस्थाको जीवन सम्बन्धि धर्मदेशना दिनुभएको छ ।

बेलुकी ८ः३० बजेदेखि सुरु हुने आजको कार्यक्रममा पनि छोग्याल रिन्पोचेले दुखलाई चिन्नुको महत्व र दुखरहित अवस्थाको जीवनलाई ब्याख्या सहित प्रवचन दिने हिमालयन बौद्ध शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण केन्द्रका प्रमुख कोशिस लोब्साङ वाइवाले बताउनु भयो । जुममार्फत् हुने अनलाइन कक्षामा सहभागि भई पूण्यलाभ प्राप्त गर्नु पनि वाइवाले आग्रह गर्नु भएको छ ।

For more Information

Share

Related posts

Leave a Comment