प्रत्येक नेपाली महिनाको पहिलो शनिवार एक दिने समथ एवम् विपश्यना ध्यान अभ्यास गराउँदै आउनु भएका आचार्य लामा कर्मा साङ्बोले अर्को ध्यान शिविर माघ ७ गते शनिवार गर्दै हुनुहुन्छ । ध्यान शिविरमा निशुल्क सहभागि हुने व्यवस्था मिलाइएको छ । यही आयोजना हुने ध्यान शिविरमा सहभागि हुन चाहनेले माघ ५ गतेसम्म नाम दर्ता गरिसक्नु पर्नेछ ।
ध्यानमार्फत् बौद्ध दर्शन र ज्ञानको समिपमा पुग्न सकिने भएकाले समथ र विपश्यना गराउँदै आएको ध्यानगुरु आचार्य लामा कर्मा साङ्बोको भनाइ छ । ध्यान शिविर कपनमा रहेको होङ्गबान्जी बौद्ध समाजमा हुँदैछ ।
ध्यान कार्यक्रम विहान ८ बजेदेखि सुरु भई अपरान्ह ४ बजे समापन हुनेछ । ध्यान शिविर अवधिभर मोबाइल फोन प्रयोग गर्न निषेध गरिएको छ ।
ध्यान शिविरमा नाम दर्ता गर्न सम्पर्क नं
राजेन्द्र थापामगरः ९८५११९३६५७
निमा लामाः ९८५१०४१५१३




