बुद्ध धर्ममा संघको महत्व

बुद्ध धर्ममा संघको ठुलो महत्त्व छ। यस धर्ममा बुद्ध, बुद्धको धर्म र बुद्धको संघलाई त्रिरत्नको रुपमा मानिने गरिन्छ। संघका नियमहरु विनयपिटकमा संग्रहित छन। अंगुत्तर निकायको कलमसुत्तमा बुद्धले आफ्नो अनुभव अनुसार धर्म पालना गर्ने स्वतन्त्रता दिएका तथा बुद्धले धर्मका सानातिना नियमहरु परिवर्तन गर्न सकिने उपदेश दिएका हुनाले बुद्धको महापरिनिर्वाण पश्चात बुद्ध धर्ममा विभिन्न प्रकारका संघहरु स्थापित भए। यस्ता संघ तथा संघका शाखाहरुमा विनयपिटकका नियमको पालना, स्थानीय सांस्कृतिक प्रभाव तथा धर्मको निश्चित पक्षमा बढी केन्द्रीत हुने आदि विषयमा भिन्न मत राख्दछन। संघमा नै आश्रित नभइकन बुद्ध धर्मलाई आध्यात्मिक रुपमा पालना गर्ने पनि परम्परा भएको देखिन्छ। ऐतिहासिक कालमा विभिन्न निकाय तथा संघहरु रहेता पनि वर्तमानमा प्रायःजसो संघहरु तीन महासंघको प्रभावमा रहेको पाइन्छ। यी संघहरु थेरवाद, महायान र बज्रयान हुन। थेरवादलाई हीनयान पनि भनिन्छ । तर, हीनयान वर्तमानमा अस्तित्त्वमा नरहेको एक बुद्ध धर्मको इकाइ हो भने थेरवाद बुद्ध धर्मका तीन मुख्य संघ मध्ये एक हो।

Share

Related posts

Leave a Comment