हिमाली बौद्धमार्गीहरुको पवित्र सागा दावाको शुभ अवसरमा रेपा नेपालले असार १ गते सोमवार काठमाडौँको बौद्ध स्तूप परिसरमा विशेष बौद्ध छ्याग तथा परिक्रमा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
कार्यक्रमको सुरुवात सहभागीहरू ठूलो घन्टीनिर भेला भई सरणागमन, साष्टाङ्ग दण्डवत् (छ्याग) र बौद्ध स्तुपको कोरा गरिएको थियो । त्यसपछि पुनः सबै सहभागि एकत्रित भई वज्रसत्त्व तथा सिंहमञ्जुश्री मन्त्रको सामूहिक जप गरिएको थियो ।

कार्यक्रमको मुख्य आकर्षण श्रद्धेय चोग्याल रिन्पोछे रहनु भएको थियो । उहाँको गरिमामय उपस्थितिमा बौद्ध स्तूपको परिक्रमा सम्पन्न गरिएको हो । कार्यक्रममा दीप प्रज्वलन, पुण्य समर्पण प्रार्थना, गुरु दर्शन तथा आशीर्वाद ग्रहण गरिएको थियो । श्रद्धेय छोग्याल रिन्पोचेल छोटो प्रवचन पनि दिनु भएको थियो ।

कार्यक्रमको आयोजना रेपा नेपालका विद्यार्थी तथा धर्ममित्रहरुको सक्रियतामा भएको हो । यो शुभ अवसरबाट संचित पुण्यले सम्पूर्ण प्राणीहरूको जीवनमा शान्ति, सुख, समृद्धि तथा कल्याण ल्याओस् भन्ने कामना रेपा नेपालले गरेको छ ।







