बुद्ध सम्वत् २५६७ अर्थात् वि. सं. २०८० कात्तिक २१ गते काठमाडौँको कालोपुलस्थित पिपली विहारमा कथिन चिवर दान सम्पन्न भएको छ । भिक्षु तिस्स स्थविरले त्रैमासिक वर्षावास सम्पन्न गर्नु भएको अवसरमा कथिन चिवर दान गरिएको हो ।
थेरवाद बुद्ध परम्परा अनुसार भगवान बुद्धको समयकालदेखिको प्रचलनमा रहेको त्रैमासिक वर्षावास भिक्षु विनय अनुसार भिक्षुहरुले बस्दै आउनु भएको छ । सोही परम्परालाई निरन्तरता दिदै देशका विभिन्न विहारहरुमा जस्तै पिपली विहारमा पनि आषाण् पूर्णिमादेखि कोजाग्रत पूर्णिमासम्म भिक्षु तिस्स स्थविर वर्षावास बस्नु भएको थियो ।
कथिन चिवर दान महोत्सवमा कथिन दानानिसंश विषयमा धर्म देशना श्रद्धेय भिक्षु विमलो स्थविरले दिनु भएको थियो । कथिन दाता महारगंज निवासी श्री भक्तबहादुर गुरुङ ÷गणेशकुमारी गुरुङ सपरिवार तथा बोस्टन अमेरिका निवासी श्री सुजन गुरुङ ÷ रणदेवी गुरुङ सपरिवार लगायत रहनु भएको थियो । त्यस्तै अष्टपरिस्कार दाताहरू ८४ जना रहनु भएको थियो ।
पिपली विहारमा कथिन चिवर दान

Share