२०७९ चैत्र २ देखि ८ गते तदनुसार सन् २०२३ मार्च १६ देखि २२ सम्म काठमाडौँंको कपनस्थित “श्री अमिताभ फाउन्डेशन ध्यान–साधना केन्द्र“ मा विश्व प्रसिद्ध फोवा (उत्क्रान्ति) गुरू शरणनायक गुरूवर क्याब्जे आयाङ रिन्पोछेज्यूद्वारा एक साता लामो विशेष फोवा साधना शिविर संचालन गर्नु हुने भएको छ ।
फोवा साधना एक अद्भूत, द्रुतगामी तथा गम्भीर मन्त्रयान साधना विधि हो । परमपूज्य गुरू आयाङ रिन्पोछेज्यूद्वारा आफ्नो मूल गुरूहरू परमपावन दलाई लामा, १६ औं कर्मापा राङज्युङ रिग्पी दोर्जे र महागुरू क्याब्जे दुज्योम रिन्पोछेहरुले यस फोवा अभ्यासलाई निरन्तर रूपमा प्रचारप्रसार गरेमा बुद्ध शिक्षाको विस्तार एवं प्राणी हितको निम्ति ठुलो योगदान पुग्ने विशेष आशीर्वचन दिनु भएकोले त्यसै अनुसार दशकौ देखि विश्वव्यापि रूपमा फोवा शिविर संचालन गर्दै आउनु भएको कुरा सर्वविदितै छ ।
लामो समयदेखी विभिन्न श्रद्धालु भक्तजन महानुभावहरुद्वारा नेपालमा पनि फोवा शिविर संचालनको लागि श्रद्धेय रिन्पोछे समक्ष बारम्बार विन्ति चढाईएको थियो । यद्यपि, भूकम्प र कोभिड – १९ को महामारी आदिको कारणले आजसम्म आयोजना हुन सकेको भने थिएन । तर हाल कोभिड – १९ को महामारी शान्त भएको उपयुक्त अवसर पारी फोवा अभ्यास शिविर संचालन हुन गईरहेको हो । धर्माभ्यास ईच्छुक सबैलाई सहभागी हुनको लागि फाउण्डेसनले आग्रह गरेको छ ।
विशेष जानकारीको लागि कृपया 9851109007 मा लोब्साङ ग्याल्त्सेन वा 9841341143 मा सोनाम ङोडुप र 9824074360 मा रिग्जिन शेर्पालाई सम्पर्क गर्न सक्नु हुनेछ ।




