दोलखास्थित मार्बु छम्बा गुम्बाका प्रमुख लामा खेन्पो पेमा छेरिङ शेर्पाूले दक्षिण भारत मैसूर नाम्डोलिङ गोन्पाबाट शिक्षा हासिल गर्नु भई जन्मस्थल दोलखा जिल्ला, गौरीशंकर गाँउपालिका वाड न. ७ मा आफ्नै अगुवाई र अथक प्रयासबाट छम्बा गुम्बा र यार्जाङ गुम्बा गरी दुईटा गोन्पाको निर्माण सम्पन्न गर्नु भएको छ ।

गोन्पा उद्घाटनका लागि मैसुर गोन्पाका प्रमुख परम् पूजनिय धर्मगुरू छ्योग्टुल ग्याङ्खाङ् रिन्पोछ्येज्यू लाई आमन्त्रण गरी माघ २७ गते छम्बा गुम्बा र २८ गते यार्जाङ गुम्बाको प्राण प्रतिष्ठान (राब्ने) पूजा, र आयुभिषेक, शरणगमनको शील प्रदान आदि धार्मिक र संस्कृतिक कार्यक्रमहरु भई गुम्बाको समुद्घाटन भव्य रूपमा सम्पन्न भएको छ ।


दोलखामा २ गुम्बाको उद्घाटन



