अन्तर्राष्ट्रिय बुद्ध परियत्ती उदय विहार, डिङ्गरनगर, तिलोत्तमा, रुपन्देहीमा आज दिउँसो १ बजेदेखि विशेष धर्म प्रवचन कार्यक्रम आयोजना हुँदैछ । लुम्बिनी बौद्ध विश्वविद्यालय प्रणिधान आयोजक समितिको आयोजनामा हुने धर्म प्रवचन कार्यक्रममा विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछे सहभागि हुँदै हुनुहुन्छ ।
कार्यक्रममा सहभागि भइ राणा रिन्पोचेबाट हुने प्रवचनमा सहभागि बौद्ध विहार, गुम्बा तथा बौद्ध संघ सस्था लगायत सम्पुर्ण बौद्ध धर्मावलम्वीहरुलाई सहभागि हुन अन्तराष्ट्रिय बुद्ध परियत्ती उदय विहारका प्रमुख भिक्षु ज्ञानेन्द्र स्थविर, सद्धम्मकोविदले आग्रह गर्नु भएको छ ।

