विमानस्थलमा राख्न बहुमूल्य धातु ‘ह्वाइट जेड’बाट बनेको बुद्ध मूर्ति ल्याइयो

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्नका लागि बहुमूल्य धातु‘ ह्वाइट जेड’बाट बनेको बुद्धमूर्ति ल्याइएको छ । स्पेनबाट म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट भैरहवा भन्सार हुँदै बुद्ध मूर्ति नेपाल ल्याइएको हो । मूर्तिको भन्सार महशुल १ लाख ५७ हजार ५ सय ८३ रुपैयाँ लागेको छ । बुद्धमूर्ति म्यान्मारको खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले स्पेनको लुम्बिनी गार्डेन फाउण्डेसनलाई दिएको थियो भने फाउण्डेसनले नेपाल सरकारलाई दिएको हो ।

करिब २ अर्ब ५० करोड लागतमा ६ महिना लगाएर भिक्षुहरुले यस मुर्तिलाई कुदेका थिए । मूर्ति शनिबार भन्सार परिसरबाट निकालेर भैरहवा बजार परिक्रमा गराएर लुम्बिनी परिपथ हुँदै गौतमबुद्ध एयरपोर्टमा ल्याइने छ । बुद्ध धुनको गुन्ज्यायमान र झाँकीसहित मूर्ति भैरहवादेखि लुम्बिनीसम्म परिक्रमा गराइने छ ।

१ हजार ८०० किलो तौल भएको बुद्धमूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको छ। मूर्ति निर्माताले विश्वका १६ देशमा यस प्रकारका मूर्ति पठाइसकेको छ । बुद्धमूर्ति यही कात्तिक १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमबुद्ध विमानस्थलमा अनावरण गर्ने कार्यक्रम तय गरिएको छ ।

Share

Related posts