मोहन पौडेल बेलायतका जियो फिजिक्स विज्ञको संलग्नतामा पश्चिम नवलपरासीस्थित भगवान् गौतमबुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तूप क्षेत्रमा चौँथो पटकको जियो फिजिक्स सर्भे (भू–भौतिक अध्ययन) सम्पन्न भएको छ । युनेस्कोमार्फत फ्रान्सको ओरेन्टिल कल्चरल हेरिटेज साइट प्रोटेक्सन एलाइन्सको आर्थिक सहयोगमा नेपाल सरकार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र बेलायतको दुरह्याम विश्वविद्यालयका विज्ञ टोलीले एक हप्तासम्म विश्वसम्पदा सूचीमा सूचीकृतको प्रक्रियामा रहेको स्तूप क्षेत्रमा बृहत् अध्ययन गरेको हो । कात्तिक २१ गतेदेखि शुरु भएको अध्ययन कात्तिक २७ गते सम्पन्न भएको पुरातत्व विभागका पुरातत्वविद् विष्णु पाठकले जानकारी दिनुभयो । टोलीले स्तूप क्षेत्रमा जमिनको सतहमुनि रहेका…
Read MoreCategory: Featured
लुम्बिनीमा सुरु भयो ३ दिने त्रिपिटक वाचन
बुद्ध जन्मस्थल लुम्बिनीको आध्यात्मिक एवम् पर्यटकीय विकासमा सहयोग पुर्याउने उद्देश्यले लुम्बिनीमा दोस्रो अन्तराष्ट्रिय त्रिपिटक वाचन सुरु भएको छ । त्रिपिटक वाचनका लागि नेपाल, भारत, श्रीलङ्का, म्यान्मार, थाइल्याण्ड, कोरिया, जापानलगायत २० बढी देशका १ हजार जना भन्दा बढी भिक्षु–भिक्षुणी, उपासक–उपासिका भेला भएका छन् । त्रिपिटक बुद्ध धर्मको मूल ग्रन्थ हो । त्रिपिटक च्यान्टिङ (वाचन) समितिको मुख्य आयोजना तथा प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, लुम्बिनी विकास कोष र थाई विहारको सहयोगमा दोस्रोपटक कार्यक्रम सुरु भएको हो । यस पटक लुम्बिनीमा ३ वटै पिटकसँगै गौतम बुद्धले आफ्ना पिता राजा…
Read Moreश्याफ्रुबेसीमा गुरु रिम्पोछेको मुर्ति शिलान्यास
रसुवाको श्याफ्रुवेसीमा गुरु रिन्पोछेको मूर्ति निर्माणका लागि बुधबार शिलान्यास गरिएको छ । श्याफ्रुवेसीस्थ्ति बुद्ध मन्दिरमा परमपुज्यनीय गुरु सेराफ तेन्दर रिम्पोछेले पाठ पूजा गरी मूर्तिको शिलान्यास गरिएको हो । मूर्ति शिलान्यास कार्यक्रममा गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख कैसाङ नुर्पु तामाङ प्रमुख अतिथि रहेका थिए । करिब १ करोड ६० लाख रुपैयाँको बजेटमा १० फिट अग्लो तामाबाट गुरु रिन्पोछेको मूर्ति निर्माण गरिन लागिएको श्याफ्रुवेसी पर्यटन प्रवद्र्धन तथा बुद्ध मूर्ति निर्माण समितिका अध्यक्ष दावा पेम्बा तामाङले बताए । मूर्ति १ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । जिल्लामा धार्मिक पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण…
Read Moreतेलचित्रमा आधारित बुद्धको वृत्तचित्र र फिल्म बनाइने
चीनको मुन भच्र्यु कल्चर मिडिया कम्पनीले गौतमबुद्धको तेलचित्र (ओइल पेन्टिङ) बनाई सोही कथामा आधारित वृत्तचित्र र चलचित्र निर्माण गर्ने भएको छ । नेपाल भ्रमणका क्रममा रहेका उक्त कम्पनीका प्रतिनिधिले नेपाल र चीनबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउन सो योजना बनाइएको जनाएका छन् । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका कार्यकारी प्रमुख हु जिझोङले नेपाल र चीनको ऐतिहासिक सम्बन्ध झल्काउने गरी चलचित्र बनाउन लागिएको बताए। उनले भने, “हामी दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई सहयोग पुग्ने गरी दुई सुन्दर चित्र बनाउनेछौँ ।” राजकुमार सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्नुअघिकोे शारीरिक बनावटको झल्को दिने गरी वास्तविक तेलचित्र…
Read Moreबुद्धकालिन एक केन्द्र, जहाँबाट गणतन्त्रको सुरुवात भयो
बिहारमा एउटा जिल्ला छ जसको नाम वैशाली रहेको छ । विश्वमा सर्वप्रथम गणतन्त्रको अध्ययन गर्ने स्थान पनि वैशाली नै हो । लोकतन्त्र लिच्छवी शासनको देन हो । लगभग छैंठौं शताब्दी ईसा पूवर्मा नेपालमा तराईदेखि गंगाको बीचमा फैलिएको जग्गामा लिच्छवीसंघद्धारा गणतांत्रिक शासन व्यवस्थाको सुरुवात भएको थियो । त्यहाँको शासक जनताको प्रतिनिधित्वबाट चुन्ने गरिन्थ्यो । प्राचीनकालमा वैशाली धेरै समृद्ध थियोे । यस नगरको नामकरण राजा विशालको नामबाट भएको थियो । विष्णु पुराणका अनुसार यहाँ लगभग ३४ जना राजाले राज्य गरेका थिए । पहिलो राजा नभग र अन्तिम राजा सुमति थिए । राजा…
Read Moreत्रिपिटक वाचनमा २५ देश सहभागि हुने
रुपन्देही– बुद्ध जन्मस्थल लुम्बिनीमा यस वर्ष हुने अन्तरराष्ट्रियस्तरको त्रिपिटक वाचनमा २५ देशले सहभागिता जनाउने भएका छन् । त्रिपिटक च्यान्टिङ आयोजक समितिको मुख्य आयोजना तथा प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, लुम्बिनी विकास कोष र थाई विहारको सहयोगमा दोस्रोपटक बुद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक वाचन कार्यक्रम हुन लागेको हो । कात्तिक २८ देखि ३० गतेसम्म मायादेवी मन्दिर परिसरमा हुने कार्यक्रममा नेपाल, भारत, श्रीलङ्का, म्यान्मा, थाइल्याण्ड, कोरिया, जापानलगायत देशका भिक्षु, गुरुआमा, लामा ,आनी तथा उपासक उपासिकाकोे सहभागिता रहने आयोजक समितिका सचिव हेमबहादुर विष्टले जानकारी दिए । आयोजक समितिका संयोजक…
Read Moreबुद्ध त नेपालमा पो जन्मिएका रहेछन् – आइभरीकोष्टका उपराष्ट्रपति
‘नेपाल आउनुअघि बुद्ध भारतमा जन्मेको भन्ने बुझेको थिएँ । यहाँ आएपछि हिजो (सोमबार) पो थाहा भयो, त्यो तथ्य गलत पो रहेछ । बुद्ध नेपालको लुम्बिनीमा जन्मेका रहेछन्,’ नेपालको तीनदिने भ्रमण पूरा गरी मंगलबार स्वेदश फर्केका अफ्रिकी मुलुक आइभरिकोस्टका उपराष्ट्रपति डानिएल काब्लान डुन्कनले भने । उपराष्ट्रपति डुन्कन प्लेन चार्टर गरी आइतबार काठमाडौं उत्रिएका थिए । पहिलोपटक ‘सगरमाथाको देशमा’ आउँदा उनी रोमाञ्चित भए । आइभरिकोस्टबाट करिब साढे ९ हजार किलोमिटर हवाई यात्रा गर्दै आएका उनले त्यहाँका करिब एक हजार मिटर अग्ला हिमाल र संसारकै सर्वोच्च ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको तुलना पनि गरे । सन्…
Read Moreश्री ३ राणा खलकका श्रीधर राणा यसरी बने बौद्ध गुरु तथा रिम्पोचे
विद्याधर आचार्य महायोगी श्रीधर राणा रिम्पोचे श्री ३ पद्म शम्शेर जबराका नाति पूर्ब डिआइजी नरनारायण शम्शेर र तत्कालिन बझाङ्गे राजा जयपृथ्वी बहादुर सिंहकी छोरी शान्ति राणाको सन्तान हुन् । सन् १९५० मा जन्मिएका श्रीधर राणा रिम्पोचेको प्रारम्भिक शिक्षा शिक्षा सेन्ट जेभियर्स स्कूलमा भयो र सिनियर केम्ब्रिज गरी सकेपछि उनले भारतको दिल्लिबाट होटल म्यानेजमेन्टमा डिप्लोमा गरे । सन् १९७६ मा खप्तड बाबासँग हिन्दु धर्म र दर्शनको गहन रुपमा अभ्यास गरि सकेपछि उनले हिन्दु तन्त्रका प्रकाण्ड बिद्वान् एवं उच्चकोटिका तान्त्रिक साधक रथि धन शम्शेर जबरा सँग हिन्दु तन्त्रको गहन अभ्यास र अध्ययन…
Read Moreदोस्रो अन्तराष्ट्रिय त्रिपिटक पाठ कात्तिक २८ देखि सुरु
बुद्ध जन्मस्थल लुम्बिनीमा कार्तिक २८ देखि ३० गतेसम्म दोस्रो अन्तराष्ट्रिय त्रिपिटक पाठ आयोजना हुँदैछ । ३ दिने त्रिपिटक पाठमा सहभागि हुन इन्टरनेशनल त्रिपिटक चान्टिङ कमिटीले भिक्षु, अनागरिका तथा उपासक–उपासिकाहरुलाई अनुरोध गरेको छ । पाठमा सहभागि हुन चाहनेले कात्तिक १८ गतेसम्म नाम दर्ता गरिसक्नु पर्नेछ । विश्व शान्ति विहार, शान्तिनगरमार्फत त्रिपिटक पाठमा सहभागी हुन चाहनेले निम्न भिक्षुहरुसँग सम्पर्क गर्न सक्नेछन् । विश्व शान्ति विहार – भिक्षु जयन्ताे ( 9845997251) सिद्धिमंगल बुद्ध विहार, थसि – भिक्षु विमलाे ( 9841598383) मनमयजु ध्यानकुटी विहार – भिक्षु जनक ( 9841609924) धापाखेल विहार, धापाखेल – भिक्षु…
Read Moreसेतो गुम्बामा २ दिने वज्रकिलाय पूजा सम्पन्न
काठमाडौँको जोरपाटी सुन्दरटोलस्थि डुब्छेन छ्योलिङ (सेतो) गुम्बामा आयोजित दुई दिने बज्रकिलाय फुर्दोक पूजा सम्पन्न भएको छ । पूजा शुक्रबारदेखि सुरु भएको थियो । परम पुजनीय दुजोम साङ्गे पेमा श्हेपा रिन्पोछेबाट भएको बज्रकिलाय पूजामा सयौको संख्यामा लामा, आनी तथा धर्मावलम्वी सहभागि थिए । कर्मा डुब्छेन छ्योलिङका प्रमुख गुरु कर्मा तान्पाई ग्याल्छेन कात्तिक ५ गते परम पुजनीय दुजोम साङ्गे पेमा श्हेपा रिन्पोछेसँग भेट गरी पूजाका लागि आग्रह गरेका थिए । कर्मा तान्पाई ग्याल्छेनका आग्रह स्वीकार गर्दै परम पुजनीय दुजोम साङ्गे पेमा श्हेपा रिन्पाछेले विश्व शान्तिको कामना सहित बज्रकिलाय, घणचक्र छोक अर्पण तथा…
Read More