सोभित भन्तेको ३८ औँ प्रवज्या दिवस मनाइयो

सोभित भन्ते प्रवज्या भएको अर्थात भिक्षु जीवनमा प्रवेश गरेको ३८ वर्ष भइसकेको छ । उनी प्रवजित भएको ३७ औँ वर्षको अवसरमा शुक्रबार काठमाडौँको गण महाविहारमा विशेष कार्यक्रम गरी मनाइयो । कार्यक्रममा सोभित भन्तेले भिक्षु जीवनमा प्रवेश गरेपश्चात बौद्ध धर्म र संस्कृतिको पुर्याएको योगदानका स्मरण गरियो । सोही कार्यक्रममा चर्चित कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कला, संस्कृति र सामाजिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै अभिनन्दन पनि गरिएको थियो । बौद्धधर्मकों प्रवद्र्धनमा योगादन दिदै आएका अष्टमाया महर्जन, धनबहादुर नकर्मी लगायत ६ जनालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा सोभित भन्तेलाई शुभकामना…

Read More

शेर्पा संघको भवन उद्घाटन ठुल्सिक याङ्सीले गने

पुस २ गते नेपाल शेर्पा संघको केन्द्रीय कार्यालय परमपुज्य ३२ औं धर्मगुरु ठुल्सिक याङ्सी ‘क्याब्जे जिग्मे ठिन्ले कुनख्याप रिन्पोछे’ले गर्ने हुनु भएको छ । काठमाडौँ नारायणटारमा स्थापित संघको भवन सञ्चालनमा आइसके पनि औपचारिक उद्घाटन भएको छैन । ५ करोड रुपैयाँ लागतमा निर्माण भएको भवनमा शेर्पा समुदायको सम्पूर्ण सामाजिक संस्थाहरुको कार्यालय रहने नीति समेत संघले अघि बढाएको छ ।

Read More

न्यूयोर्कमा विशेष बुद्ध पूजा सुरु

गौतम बुद्धका अमूल्य उपदेशहरुलाई दर्शनमा मात्र सीमित नराखी ब्यवहारिक जीवनमा हुवहु लागु गर्नु हुने ज्ञान र करुणाका खानी श्रद्धेय खम्टुल् रिन्पोछे (ग्याल्वाङ् दोखम्पा)बाट न्युयोर्क क्षेत्रमा अत्यन्त महत्वपूर्ण अभिषेक सहित पूजा र धार्मिक साधनाका कार्यक्रमहरु सुरु भएको छ । ३ दिने कार्यक्रमको तालिका यस्तो छ नोभेम्बर २३ ( वैषज्य बुद्ध अभिषेक (सम्पूर्ण रोग नष्ट गर्नका लागि) नोभेम्बर २४ ( डोल्मा युल्दोक् साधना र अधिष्ठान (सम्पूर्ण बाधा अड्चन हटाउनका लागि) नोभेम्बर २७ देखि तारा माताको ध्यान अभ्यास (जीवनका सम्पूर्ण ईच्छाहरु पूर्तिका लागि)

Read More

महाबौद्ध गुम्बाको मूर्ति चोरी

भरतपुर महानगरपालिका–२ मा रहेको महाबौद्ध गुम्बा तीनखोलेमा गएराति मूर्ति चोरी भएको छ । सुनको जलप लगाइएको तीन फिटको मूर्ति चोरी भएको र सेफ (गोप्य दानपेटिका) फोडिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष विमला गुरुङले जानकारी दिए । गुम्बामा लगाइएको ताला फोडेर चोरी भएको उनले बताए । गुम्बाको सेफ तीन वर्षदेखि खोलिएको थिएन । उनले दानपेटिकामा लाखौँ रुपैयाँ समेत रहेको बताए । बिहान ४ः०० बजे गुम्बामा पूजा गर्न जाने क्रममा चोरी भएको थाहा भएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले मुचुल्का उठाउनाका साथै चोरीमा संलग्नको खोजी भइरहेको जनाएको छ ।

Read More

कीर्तिपुण्य महाविहारको उद्घाटन

भूकम्पको कारण क्षति भएको सम्पदाको पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाले चासो देखाएको छ । वसन्तपुरमा भूकम्पकै कारण क्षति भएका आठ सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको छ भने अन्य नौ वटा पुनःनिर्माणको अवस्थामा रहेको छ । यसैबीच शनिबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यले वडा नं २१ स्थित लगनटोलमा रहेको ऐतिहासिक कीर्तिपुण्य महाविहारको उद्घाटन गरे । यस विहारमा पनि विसं २०७२ को भूकम्पले क्षति पुगेको थियो । भूकम्प गएको ठीक एक वर्षअघि पुनःनिर्माण शुरु गरिएको यस विहारको तोकिएको समयमै निर्माणकार्य सम्पन्न भएको छ । यस विहारको लागत रु ५० लाख रहेको छ । महानगर प्रमुख…

Read More

लुम्बिनीमा विश्व शान्ति पूजा हुने

बुद्ध जन्मस्थल लुम्बिनीमा महायानी बौद्ध विश्वशान्ति पूजा हुने भएको छ । विश्वशान्ति पूजामा देशका विभिन क्षेत्रका भिक्षु, लामा तथा इच्छुक आस्थावान उपासक उपासिकाहरू सहभागि हुने भएको छ । विश्व शान्ति र सम्पूर्ण सत्व प्राणीको हितको कामना गर्ने उद्धेश्यका साथ बौद्ध जागरण केन्द्रले विश्वशान्ति पूजा गर्न लागेको हो । पूजा मंसिर १८, १९ र २० गते हुने भएको छ । परमपुज्यनीय गुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेको सानिध्यमा जागरण केन्द्रले विश्वशान्ति पूजा गर्न लागेको हो । केन्द्रको नेतृत्वमा गतवर्ष देखि बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वशान्ति पूजा हुँदै आएको छ । ३ दिन सम्म…

Read More

भगवानलाई पनि चोरीकै डर

हेमन्त केसी जाजरकोट। भगवान पनि चोरी हुन्छन्भन्दा अचम्म लाग्न सक्छ ? तर यहाँको उपल्ल्लो डोल्पामा भगवान पनि चोरी हुने गरेको छन्। चौधौँ शताब्दीमा स्थापना गरिएको गुम्बाका मूर्र्ित तथा अन्य सामग्री चोरी हुन थालेपछि स्थानीयवासीलाई संरक्षणमा समस्या भएको छ। डोल्पोबुद्ध गाउँपालिकाको धो गाउँमा भगवान नै चोरी हुने भएपछि स्थानीयवासीले घरमा ल्याएर सुरक्षा गर्न बाध्य भएका छन्। धोस्थित झ्याम्पा गुम्बा, सेरिङ गुम्बा, मेकिङ च्याङचु छोइलिङ, टाकमार देवा, डोल्पा मेन्चीखाङगलगायत गुम्बाका बहुमूल्य बुद्धमूर्ति अन्य सामग्री चोरी निकासी बढेपछि स्थानीयवासीले घरमा ल्याएर सुरक्षा गर्न लागिएको बताउँछन्। पूजाआजा गर्ने समयमा मात्र गुम्बामा लिएर आउने र…

Read More

भोली ल्हाबब दुछेन, यस्तो छ ल्हाबब दुछेनको महत्व

आचार्य सार्की शेर्पा शान्तिका महानायक भगवान् शाक्यमुनि बुद्धले सत्त्वहरूलाई दुःखको भावसागरबाट मुक्त गराउनको लागि विभिन्न प्रकारको लीला (कार्य) हरू प्रदर्शन गर्नुभए तापनि बौद्ध परम्परामा विशेषगरी १२ प्रकारको लीलाहरू प्रमुख लीला (कार्य) को रूपमा मानिन्छ । जसमध्ये ल्हाबब दुछेन अर्थात् देवलोक अवतरण महोत्सव पनि एक हो । यो महोत्सव भोट पात्रोअनुसार हरेक वर्ष ९ औँ महिनाको कृष्णपक्ष सप्तमीमा पर्दछ । यस वर्षको ल्हाबब दुछेन अर्थात् देवलोक अवतरण महोत्सव २०७६ मंसिर ३ गते मंगलबारको दिन परेको छ । नेपालको तराई भेग भारत र नेपालको सिमाना सुनैलीबाट करिब २५ किलोमिटरको दूरी रहेको लुम्बिनीमा…

Read More

जटिल भन्तेद्वारा बौद्धमा ध्यान शिविर जारी

प्राचीन अनुवाद एकमातृ गुरु संघको आयोजनामा ध्यान शिविर आयोजना भइरहेको छ । ध्यान शिविरमा जटिल भन्तेको मुखारविन्दबाट चार आर्य सत्य, प्रतित्यसमुत्पाद चक्र, विपश्यशना ध्यान साधना विधिको अभ्यास गराइरहेका छन् । जटिल भन्ते बर्मा सरकारबाट ज्योतिकद्वजद्वारा सम्मानित बौद्ध गुरु हुन् । काठमाडौँको बौद्धस्थित तामाङको दोस्रो तल्लामा भइरहेको ध्यान शिविर कात्तिक २४ गतेदेखि सुरु भएको हो । शिविर मंसिर ४ गते समापन हुँदैछ ।

Read More

अझै शुरु भएन गुम्बा पुनःनिर्माणको काम

खानीखोला गाउँपालिका–६ का आसमान थोकरले गुम्बाको पुनःनिर्माणको काम कहिले शुरु हुन्छ भनेर पुनःनिर्माण प्राधिकरणमा धाएको चार वर्ष भयो । शुभशक्ति मङ्गल गुम्बाका व्यवस्थापन समिति सदस्य थोकरले भूकम्प गएको चार वर्ष बितिसक्दा पनि रकम नपरेको भन्दै पटक–पटक पुनःनिर्माण प्राधिकरण धाउँदै आएको बताउनुभयो । “बल्ल गुम्बा पुनःनिर्माणका लागि रकम प्राप्त भएको छ भन्ने कुरा आएको छ, हेरौँ कहिलेसम्ममा प्राप्त हुन्छ रु”, थोकरले भन्नुभयो । त्यसरी कहिले निर्माणको अख्तियारी र रकम प्राप्त हुन्छ भनेर ‘बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिमा चार÷पाँच पटक धाएपछि बल्ल काम हुने भन्ने कुरा भएको उहाँले सुनाउनुभयो ।…

Read More