काठमाडौँको चाबहिलस्थित चारुमती बुद्ध बिहारका प्रमुख भिक्षु तपस्सी धम्म यतिबेला धर्मदेशनाका लागि अमरिका पुगेका छन् । अमेरिकामा रहेका उनलाई शनिबार नेप्लिज बुद्धिष्ट एसोसियसन टेक्ससले सम्मानका लागि विशेष कार्यक्रम आयोजना गर्यो । भिक्षु धम्मलाई गरिएको सम्मान कार्यक्रममा ड्यालसस्थित श्रीलंका बौद्ध विहारका विजयपुर पुण्यानन्द थेरो पनि सहभागि थिए । कार्यक्रममा भिक्षु धम्मले बौद्ध परम्परा अनुसार बुद्ध पूजा, परित्राण पाठ, धर्मदेशना तथा पुण्यमोदना समेत गरेका थिए । श्रीलंकन भिक्षु पुण्यानन्द थेरोले बौद्ध धर्ममा नेपालको महत्वमाथि प्रकाश पारेका थिए । कार्यक्रममा भिक्षु्द्वयले सहभागिलाई पावनसुत्र प्रदान गर्नुका साथै संघलाई बुद्धको पेन्टिङ समेत उपहार दिए । भिक्षु…
Read MoreCategory: Featured
यम्पी महाविहारमा कथिन चिवर दान सम्पन्न
ललितपुरको यम्पी महाविहारमा अखिल भिक्षु महांघद्वारा कथिन चिवर दान सम्पन्न भएको छ । कथिन दानमा सयौको संख्यामा उपासक उपासिका तथा भिक्षुहरु सहभागि थिए । नेपाल भिक्षु महसंघले अनुशासित र नियम पुर्वक ३ महिने वर्षावास बस्ने भिक्षुलाई चिबर र भिक्षा पत्र प्रदान गर्दै बिहिबार कथिन चिवर दान सम्पन्न गरेको हो । बौद्धधर्ममा महत्वपुर्ण मानिने ३ महिनाको वर्षावास सम्पन्न गरेपछि दाताहरुले विभिन्न किशिमका दान प्रदान गर्ने परम्परा छ ।
Read Moreमहासतीपाथ्थना धर्मोदयमा कथिन दान
३ महिना वर्षावास बसेको भिक्षुहरुका लागि कथिन दान अहिले विभिन्न विहारहरुमा भइरहेको छ । यसैक्रममा ललितपुरको गोदावरीस्थित महासतीपट्थाना धर्मोदय विहारमा पनि कथिन दान गरिएको छ । संघनायक ज्ञानपूर्णिक महास्थवीर समेत सहभागि रहेको कथिन दानमा भिक्षु, भिक्षुणी तथा उपासक–उपासिकाहरुको उल्लेख्य सहभागिता थियो । फोटो : रविन्द्र डंगोल
Read Moreलुम्बिनीसँग जोड्ने सैनामैना नगरपालिकाको योजना
भरत केसी बुटवल, ३ कात्तिक (रासस) : गौतम बुद्धको जीवनसँग सम्बन्धित सैनामैनामा रहेका पुरातात्विक स्थलहरुको संरक्षण गर्न र ती स्थललाई विश्वसामु उजिल्याउन सैनामैना नगरपालिकाले विभिन्न आयोजनाहरु अघि बढाएको छ । सैनामैना क्षेत्रमा बुद्धको जीवनसँग सम्बन्धित महत्वपूर्ण स्थलहरु छरिएर रहेका छन् । तिनको संरक्षण र प्रवद्र्धन गरेर सैनामैना नगर क्षेत्रलाई लुम्बिनीको पर्यटनसँग जोड्न नगरपालिकाले चाहेको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई नगरका विभिन्न क्षेत्रबाट सडक सञ्जालले जोडिसकेको परिप्रेक्ष्यमा लुम्बिनीको पर्यटनसँग जोड्न नगरपालिकाले महत्वपूर्ण आयोजनाहरु अगाडि बढाउन थालेको हो । विदेशी विद्धान पर्सिवलले ठम्याएको सैनामैनाको दरबार भएको ठाउँलाई स्थानीय मानिसहरुले बुद्धको दरबार भन्ने…
Read Moreम्यानमारद्वारा नेपाललाई ३० बुद्ध मुर्ति प्रदान
याङ्गूनस्थित सितागु अन्तर्रा्ष्ट्रिय बौद्ध प्रतिष्ठानले नेपाललाई गौतम बुद्धका धातुका विभिन्न ३० मूर्ति प्रदान गरेको छ । प्रतिष्ठानका संस्थापक सितागु सायदले राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्र शाक्यमार्फत बुद्धका विभिन्न मुद्राका मूर्ति हस्तान्तरण गर्नुभएको हो । त्यस अवसरमा परराष्ट्र मन्त्री ज्ञवालीले लुम्बिनीको विकासमा संयुक्त राष्ट्र सङ्घका महासचिव ऊ थान्तको योगदान भुल्न नसकिने बताउँदै ती मूर्ति नेपाल–म्यानमारदिगो सम्बन्धको प्रतीक भएको स्पष्ट गर्नुभयो । उहाँले साझा संस्कृति र दर्शन बोकेका नेपाल र म्यानमारबीच सम्बन्ध अझ प्रगाढ हुने पनि बताउनुभयो । बुद्धका शान्ति, करुणा, मैत्री, अहिंसाका सिद्धान्त…
Read Moreताइवानद्वारा बुद्धको पवित्र अस्थिधातु पद्म वर्ण महायान विहारलाई
भगवान बुद्धको पवित्र अस्थिधातु ललितपुर स्थित ज्याथामा रहेको श्री पद्म वर्ण महायान विहारलाइ हस्तान्तरण गरिएको छ । प्रदेश नं ३ का सांसद शोभा शाक्यलाइ वर्ल्ड एलायन्स अफ बुद्धिष्ट संस्थाबाट उपहार स्वरूप प्राप्त भएको उक्त पवित्र अस्थिधातु विहारलाइ हस्तान्तरण गरिएको हो । उक्त हस्तान्तरण कार्यक्रममा सांसद शाक्यबाट भगवान बुद्धको पवित्र अस्थिधातुलाइ अहिले समेत ३ पटक नेपालमा उपहार स्वरूप ल्याइसेको जानकारी दिइन् । सांसद शाक्यका अनुसार संसारका ४० वटा राष्ट्रमा बुद्ध धर्मावलम्बीहरूको संयुक्त संस्था वर्ल्ड एलायन्स अफ बुद्धिष्टबाट प्राप्त पवित्र अस्थिधातु सबैभन्दा पहिले ललितपुरस्थित सुमंगल विहारलाइ हस्तान्तरण गरिएको हो । विहारलाई वर्ल्ड…
Read Moreगणेशकुमारीबाट यसरी बनिन् धम्मावती गुरुमा
भित्री काठमाडौंमा आमाहरूले हुर्केका छोराछोरीलाई सुनाउने कथाकी पात्र हुन्, धम्मावती गुरुमाँ । जुन बेला काठमाडौंमा थेरवादी बौद्ध धर्म राम्ररी स्थापित भइसकेको थिएन, धेरैका लागि नौलो थियो, त्यही बेला ललितपुरकी एक १४ वर्षीया बालिकाले तय गरेको अद्वितीय यात्राको कथा हो यो । सात दशकअघि धनाढ्य नेवार परिवारकी एक्ली छोरी गणेशकुमारी शाक्यले निर्णय गरेकी थिइन्, घर त्यागेर भिक्षुणी बन्ने । उनले ललितपुरको सुमंगल विहारमा बर्माबाट आएका भिक्षुबाट बौद्ध धर्मको प्रारम्भिक शिक्षा प्राप्त गरेकी थिइन् । थप अध्ययनका लागि बर्मा जानुपर्थ्यो । आमाबुबाबाट अनुमति नपाएपछि उनले निर्णय गरिन्, घरबाट भागेर बर्मा जाने । उनले २००६ सालमा तय गरेको त्यो…
Read Moreस्वयम्भुमा रहेको शान्तिपुर मन्दिरको जीर्णोद्धार ४ करोडमा
विश्व सम्पदामा सूचीकृत स्वयम्भूमा रहेको शान्तिपुर मन्दिरको जीर्णोद्धार रू चार करोडको लागतमा सम्पन्न भएको छ । भूकम्पका कारण ठूलो क्षति पुगेको उक्त सम्पदा जोखिममा परेपछि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले मन्दिरको जग तथा चारैतर्फको पर्खाल भत्काएर जीर्णोद्धारका साथै आवश्यक स्थानमा पुनःनिर्माणसमेत गरेको हो । स्वयम्भूको संरक्षण तथा व्यवस्थापनमा सक्रिय महासमितिका महासचिव महेन्द्ररत्न बज्राचार्यले स्वदेशी तथा विदेशी दातृ संस्थाबाट सङ्कलन गरेको आर्थिक स्रोतबाट खर्च गरिएको जानकारी दिए । बज्राचार्यका अनुसार तन्त्रको दीक्षा लिएका डकर्मी, सिकर्मीलगायत जनशक्तिबाट निर्माण गर्नुपर्ने उक्त सम्पदामा तान्त्रिक देवी भएकाले विशेष पूजा गरिनेछ । केही गोप्य कागजपत्र, तान्त्रिक…
Read Moreप्राचीन पोखरी पुननिर्माण गरी बीचमा बुद्धको मुर्ति राखियो
कास्कीको मादी गाउँपालिका–३ याङ्जाकोटमा रहेको प्राचीन ऐतिहासिक झ्याली पोखरी पुनर्निर्माण गरिएको छ । १५ लाख ४८ हजार सात सय रुपैयाँ खर्च गरेर मादी गाउँपालिकाले पोखरी पुनर्निर्माण गरेको हो । पोखरीको बीच भागमा शान्तिका अग्रदूत गौतम बुद्धको मूर्ति स्थापना गरेर चारैतिर तारबार लगाइएको छ । स्थानीयको साथ र सहयोगका कारण पुनर्निर्माणको काम चित्तबुझ्दो भएको मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ(श्याम)ले जानकारी दिए । उनले आगामी दिनमा पोखरीमा रङरोगन गर्ने, पोखरीको वरिपरि बाटो ढलान गर्ने, फूल रोप्ने, बत्ती जडान गर्नेलगायतका काम पनि गरिने जानकारी दिए । झ्याली पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष सूर्य…
Read Moreनेपाल बौद्ध महासंघको पाँचौ महाधिवेसन सम्पन्न, आचार्य नुर्बु शेर्पा अध्यक्ष
नेपाल बौद्ध महासंघको पाँचौ महाधिवेशन काठमाडौँमा सम्पन्न भएको छ । आइतबार भएको महाधिवेसनबाट आचार्य नुर्बु शेर्पा अध्यक्ष चुनिएका छन् । अध्यक्ष सहितको नयाँ कार्यसमितिमा उपाध्यक्षमा कमल भण्डारी र महासचिवमा कर्साङ लामा चुनिएका छन् । सबै पदहरुमा सर्वसम्मतिबाट चयन गरिएको हो ।
Read More