धर्मदेशनाका लागि अमेरिका पुगेका भिक्षु तपस्सी धम्मलाई टेक्ससमा सम्मान

काठमाडौँको चाबहिलस्थित चारुमती बुद्ध बिहारका प्रमुख भिक्षु तपस्सी धम्म यतिबेला धर्मदेशनाका लागि अमरिका पुगेका छन् । अमेरिकामा रहेका उनलाई शनिबार नेप्लिज बुद्धिष्ट एसोसियसन टेक्ससले सम्मानका लागि विशेष कार्यक्रम आयोजना गर्यो । भिक्षु धम्मलाई गरिएको सम्मान कार्यक्रममा ड्यालसस्थित श्रीलंका बौद्ध विहारका विजयपुर पुण्यानन्द थेरो पनि सहभागि थिए ।

श्रीलंकन भिक्षु पुण्यानन्द थेरोका साथमा भिक्षु तपस्सी धम्म

कार्यक्रममा भिक्षु धम्मले बौद्ध परम्परा अनुसार बुद्ध पूजा, परित्राण पाठ, धर्मदेशना तथा पुण्यमोदना समेत गरेका थिए । श्रीलंकन भिक्षु पुण्यानन्द थेरोले बौद्ध धर्ममा नेपालको महत्वमाथि प्रकाश पारेका थिए । कार्यक्रममा भिक्षु्द्वयले सहभागिलाई पावनसुत्र प्रदान गर्नुका साथै संघलाई बुद्धको पेन्टिङ समेत उपहार दिए ।

भिक्षु धम्म बिशेष कथिन उत्सवमा सहभागि हुन अमेरिका पुगेका हुन् । उनले टेक्सस, डल्लासमा रहेको नेपाली विहार र हिन्दु मन्दिरमा नेप्लिज बुद्धिष्ट एसोसियसनको आयोजनामा भएका कार्यक्रमहरुमा सहभागि भई धर्मदेशना, परित्राण पाठ, पूजा लगायत गरेका छन् ।

Share

Related posts