विद्याधर आचार्य महायोगी श्रीधर राणा रिम्पोचे श्री ३ पद्म शम्शेर जबराका नाति पूर्ब डिआइजी नरनारायण शम्शेर र तत्कालिन बझाङ्गे राजा जयपृथ्वी बहादुर सिंहकी छोरी शान्ति राणाको सन्तान हुन् । सन् १९५० मा जन्मिएका श्रीधर राणा रिम्पोचेको प्रारम्भिक शिक्षा शिक्षा सेन्ट जेभियर्स स्कूलमा भयो र सिनियर केम्ब्रिज गरी सकेपछि उनले भारतको दिल्लिबाट होटल म्यानेजमेन्टमा डिप्लोमा गरे ।
सन् १९७६ मा खप्तड बाबासँग हिन्दु धर्म र दर्शनको गहन रुपमा अभ्यास गरि सकेपछि उनले हिन्दु तन्त्रका प्रकाण्ड बिद्वान् एवं उच्चकोटिका तान्त्रिक साधक रथि धन शम्शेर जबरा सँग हिन्दु तन्त्रको गहन अभ्यास र अध्ययन गरे । त्यसमा रुचि बढ्दै जान थालेपछि र मुक्तिको छिटो मार्ग हो भन्ने निश्चित भएपछि उनले हिन्दु तन्त्रको शिव प्रशाद अर्यालसँग बिधिवत् दीक्षा लिएर गहिरो सँग अभ्यास गरे । साथै खप्तड बाबासँग बेदान्तका चार महावाक्यको उपदेश लिएर तदअनुशार साक्षीको अभ्यास पनि गर्दै गए । अभ्यासले त्यसको साक्षात्कार भयो र बाबालाई पत्र लेखेर त्यसको पुष्टि गरे ।
यति ज्ञान हासिल गरिसक्दा पनि उनलार्य आफु साच्चिकै जीवनमुक्त भएको भन्ने कुरामा बिश्वास भएन र खोजीलाई निरन्तरता दिइरहे । उनलाई बेदान्त अनुसारको साक्षीको अनुभूति भइसकेको थियो । स्वयम् खप्तड बाबाले पनि काठमाण्डौबाट खप्तड गई वेदवेदान्तको जिज्ञासा राख्ने ब्यक्तिहरुलाई काठमाडौंमा श्रीधर राणालाई भेटे हुन्छ भनेर सिफासिर गर्न थालेका थिए ।
यसरी अभ्यास गर्दै खोजी एवम् जिज्ञासालाई बिल्कुलै बन्द नगरी खुल्ला हृदयले अगाडि बढ्दै जाँदा सन् १९८० मा राणाले जेन बुध्द धर्म जापानीज जेन गुरु रोशी नान् रे कोबेरी कोरीयन गुरु सेउङ्ग सा सोएन सा निमसँग अभ्यास गरे । यसको ६ बर्ष पछि तिबेतन बज्रयानको अभ्यास लाई विभिन्न गुरु सँग शिक्षा लिएर अभ्यास गरे । राणा बि.सं.२०५३ वैशाख १ गतेदेखि २१ वर्षसम्म गुफावास बसे ।
राणा रिम्पोचेका तिबेतियन बज्रयान परम्पराका गुरु हरु .
१ उर्ग्येन टुल्कु रिम्पोछे, २चोग्ब्ये ठ्रिजेन रिम्पोछे, ३ कर्मा ठिन्ले रिम्पोछे, ४ साक्या ठ्रिजिन रिम्पोछे, ५ जिग् ड्राल दाग्छेन रिम्पोछे, ६ झ्याड्राल साङ्गे दोर्जे रिम्पोछे, ७ पाओ रिम्पोछे, ८ डिल्गो खेन्चे रिम्पोछे, ९ पेन्नोर रिम्पोछे, १० छोक्लिङ् रिम्पोछे, ११ खेन्छेन् ठ्राङ्गु रिम्पोछे १२ खेन्तिन् रिम्पोछे

