आमा याङ्रीमा साङ्दो पालरी गुम्बा उद्घाटन

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं १ स्थित तार्केघ्याङ गाउँमा निर्माण गरिएको आमा याङ्री साङ्दो पालरी गुम्बा उद्घाटन गरिएको छ । हाल गुम्बा निर्माण गरिएको स्थानमा रहेको स्तुप २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएपछि वार्षिकरुपमा गरिदै आएको नियमित पूजापाठ लगायतमा असर परिरहेको कुरालाई मध्यनजर गर्दै गुम्बा निर्माण गरिएको हो ।

करिब ४ वर्ष अघिदेखि उक्त स्थानमा गुम्बा निर्माण कार्य सुरु भएको थियो । अमेरिकाको न्यूयोर्कमा बस्दै आएकी पेमा लामाको व्यक्तिगत प्रयासमा गुम्बा निर्माण भएको हो । करिब ५ करोड लगानीमा निर्मित गुम्बा मंगलवारदेखि औपचारिकरुपमा उद्घाटन गरि दर्शनका लागि खुल्ला गरिएको छ । स्थानीयहरुले गुम्बा परिसरमा बाटो र पानीको समस्या रहेकाले सरकारले पानी र बाटोको व्यवस्था गरे पर्यटकलाई सहज हुने माग राखेका छन् ।

हिमाली महायानी परम्पराका बौद्धमार्गीहरुका लागि हेलम्बु एक विशेष धार्मिक क्षेत्रका रुपमा परिचित छ । यहाँ गुरु रिन्पोचेको लामो समय ध्यान साधना गरेर बसेको धार्मिक विश्वास रहँदै आएको छ । ह्योल्मो जातीको उद्गमस्थल रहेको हेलम्बुस्थित आमा याङ्ग्रीलाई यहाँको रक्षक देवी मानिन्छ ।

Share

Related posts

Leave a Comment