बौद्ध धर्ममा वज्रयानको अभ्यासः चित्त परिवर्तन र बुद्धत्वको मार्ग

काठमाडौं – बौद्ध धर्मका तीन प्रमुख शाखामध्ये वज्रयान (तन्त्रयान) गूढ साधना, मन्त्र, मुद्राहरू र ध्यानमार्फत बुद्धत्व प्राप्त गर्ने मार्गको रूपमा चिनिन्छ। महायान परम्पराको एक विशेष रूप मानिने वज्रयान मुख्य रूपमा तिब्बत, नेपाल, भुटान, मङ्गोलिया र जापानजस्ता क्षेत्रमा प्रचलित छ। वज्रयान अभ्यासमा गुरु (लामा) को मार्गदर्शन अनिवार्य मानिन्छ। साधकले विशेष मन्त्र जप, ध्यान, मण्डल निर्माण, र तन्त्र साधनाका माध्यमबाट आध्यात्मिक उन्नति गर्न सक्छन्। यस मार्गमा करुणा र प्रज्ञालाई समान रूपमा महत्व दिइन्छ, जसले बुद्धत्व प्राप्तिको प्रक्रियालाई तीव्र बनाउने विश्वास गरिन्छ। नेपालमा वज्रयान परम्परा विशेष गरी नेवार बौद्ध समुदायमा जोगिएको छ, जहाँ…

Read More

गौतम बुद्ध र अंगुलीमालाः एक हृदय परिवर्तनको कथा

श्रावस्ती नजिकैको जंगलमा एक भयानक डाँका अंगुलीमाला बस्ने गर्थे । मानिसहरूको हत्या गरी औंलाका मालाहरू बनाउने उनलाई सबै त्रसित थिए । जब गौतम बुद्धलाई यो विषयमा थाहा पाउनु भयो, त्यसपछि उहाँले अंगुलीमालासँग भेट्ने निर्णय गर्नुभयो । बुद्ध शान्तिपूर्वक जंगलतर्फ जानुभयो । अंगुलीमालाले उहाँलाई देखेर पछ्यायो, तर जति प्रयास गरे पनि बुद्धलाई समाउन सकेन । थाकेर, उसले बुद्धलाई रोकिन भन्यो । बुद्धले सहज रूपमा उत्तर दिनुभयो, “म पहिल्यै रोकिएको छु, अब तिमी पनि रोकिनु पर्छ।“ बुद्धको यस्तो भनाइले अंगुलीमालालाई चकित बनायो । बुद्धले भन्नुभयो, “मैले हिंसाबाट हात झिकिसकेको छु, तर तिमी…

Read More