वर्षावासको तयारीमा बुद्ध परियत्ती उदय विहार

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका ४, डिङ्गरकुवास्थित अन्तराष्ट्रिय बुद्ध परियत्ती उदय विहारमा आउदै गरेको वर्षावास कसरी मनाउने विषयमा छलफल भएको छ । यो वर्षको वर्षावास असार ३१ देखि सुरु भदौ २६ गते समापन हुँदैछ । विहारले यो पटकको वर्षावास कार्यक्रमको संयोजकमा तुलसी तुलसी चोचाङ्गे पुन मगरलाई नियुक्त गरेको छ । उनको संयोजकत्वमा वर्षावास सहजताका साथ सम्पन्न गर्न गठित समितिमा धनिराम राना मगर, हिरा बहादुर बाकावल मगर, शिवा थापा मगर, गंगा पुन मगर, पार्वती दर्लामी मगर, धनमाया गुरूङ्ग सदस्य रहेका छन् । उक्त कार्यसमितिलाई भिक्षु ज्ञानेन्द्रको अध्यक्षतामा बसेको बैठकले चयन गरेको हो…

Read More

दलाई लामाको जन्मदिन मनाउन रोक

गृह मन्त्रालयले तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउन रोक लगाएको छ। तिब्बती समुदायले शनिबार काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ समाज गुम्बामा लामाको जन्मदिन मनाउन लागेको थियो । जन्मोत्सव मनाउन लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालयले मागेको अनुमति जिल्ला प्रशासन कार्यालय काठमाडौंले अस्वीकार गरेको हो । नेपालले एक चीन नीति अख्तियार गर्दै आएको छ। चिनियाँ उच्च अधिकारीसँग गरिने हरेक पटकको भेटवार्तामा नेपाल सबै तहका नेता तथा प्रशासकले दोहो¥याउने शब्द हो, ‘हामी एक चीन नीतिमा हामी प्रतिबद्ध छौं।’ जिल्ला प्रशासनले चीनविरोधी गतिविधि गर्न नदिने भन्दै लामाको जन्मोत्सव मनाउने कार्यक्रम गर्न अनुमति नदिएको हो। प्रमुख…

Read More

अड्चनको विषयमा बोलिन आनी छोइङ डोल्मा

गायिका आनी छोइङ डोल्माले सम्पत्ति शुद्घीकरण गर्न खोजेको भन्ने आरोपको खण्डनमा मुख खोलेकी छन्। उनले प्रेस विज्ञप्ति जारी गरी आफूले सन् १९९८ मा स्थापना गरेको नन्स वेलफेयर फाउन्डेसन (भिक्षुणी सेवा संघ) र आरोग्य फाउन्डेसनले विदेशमा दाताबाट प्राप्त दानदक्षिणा र कन्सर्टमा आर्जन गरेको रकम बैंकमा रोकिएको बताएकी छन् । ‘विगतमा पनि रकम ट्रान्सफर भएर आउँदा भोगचलनमा बाधा भएन’,आनीले भनिन्, ‘बैंकले पनि बाहिरबाट रकम भित्र्याउँदा नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्छ भनेर कहिल्यै जानकारी दिएन ।’ आनीको मेगा बैंकको खातामा गत वर्ष वैशाखमा हङकङमा चिनियाँ मूलका व्यत्तिाmले ट्रान्सफर गरेको १६ लाख ४९ हजार…

Read More

बौद्धमार्गी देशका पर्यटकलाई नेपाल भ्रमणको निम्तो

नेपालका लागि उदीयमान पर्यटन बजारको रुपमा रहेका देशहरु भियतनाम, कम्बोडिया र थाईल्याण्डमा नेपालको पर्यटनको प्रबर्ध्दन गरिएको छ । नेपाल पर्यटन बोर्डले सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स, नेपाल (सोट्टो–नेपाल) सँगको सहकार्यमा नेपाललाई बौद्ध धार्मिक पर्यटनको प्रवेशद्धार र एक आकर्षक पर्यटकीय गन्तब्यको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपाल सेल्स मिसन २०१९ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोर्डकोतर्फबाट सहभागी प्रतिनिधिले नेपाल भ्रमण वर्ष–२०२० को बारेमा चर्चा गर्दै नेपाललाई बौद्ध धार्मिक पर्यटनको प्रमुख गन्तब्यका साथै एक पटक भ्रमण गर्नैपर्ने गन्तब्यको रुपमा प्रस्तुती दिएका थिए । सो अवसरमा बोर्डले तयार गरेको लुम्बिनीको वृत्तचित्र…

Read More

नेपाल बौद्ध संघको पूजा तथा ध्यान शिविर सम्पन्न (फोटो फिचर)

नेपाल बौद्ध संघको आयोजनामा ४ दिने अवलोकेश्वर ञ्युङनी व्रत ध्यान शिविर सम्पन्न भएको छ । संघले ललितपुरको सिद्धि ईन्द्र स्मृति कोष गुम्बा, बालकुमारीमा उक्त पूजा गरेको हो । ४ दिने पूजाकाु सहभागिहरुले शील ग्रहण, मौन व्रत, प्रवचन सुन्ने र छोक पूजा गरेका थिए । सागा दावाका पूण्य अवसरमा आयोजित पूजा तथा ध्यान शिविरमा ८ जिल्लाका १८ गुम्बाका करिब एक सय लामा, आनी तथा उपासक–उपासिकाहरु सहभागि थिए ।  

Read More

स्वयंभूमा सागा–दावा मोन्लाम सम्पन्न, यस्तो छ सागा दावाको महत्व

काठमाण्डौ, असार २ नेपाल बौद्ध महासंघको वार्षिक कार्यक्रम अन्तर्गत मनाउँदै आइएको सागा दावा पर्व यस वर्ष स्वयंभू स्थित मुस्ताङ गोन्पामा चारै हिमाली बौद्ध परम्पराका भिक्षु, श्रामणेर, श्रामणेरिकाहरूको उपस्थितिमा दुई दिने सागा दावा विशेष पूजा कार्यक्रम सम्पन्न भएको छ । प्रणिधान (मोन्लाम) कार्यक्रममा विशेष अतिथिको रूपमा श्रद्धेय सेर्कोङ रिन्पोछे र श्रद्धेय खेन्पो सोनाम टासी रिन्पोछेज्यूलाई आमण्त्रण गरिएको थियो । असार १ र २ गते दुई दिन भएको सागा दावा मोन्लाम पूजा कार्यक्रम स्थलमा बुद्धको अस्तु धातु (रिङ्सेल) पनि श्रद्धालु भक्तजनहरूलाई दर्शनको राखिएको थियो । बौद्धमार्गीहरूले सागा दावा अर्थात् बैशाख महिनालाई पवित्र…

Read More

वर्षभरि नै निरन्तरता दिने गरी बुद्धजयन्तीदेखि कुश्मामा वृक्षारोपण सुरु

वुद्ध जयन्तीको अबसरमा बर्षैभरी निरन्तरता दिने योजना अनुरुप कुश्मा नगरपालिकाको ७ नम्बर वडाको अग्लो पुल टोलबाट कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरिएको छ । एउटा सडकको दुबैतर्फ धुपी वृक्षारोपण गरी सो सडकलाई धुपी मार्ग र अर्को सडकको दुबैतर्फ अशोक वृक्षारोपण गरी सो सडकलाई अशोक मार्ग नामाकरण गरिएको छ । छस् मीटर चौढाइको यी दुई मार्गको लम्बाइ करीब ५०० मीटरको छ । वृक्षारोपणको शुभारम्भ गर्नु अघि मन्तब्य दिने क्रममा कुश्मा नगरपालिकाका मेयर जोशीले वृक्षारोपण गरिएका बिरुवाहरुलाई राम्ररी हुर्काउन यथोचित रेखदेख गर्ने कामलाई उच्च महत्व दिनुपर्ने कुरामा…

Read More

भारतको गुजरातमा सयौ दलित बौद्ध धर्ममा प्रवेश

भारतको गुजरात राज्यस्थित एउटा गाउँमा दलित समुदायका झन्डै तीन सय परिवारले हिन्दु धर्म त्यागेर बौद्ध धर्म अपनाएका छन् । धर्मपरिवर्तन गरेकामध्ये उनामा भएको कुटपिटको घटनाका पीडित पनि छन् । उनाको मोटा समाधियाला गाउँमा सन् २०१६ मा ’गोरक्षक’ का रूपमा आफूलाई चिनाउने मानिसहरूले वाश्रम सरवैया तथा उनका भाइलाई गाई मारेको आरोप लगाउँदै अर्धनग्न पारेर कुटपिट गरेका थिए । उक्त घटनापश्चात् गुजरातका दलितहरू आक्रोशित भए र उनीहरूले कैयौँ स्थानमा विरोधप्रदर्शन गरे । त्यसरी रुष्ट भएका कैयौँ मानिसहरूले आइतवार बौद्ध धर्म अङ्गीकार गरेका छन्। उनाका पीडितहरूले यसअघि नै आफ्ना परिवारले धर्म परिवर्तन गर्न…

Read More

म्यानमारकी चर्चित अभिनेत्री बनिन् भिक्षुणी

म्यानमारकी चर्चित अभिनेत्री तथा गायिका सोई प्याए थाजिन बौद्ध भिक्षुणी बनेकी छिन् । उनी बौद्ध भिक्षुणी बने पछि अहिले म्यानमारका सञ्चारमाध्यमले महत्वका साथ समाचार संप्रेशण गरिरहेका छन् । त्यस्तै उनको भिक्षुणी स्वरुपको तस्वीर सामाजिक सञ्जालमा कैयौले सेयर गर्दै शुभकामना दिएका छन् । म्यानमारको रंगुनमा जन्मिएकी सोए प्याएले ग्रेड नौमा हुँदा देखि नै अभिनय गर्न सुरु गरेकी थिइन् ।  

Read More

रौतहटमा नेपालकै अग्लो बौद्ध स्तुप बनाइने

रौतहटको गैंडाटारस्थित १३२ फिट उचाइको नेपालकै अग्लो बौद्ध स्तुप निर्माण गरिने भएको छ । केही दिन अघि निर्माण गरिने उक्त स्तुपको शिलान्यास गरिएको छ । प्रदेश २ को रौतहट क्षेत्र नं ४ मा संघीय सांसद देवप्रसाद तिमिल्सिनाले स्तुपको शिलान्यास गरेका थिए । सांसद तिमिल्सिनाले स्तुप शिलान्यास गर्दै निर्माण सम्पन्न भएपछि स्तुप गैडाटारकै मात्र नभई रौतहटकै गौरवको विषय बन्ने बताए । स्तुपले गैडाटारलाई पर्यटकीय क्षेत्र बनाउने समेत उनको भनाई थियो । मागी गुम्बा व्यवस्थापन समितिद्वारा अभियानको रुपमा सुरु भएको स्तुपको मात्रै लागत २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । स्तुप…

Read More