प्रदेश नम्बर ३ का सांसद शोभा शाक्य सहित २० जना समूहद्वारा कुसुन्ती नक्खुमा नवनिर्मित मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र, नख्खुमा महान कथिन चीवरदान सम्पन्न भयो । थाईल्याण्डका भिक्षु विमलधम्म महास्थवीरले ३ महिना वर्षावास पूरा गरेको उपलक्ष्यमा उक्त कथिन चीवर दान कार्यक्रम सम्पन्न भएको थियो । उपासक अशोक बज्राचार्यको निवासबाट कथिन चीवर जात्रा गरि विहारमा ल्याइएको थियो । कार्यक्रममा सांसद शोभा शाक्यले स्वागत मन्तव्य दिएकी थिइन् । विहारका अध्यक्ष मंगल कृष्ण महर्जनले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका व्यक्तिहरु समेत यस विहारमा ध्यान भावना गर्न आओस् भन्ने हेतुका साथ ध्यान केन्द्र निर्माण गरेको…
Read MoreAuthor: rinpoche
कसरी बने सिन्धुपाल्चोकका कमल भण्डारी , बौद्ध भिक्षु ङवाङ ?
कहिलेकाँही जिन्दगी अनौठो तरिकाबाट गुज्रदो रहेछ । यस्तै लाग्छ सिन्धुपाल्चोकका कमल भण्डारीलाई भेट्दा । सनातन ब्राह्मण परिवारमा जन्मिएका उनले त्यस्तो बाटो रोजे, सायदै उनको पारिवारिक सदस्य वा उनी निकटका कसैले सोचेको थियो, उनको जीवनले त्यो बाटो तय गर्ला भनेर । सिन्धुलाल्चोकस्थित हालको बारविसे नगरपालिकामा करिब ३ दशक अघि जन्मिएका कमलले जब १९ वर्षको उमेर टेके, उनमा एउटा छुट्टै अद्भुत भावना तरंगितभयो । जुन जीवन बाँचीरहेका थिए वा जुन परिवेशमा हुर्किरहेका थिए, उनलाई लाग्यो ‘त्यो मेरो बाटो होइन’। भित्री मनले दरोसँग भन्यो ‘कमल अब तिमीले हिड्ने बाटो अर्कै हो ।’ त्यसपछि…
Read MoreGREATEST BUDDHA MUSIC of All Time – Buddhism Songs, Mantra for Buddhist, Sound of Buddha
Shah Allah Ditta Buddhist Caves in Pakistan in Need of Preservation
Though overshadowed by other, more prominent Buddhist sites in Pakistan, the 2,500-year-old Buddhist caves of Shah Allah Ditta village attract hundreds of visitors each weekend. The caves themselves and the amenities surrounding them, however, appear to have been neglected by the authorities, and plans for the regulation, conservation, and development of the site have yet to be put into action. The caves, known locally as Sadhu ka Bagh, are located next to the to the shrine and tomb of Shah Allah Ditta, a Mughal-era dervish, in the Margalla Hills—part of…
Read Moreवज्रयानको संरक्षण गर्न आवश्यक : राणा रिम्पोचे
विद्याधर आचार्य महायोगी श्रीधर राणा रिम्पोचेले हजारौ वर्षदेखि प्रचलनमा रहेको वज्रयान परम्पराको आधारमा बुद्धधर्मका केही आधारभुत विशेषताका बारेमा चर्चा गरेका छन् । उनले भारतवर्षमा मुसलमानले बौद्ध धर्म र संस्कृतिमाथि आक्रमण गर्न थाले पछि बौद्ध विद्वानहरुले थुप्रै बौद्ध ग्रन्थ नेपाल ल्याएको पनि बताए । त्यतिबेला विकासको उत्सर्गमा पुगेको काठमाडौँ उपत्यकाका नेवारहरुले अवलम्वन गर्ने बुद्धधर्म अहिले घट्दै कर्मकाण्डमा सिमित हुँदै गएको प्रति राणा रिम्पोचेले दुख व्यक्त गरे ।
Read Moreचारुमती विहारमा कथिन चीवर दान सम्पन्न
चाबहिलस्थित चारुमती स्तुप धन्दो चैत्य परिसरमा स्थित चारुमती बुद्ध विहारमा भिक्षु तपस्सी धम्मले ३ महिनासम्म वर्षावास पुरा गरेको अवसरमा कथिन चीवर दान उत्सव सम्पन्न भएको छ । कथिन चीवर दान कार्यक्रममा भिक्षुभिक्षुणी, उपासक उपासिक लगायतको उपस्थिति रहेको थियो । चारुमती स्तुप परिक्रमा गरी सुरुवात भएको कार्यक्रममा श्रद्धेय बोधिसेन महास्थवीरले पंचशील प्रदान गरेका थिए । अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कौडण्यले ऐतिहासिक महत्वले भरिएको चारुमती स्तुप सम्राट अशोक पुत्री चारुमतीले बनाउन लगाएको बताए । साथै स्तुपमा लिच्छवीकालिन लिपि रहेको समेत उनले बताए । अनागरिका गुरुमाहरुबाट संयुक्तरुपमा भिक्षु महासंघलाई कथिन चीवर…
Read More