सय हात्तीमा स्टीकर टाँसेर भनियो ‘बुद्ध वाज बर्न इन नेपाल’

कही समययता बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश बोकेर देशविदेशमा विविध कार्यक्रम चलाउँदै आएका चर्चित गायक धिरज राईले शनिबार चितवनको सौराहामा बेग्लै किशिमको कार्यक्रम गरे । उनले सौराहामा रहेका करिब १०० हात्तीमा Buddha was born in Nepal लेखेर त्यहाँ आएका पर्यटकलाई गौतम बुद्धको जन्मस्थल नेपाल हो भन्ने जानकारी दिए । नेपाल घुम्न आउने पर्यटक पाहुना मात्रै नभएर जुन देशबाट आएका हुन् ती देशको सांस्कृतिक दुत पनि हुन् भन्दै राईले पर्यटकलाई बुद्धको जन्मस्थलको वास्तविकता थाहा भए हाल कतिपय मुलुकमा बुद्धको जन्मस्थल सम्बन्धीको भ्रम हटेर जाने दावी गरे । गायक राई लामो…

Read More

बुद्ध मूर्ति तोडफोड गर्नेलाई कारवाही गर्न पर्यटनमन्त्रीको माग

रुपन्देहीको तिलोत्तमामा बुद्ध मूर्ति तोडफोड गरिएको घटनाप्रति प्रदेश सरकारले चासो देखाएको छ । प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले जिल्लाका सुरक्षा निकाय र प्रशासनका प्रमुखलाई बोलाएर बुद्ध मूर्ति तोडफोडमा संलग्नलाई यथाशीघ्र कानूनी दायरामा ल्याई कारवाही गर्न निर्देशन दिएका हुन् । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक हृदय थापा, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरिक्षक बसन्त बोगटी र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख नविन अधिकारीलाई मन्त्रालयमा बोलाएर उनले बुद्ध मूर्ति तोडफोडको घटनालाई गम्भिर रुपमा लिएर छिटो कानूनी दायरामा ल्याउन आग्रह…

Read More

बुद्ध मुर्ति तोडफोडको बौद्धसम्बन्धी विभिन्न संघसंगठनको भर्त्सना

रुपेन्देहीको तिलोत्तमा नगरपालिका ६ स्थित बुटवल बेलहिया सडकखण्डको ६ लेन सडकको डिभाइडरमा राखिएका बुद्ध मुर्ति अज्ञात समूहद्वारा तोडफोड गरिएपछि अहिले यो विषयको देशव्यापी निन्दा भइरहेको छ । मुर्ति तोडफोड भएपछि अहिले बौद्ध धर्मसम्बन्धी विभिन्न संघसंस्थाले भर्त्सना गरेका छन् । नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य कर्मा रिन्छेनले विज्ञप्ति जारी गर्दै विश्व शान्तिको प्रतिक बुद्धको मुर्तिलाई तोडफोड गरी मुलुकमा अशान्ति निम्त्याउने र धार्मिक सद्भाव खलबलाउने कुकार्यले कसैको हित नहुने बताएका छन् । उनले यस्तो कार्यप्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको भन्दै मुर्ति तोडफोडमा संलग्नलाई अलिवम्व कारवाहीको दायरामा ल्याउन माग गरेका छन् । अखिल…

Read More

रुपन्देहीमा कसले तोडफोड गर्यो बुद्ध मुर्ति ?

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखेका बुद्ध मूर्तिहरू तोडफोड भएको छ । सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयाँमिलसम्म रहेका ५ वटा बुद्धमूर्तिमा तोडफोड भएको हो । तिलोत्तमा नगरपालिकाका मेयरका बासुदेव घिमिरेका अनुसार बुधबार साँझसम्म साविक अवस्थामा रहेका मूर्ति बिहान तोडफोड भएको हो । मूर्ति कसले किन तोडेको हो भन्ने विषयमा अहिलेसम्म पत्ता नलागेको पनि मेयर घिमिरेले बताउनुभयो । अहिले घटनास्थलमा प्रहरी टोलीले अध्यययन सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। लुम्बिनीको झल्को दिन भन्दै गत आर्थिक वर्षमा तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने राजमार्गमा २२ वटा बुद्ध मुर्ति स्थापना गरेको थियो।

Read More

Yoga and meditation typically go hand-in-hand and have been around for thousands of years. They have been used as an alternative form of exercise to keep the mind and body healthy and happy. Practicing yoga improves balance, endurance, flexibility, and strength, while meditation helps keep the mind sharp, relieves stress and anxiety, and can strengthen your immune system. Following a few simple poses, breathing techniques, and positive coping skills can help retirees manage stress, improve mental clarity, manage chronic conditions, and promote a healthier lifestyle. With so many health benefits…

Read More

चारुमती विहारमा धर्मचक्र प्रवर्तन दिवसको स्मरण

गुरुपूर्णिको दिन बौद्धमार्गीले मनाउँदै आएको धर्मचक्रम प्रवर्तन दिवस काठमाडौँको चावहिल स्थित चारुमती विहारमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको असरमा विहारमा बुद्धपूजा, शील प्रदान र धर्मचक्र प्रवर्तन सुत्र वाचन गरिएको चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मले बताउ । सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरिसके पछि पहिलोपटक पाँच जना ब्राह्मणहरुलाई उपदेश दिएको स्मरणमा बौद्ध धर्मावलम्बीले धर्मचक्र प्रवर्तन दिवस मनाउँदै आएका छन् ।

Read More

बुद्धले पहिलोपटक उपदेश दिएको दिनमा स्मरणमा मनाइयो धर्मचक्र प्रवर्तन दिवस

गुरुपूर्णिमाको अवसरमा बौद्ध धर्मावलम्बीहरुले धर्मचक्र प्रवर्तन दिवस मनाएका छन् । बुद्धत्व प्राप्त गरिसकेपछि भगवान बुद्धले आजकै दिन पहिलोपटक पाँचजना ब्राह्मणलाई धर्म उपदेश दिएका थिए । सारनाथको मृगमदासन वनमा बुद्धले कोन्डय, भप, भदिय, महानाम र असजी ब्राह्मणहरुलाई चतुर्आर्य सत्यसम्बन्धी उपदेश दिएका थिए । आजको दिन विभिन्न बौद्ध देशहरुमा बुद्धपूजा गरी धर्म उपदेश दिने परम्परा पनि रहेको छ । नेपालका विभिन्न बौद्ध विहारहरुमा समेत बौद्ध पाठसहित धर्मचक्र प्रवर्तन दिवस मनाइएको छ ।

Read More

न्युयोर्कमा ४ दिने वज्रगुरु मन्त्र जप सम्पन्न

शेर्पा किदुग अमेरिकाद्वारा न्युयोर्क स्थित आफ्नै भवनमा आयोजित विश्व शान्ति तथा मानव समाजको सुख र समृद्धि र पर्यावरणीय स्थिरताको लागि आयोजित चार दिने वज्रगुरु मन्त्र जप आइतबार सम्पन्न भएको छ । वज्रगुरु मन्त्र जप महागुरु पद्मसंभवको पुण्यतिथि टेल्दा छेचु (पाँचौं महिना)को दशमीको पावन अवसरमा आयोजना गरिएको हो । उक्त ऐतिहासिक कार्यक्रममा प्रमुख आतिथ्य ग्रहण गर्न भुटानबाट परमपूज्य गुरु नाम्खी ङिङ्पो रिन्पोछे आउनु भएको थियो । वज्रगुरु मन्त्र गुरु पद्मसंभवको हृदयमन्त्र हो । नेपाल, भारत, तिब्बत, भुटान, मंगोलिया लगायतका हिमाली मुलुकहरुमा फैलिएको वज्रयान परम्पराको संस्थापक गुरु पद्मसंभवको चमत्कारिक आगमनको बारेमा भगवान…

Read More

न्यूयोर्कमा सुरु भयो वज्रगुरु मन्त्र जप

शेर्पा किदुग अमेरिकाले विश्व शान्ति तथा मानव समाजको सुख र समृद्धिको लागि पहिलो पटक संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना गरेको वज्रगुरु मन्त्र जप सुरु भएको छ । किदुगको आफ्नै गुम्बामा ११ जुलाईदेखि वज्रगुरु मन्त्र जप सुरु भएको हो । अमेरिकामै पहिलोपटक आयोजना भएको उक्त ऐतिहासिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा भुटानबाट धर्म गुरु नाम्खी ङिङपो रिन्पोछे उपस्थित हुनु भएको छ । गुरु पद्मसंभवको पुण्य तिथि टेल्दा छेचु (पाचौं महिना) दशमीको अवसर पारेर विहिबारदेखि सुरु भएको बज्रगुरु जप आइतबारसम्म जारी रहनेछ । कार्यक्रममा दैनिक ५० जना लामा गुरुहरुको साथमा सयौं उपासक उपासिकाले…

Read More