रुपन्देहीमा कसले तोडफोड गर्यो बुद्ध मुर्ति ?

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखेका बुद्ध मूर्तिहरू तोडफोड भएको छ । सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयाँमिलसम्म रहेका ५ वटा बुद्धमूर्तिमा तोडफोड भएको हो ।

तिलोत्तमा नगरपालिकाका मेयरका बासुदेव घिमिरेका अनुसार बुधबार साँझसम्म साविक अवस्थामा रहेका मूर्ति बिहान तोडफोड भएको हो । मूर्ति कसले किन तोडेको हो भन्ने विषयमा अहिलेसम्म पत्ता नलागेको पनि मेयर घिमिरेले बताउनुभयो ।

अहिले घटनास्थलमा प्रहरी टोलीले अध्यययन सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। लुम्बिनीको झल्को दिन भन्दै गत आर्थिक वर्षमा तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने राजमार्गमा २२ वटा बुद्ध मुर्ति स्थापना गरेको थियो।

Share

Related posts

Leave a Comment