बुद्ध वंश संहारको कथा मुर्तिमा

गौतम बुद्धको वंश नाश भएको स्थान सरगहवामा आयोजना गरिएको मूर्तिकला कार्यशालामा देशभरबाट छानिएका मूर्तिकारहरुले गौतम बुद्धको वंश विनाशको कथालाई मूर्तिमा उतारेका छन् । ईसापूर्व चौथो शताब्दीमा भएको शाक्य वंश संहारको कथालाई मूर्तिमा उतार्दै बुद्धको जन्मभूमि नेपालबाट विश्वलाई शान्तिको विकल्प नभएको सन्देश दिनेगरी मूर्तिहरु तयार गरिएको झापाका मूर्तिकार गंगाधर सारुले बताए । बुद्ध, शान्ति र युद्ध अथवा शाक्य राज्यको पतनको झल्को मूर्तिमार्फत दिएर द्वन्द्वले विश्वमा निम्त्याईरहेको नरसंहारलाई रोक्न पनि ती मूर्तिहरुले शान्तिको विकल्प नभएको सन्देश दिने मुर्तिकारको भनाइ छ ।

रुपन्देहीबाट आएका अर्का मूर्तिकार गोविन्द चौधरीले मूर्तिको माध्यमबाट आफूहरुले बुद्धको शान्तिको सन्देशलाई विश्वभर फैल्याउने काम गरेको उल्लेख गरे । युवाहरुलाई मूर्तिकला सिक्न र त्यसबाट आफ्नो नाम र दाम दुवै आर्जन गर्न पनि उनले आह्वान गरे ।

गत पुस १३ गतेबाट शुरु भएको सो राष्ट्रिय मूर्तिकला कार्यशाला माघ ८ गते सम्पन्न भएको हो । कपिलवस्तुको सगरहवामा कौशल राज्यका राजा विरूढकले ७७ हजार शाक्यहरूको सामूहिक नरसंहार गरेका थिए । तिलौराकोटदेखि नजिकै रहेको क्षेत्रमा भएको घटना विभिन्न बौद्ध साहित्यमा उल्लेख भएको छ ।

Share

Related posts

Leave a Comment