सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका १, थाले ओख्रेनीमा १६ औँ बज्रगुरु मन्त्र जप सुरु भएको छ । परम पुजनीय खेन्चे याङसी रिन्पोछे ज्युबाट बज्रगुरु जपको उद्घाटन र लुङ कार्यक्रम भएको छ । बज्रगुरु जप मन्त्र कार्यक्रम खेन्पो आचार्य कर्मा रिञ्जिङ शेर्पाको मुख्य सक्रियतामा भइरहेको हो । कार्यक्रमको आयोजक सिन्धुपाल्चोक शेर्पा समाज सेवा र सह आयोजक पेमी ङयुगु छोलिङ गोन्पा रहेको छ । बिहिवारदेखि सुरु भएको बज्रगुरु जप कार्यक्रमको तालिका यस्तो रहेको छ ।
कार्यक्रमको तालिका :
वैशाख ७ गते : परम पुजनीयय खेन्चे याङसी रिन्पोछे ज्युबाट बज्रगुरु कार्यक्रम उद्घाटन तथा बज्रगुरुको लुङ कार्यक्रम
वैशाख ८ गते देखी ११ गतेसम्म : श्रद्धेय ङवाङ तेन्जी रिन्पोछे ज्यूको नेतृत्वमा बज्रगुरु पूजा
वैशाख १२ गते देखी १३ गतेसम्म : परम पुजनिय ठुल्सीक याङसी रिन्पोछे ज्यूको नेतृत्वमा बज्रगुरु पूजा
२०८० वैशाख १४ गते देखी १५ गतेसम्म : श्रद्धेय छयोजे लामा वाइच्छुक रिन्पोछेज्यूको नेतृत्वमा बज्रगुरु पूजा
२०८० वैशाख १७ गते : परम पुजनीय योङगे मिङग्युर रिन्पोछे ज्यूबाट वाङ अभिषेक तथा समापन कार्यक्रम ।
कार्यक्रम अवधिभर श्रद्धेय सेडडक रिन्पोछेज्यूको उपस्थिति रहनेछ ।
बज्र गुरु जपमा आउन र जानको लागी बसको साथै खाना बस्नको व्यवस्था आयोजकले गरेको छ ।
मन्त्र जपमा सहभागि हुन चाहनेले यो नंवरमा सम्पर्क गर्न सक्नु हुनेछ
९८४११४२०९९ आङ पेम्बा शेर्पा ्र बस छुट्ने स्थानः शेर्पा सेवा केन्द्र, बौद्ध


Great insights! What is your take on sourcing for peptide purity?