म्यानमारको सैनिक सरकारले बौद्ध नयाँ वर्षको अवसर पारेर ३ हजार भन्दा बढी कैदी बन्दीलाई रिहा गर्ने घोषणा गरेको छ । सैनिक सरकारका प्रमुख मिन आङ ह्लाइङले ३ हजार १५ जना कैदी बन्दीलाई माफी दिने घोषणा गरेका हुन् । सरकारले रिहा गर्ने सूचीमा पछिल्लो २ वर्षमा पक्राउ गरी जेलमा राखिएका आङ सान सुकीको नेसनल डिमोक्रेसी (एनएलडी) पार्टी, प्रजातन्त्र पक्षधर अन्य विपक्षी दलहरूका नेता तथा कार्यकर्ता र सर्वसाधारण रहेका छन् ।
सेनाले २ वर्ष भन्दा अघि भएको ‘कू’ पछि हजारौंलाई पक्राउ गरेको थियो । सन् २०२१ को फेब्रुअरीमा सेनाले आङ सान सुकीको सरकारलाई अपदस्थ गरेको थियो । सुकी अपदस्थ भएयता २१ हजार भन्दा बढीलाई सैनिक सरकारले पक्राउ गरिसकेको छ ।

