ताप्लेजुङको सुकेटारमा चौथौ वज्र गुरु जप सुरु भएको छ । वज्र गुरु जप फागुन १५ गतेदेखी सुरु भएको हो । वज्र गुरु जपको पहिलो दिन क्याब्जे लामा जोपा रिन्पोछे ज्युले गुरु रिन्पोछे, डोल्मा, चेरेन्सिक (अवलोकितेस्वर) मन्त्रको लुङ प्रदान गर्नु भएको थियो ।

महायानी बौद्ध धर्मावलम्वीले विश्व शान्ति र सम्पुर्ण प्राणीको हितार्थ वज्र गुरु जप पूजा गर्ने परम्परा रहेको छ ।
वज्र गुरु जप फागुन १७ गते समापन हुनेछ । जप कार्यक्रममा सहभागी भै वाङ प्रदान गर्न जोपा रिन्पोछे काठमाडौबाट आउनु भएको हो । वज्रगुरु जप मुल आयोजक समितिलाई काठमाडौको वुमकुलुङ शेर्पा किदुक फाउण्डेसनले सहजीकरण गरेको छ ।



