बुद्ध जयन्तीमा नेपाल बौद्ध संघले गर्दैछ यस्तो कार्यक्रम

जेठ २ गते बुद्ध जयन्तीको अवसर पारेर नेपाल बौद्ध संघले विविध कार्यक्रम गर्ने भएको छ । संघले २५६६ औं बुद्धजयन्तीमा काठमाडौँको बौद्धस्थित तारागाउँमा गर्ने कार्यक्रममा बुद्ध बन्दना, आर्य अष्ट मंगल पूजा, धर्मदेसना, ध्यान लगायत आयोजना हुँदैछ । यस्तै कार्यक्रममा शान्तिको कामना गर्दै बत्ति बाल्ने, पून्यामोदन गर्ने र शान्ति र्याली गर्दै बौद्ध स्तुप परिक्रमा पनि गरिदैछ ।

कार्यक्रम दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म जारी रहने नेपाल बौद्ध संघका कार्यकारी निर्देशक सर्विन्द्र ठाकुरले बताए । कार्यक्रममा सहभागि भई बुद्धको शिक्षा र ज्ञानलाई नजिकबाट बुझ्न समेत ठाकुरले आग्रह गरे । कार्यक्रममा धर्मगुरु, गुरुमा सहित उपासक उपासिका तथा बौद्ध धर्मप्रति रुची राख्नेहरुको उपस्थिति रहनेछ ।

Share

Related posts

Leave a Comment