संगीतको माध्यमबाट जनमानसमा बौद्ध धर्मप्रति चेतना जगाउँदै आएको नेपाल राष्ट्रिय ज्ञानमाला समितिको २४ औ वार्षिक साधारण सभा केही दिन अघि काठमाडौँ, चोभारको सुमंगल कीर्ति विहार चोभारमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि शताव्दी पुरुष सत्यमोहन जोशीका साथै भिक्षु कौडण्य, भिक्षु सोभित, भिक्षु तपसीधम्म, भिक्षुणी अनोजा, पूर्वंमन्त्री बुद्धिराज वज्राचार्य, प्रा सुवर्ण शाक्य आदिले बौद्धधर्मका महत्व र आवश्यकताको बारेमा चर्चा गरे । उपस्थित व्यक्तित्वहरुद्वारा बौद्ध धर्मको प्रचारप्रसारमा ज्ञानमाला भजन समूहले निकै ठूलो योगदान पुर्याएको भन्दै समूहको प्रशंसा गरियो ।
कार्यक्रममा ज्ञानमाला संगीतको विकासमा योगदान दिनुहुने प्रा. सुवर्ण शाक्य, महारत्न वज्राचार्य, किरण कुमार जोशी, शान्त कुमार चित्रकार तथा यचु शाक्यलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा समितिका केन्द्रीय कमिटी तथा क्षेत्रीय कमिटीहरले आआफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरे । केन्द्रीय समितिका तर्फबाट महासचिव इन्द्रमुनी शाक्यले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष सप्तराज शाक्यले आर्थिक प्रतिवेदन बुझाए ।

