वसुबन्धु चौथो–पाँचौं शताब्दीका एक महान भारतीय बौद्ध दार्शनिक, भिक्षु र तर्कशास्त्री थिए । उनी बौद्ध दर्शनको इतिहासमा अत्यन्त प्रभावशाली नाम मानिन्छन् । सुरुमा उनी सर्वास्तिवाद परम्परामा प्रशिक्षित थिए र बौद्ध अभिधर्म दर्शनमा गहिरो अध्ययन गरे । उनले लेखेको प्रसिद्ध ग्रन्थ अभिधर्मकोश बौद्ध दर्शनको आधारभूत ग्रन्थहरूमध्ये एक मानिन्छ । यसले बौद्ध सिद्धान्तलाई व्यवस्थित रूपमा व्याख्या गरेको छ।
वसुबन्धुको जीवनमा ठूलो परिवर्तन तब आयो जब उनका दाजु असङ्गले उनलाई महायान बौद्ध धर्मतर्फ आकर्षित गरे । त्यसपछि वसुबन्धु योगाचार दर्शनका प्रमुख आचार्य बने । यो दर्शनलाई “चित्तमात्र” वा “विज्ञानमात्र” सिद्धान्त पनि भनिन्छ । यसमा बाहिरी संसारभन्दा चेतना नै वास्तविक अनुभवको आधार हो भन्ने तर्क हुन्छ ।
उनका प्रमुख महायान ग्रन्थहरू विंशतिकाकारिका र त्रिंशिकाकारिका हुन् । यी ग्रन्थहरूले मानव चेतना, भ्रम, सपना र वास्तविकताको सम्बन्धलाई गहिरो रूपमा विश्लेषण गर्छन् । उनका विचारहरूले पछि भारत, तिब्बत, चीन, कोरिया र जापानसम्म बौद्ध दर्शनमा ठूलो प्रभाव पारे ।
वसुबन्धु केवल दार्शनिक मात्र नभई तर्कशास्त्री पनि थिए । उनले बौद्ध तर्कशास्त्रलाई व्यवस्थित बनाउन महत्त्वपूर्ण योगदान दिएका कारण पछि दिग्नाग र धर्मकीर्तिजस्ता विद्वानहरूलाई प्रेरित ग¥यो ।
परम्परागत कथन अनुसार वसुबन्धुले आफ्नो जीवनको अन्त्यसम्म शिक्षा, ध्यान र लेखनमार्फत बौद्ध धर्मको विकासमा योगदान दि ए। उनलाई महायान बौद्ध परम्परामा अत्यन्त सम्मानका साथ सम्झिन्छ । आज पनि उनका विचारहरू बौद्ध अध्ययन, दर्शन र ध्यान अभ्यासमा महत्वपूर्ण मानिन्छन् ।


