साक्य परम्पराः हिमाली बौद्ध धर्मको प्राचीन ज्ञान अभ्यास

हिमाली बौद्ध धर्मका प्रमुख चार परम्परामध्ये एक मानिने क्बपथब परम्पराले आफ्नो विशिष्ट दार्शनिक अध्ययन, ध्यान साधना र गुरु–शिष्य परम्पराका कारण विशेष स्थान ओगटेको छ। यसको स्थापना ११औँ शताब्दीमा कोन कोनचोक ग्याल्पोद्वारा गरिएको मानिन्छ। “साक्य” शब्दको अर्थ “फुस्रो माटो” हो, जुन तिब्बतमा स्थापित पहिलो साक्य गुम्बा रहेको स्थानको माटोको रङसँग सम्बन्धित छ ।

साक्य परम्परा विशेष रूपमा बुद्धका शिक्षाको अध्ययन, तर्कशास्त्र, ध्यान र तान्त्रिक साधनाको सन्तुलित अभ्यासका लागि परिचित छ । यस परम्परामा आध्यात्मिक शिक्षालाई पुस्तान्तरण गर्ने कार्य गुरु–शिष्य सम्बन्धमार्फत गरिन्छ । साक्य परम्पराको प्रमुख शिक्षामध्ये “लाम्द्रे” अर्थात् “मार्ग र फल” शिक्षा अत्यन्त महत्वपूर्ण मानिन्छ, जसले साधकलाई बुद्धत्व प्राप्तिको मार्गबारे विस्तृत निर्देशन प्रदान गर्छ ।

इतिहासमा साक्य परम्पराले तिब्बतको धार्मिक तथा सामाजिक जीवनमा महत्वपूर्ण भूमिका खेलेको थियो । १३औँ शताब्दीमा साक्य नेतृत्वले तिब्बतको प्रशासनिक व्यवस्थामा समेत प्रभाव जमाएको इतिहास पाइन्छ । आज पनि यो परम्परा तिब्बत, नेपाल, भारत, भुटान तथा विश्वका विभिन्न मुलुकमा फैलिएको छ ।

नेपालका हिमाली तथा उपत्यकाका विभिन्न गुम्बाहरूमा साक्य परम्पराका धार्मिक कार्यक्रम, ध्यान शिविर र बौद्ध अध्ययनका गतिविधि सञ्चालन भइरहेका छन् । बौद्ध समुदायले करुणा, प्रज्ञा र नैतिक जीवनशैलीको विकासमा यस परम्पराको योगदान महत्वपूर्ण रहेको बताउने गरेका छन् ।

आधुनिक समयमा पनि साक्य परम्पराले प्राचीन बौद्ध ज्ञानलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पु¥याउने प्रयास जारी राखेको छ । यसले आध्यात्मिक साधना, शिक्षा र सांस्कृतिक सम्पदाको संरक्षणमार्फत हिमाली बौद्ध सभ्यतालाई समृद्ध बनाइरहेको छ ।

Share

Related posts

Leave a Comment