लुम्बिनीमा भइरहेको रामायण वाचन कार्यक्रमप्रति बौद्ध समुदायले चर्को विरोध जनाइरहेको छ । यसै सन्दर्भमा बिहिवार साँझ जुममार्फत् नेपाल, थाइल्याण्ड, अमेरिका, बेलायत, इजरायल लगातका विभिन्न मुलुकमा रहेका बौद्धमार्गीहरुले अन्तरक्रियात्मक कार्यक्रम गर्दै विरोध र असन्तुष्टि जनाए । अन्तरक्रिया कार्यक्रम लुम्बिनी परिसरभित्र मोरारी बापुको रामकथा वाचन, बौद्ध सम्पदामाथिको अतिक्रमण विषयमा भएको थियो ।
कार्यक्रममा डा. केशवमान शाक्य, विवेक शर्मा, बसन्त महर्जन, टि.बि. पुन, कश्यप भन्ते लगायतका वक्ताहरु सहभागि थिए । कार्यक्रमका वक्ताहरुले हिन्दु लगायतका अन्य समुदायबाट हुने यस्ता किशिमका गतिविधिले कालान्तारमा बौद्ध धर्म र संस्कृति अतिक्रमणको चपेटामा पर्ने उल्लेख गरेका थिए । जुममार्फत् भएको कार्यक्रमको एन.बि. टीभीले प्रत्यक्ष प्रशारण गरेको थियो । उक्त कार्यक्रम बौद्धमार्गी समुदाय र सिन्जाखबरको आयोजनामा भएको हो ।

