बुद्ध जन्मभूमि लुम्बिनी लयमा फर्किदैं

कोरोना महामारीले थला परेको बुद्ध जन्मभूमि लुम्बिनीमा क्रमशः लयमा फर्कँदै छ । आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बनेको लुम्बिनीमा अहिले आन्तरिक पर्यटकसँगै भारत तथा तेस्रो मुलुकका पर्यटकहरु बिस्तारै बढ्न थालेका छन् । मायादेवी मन्दिर अवलोकनका पछिल्लो केही दिनयताको तथ्यांक हेर्दा पयर्टकको संख्या दिनहुँ बढिरहेको देखिन्छ । यहाँ आउने आन्तरिकपछि धेरै पर्यटक भारतीय छन् । लुम्बिनी विकास कोषका कर्मचारीका अनुसार बुद्ध पूर्णिमा नजिक आउन लागेकाले पनि पर्यटकको संख्या र लुम्बिनीमा चहलपहल बढेको हो ।

Share

Related posts

Leave a Comment