बौद्ध दर्शनका विद्वान र धर्म गुरु खेन्पो साङगे राङजुङ रिम्पोचेद्धारा न्युयोर्कमा बौद्ध दर्शन सम्बन्धी महत्वपुर्ण ज्ञान र अभिषेक प्रदान गर्नु भएको छ । शेर्पा किदुग अमेरिकाद्वारा डिसेम्बर ८ देखि किदुगकै गुम्बामा आयोजना गरिएको उक्त कार्यक्रममा रिम्पोचेले ङिङमा सम्प्रदायका महानायक लोङछेन जिग्मे लिङ्पाले प्रतिपदान गर्नु भएको निधि अन्र्तगतको महत्वपुर्ण ग्रन्थ “लोङछेन ङिङथिक ङोन्डोको लुङ” (आगम) र “गुरु रिम्पोचेको रत्न थोठेङचलको” अभिषेक प्रदान गर्नु भएको थियो।
न्युयोर्क र आसपासका बौद्धमार्गीहरुको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा रिम्पोचेले बुद्ध, बुद्धत्व र बौद्ध दर्शनको महत्वपूर्ण ज्ञानको बारेमा नेपाली भाषामा शिक्षा दिनु भएको छ । बौद्ध धर्म गुरुहरु डा युला शेर्पा, खेन्पो पेमा छिरिङ, उर्गेन टुल्कु, लोपेन ग्युर्मे छोडक लगायत लामा गुरुहरुले पनि अभिषेक् ग्रहण गर्नु भएको थियो। उपस्थिति रहेको कार्यक्रममा रिम्पोचेलाई शेर्पा किदुग, श्यार्वी रिग्श्युङ् लोप्टा र श्यामा किदुगले मण्डाल कुसुम चढाईएको थियो।
परम पूज्य धर्म गुरुहरु खेन्छे रिन्पोक्षे, दो डुप्छेन् रिन्पोक्षे, ठुल्सिक रिन्पोचे, दुज्योम् रिन्पोछे, च्यटल् रिन्पोक्षे र पेनोर रिन्पोचे लगायत बिभिन्न गुरुहरुबाट बौद्ध दर्शन सम्बन्धी शिक्षा लिनु भएका खेन्पो साङगे राङजुङ रिम्पोचेले सन १९९४ मा परम पुज्यानिय पेनोर रिन्पोचेको पवन वाहुलीबाट बौद्ध दर्शनमा बिद्यावारिधिको उपाधि प्राप्त गर्नु भएको थियो। विस्वकै प्रख्यात भारतको मैसुरमा अवस्थित नाम्ड्रोलिङ बौद्ध विश्व बिधालयबाट अध्ययन पुरा गरी भारत र नेपालका बिभिन्न गुम्बाहरुमा प्राध्यापकको रुपमा कार्य गरी सक्नु भएका रिन्पोचेले नेपालको फार्पिङमा सन १९९५ मा स्थापना गर्नु भएको ङाग्युर ङिङमा पलयुल् उर्गेन दोर्जे छोलिङ गुम्बामा हाल करीब ८ सय जना विद्यार्थीहरुले बौद्ध दर्शन सम्बन्धी निशुल्क अध्य्यन गरिरहेका छन भने धेरैले बौद्ध दर्शन सम्बन्धी उच्च अध्य्यन पुरा गरिसकेका छन।
नेपालको माध्यमिक शिक्षा परीक्षाको पाठ्यक्रमलाई समेत सामेल गराई अध्ययन अध्यपन गराइने उक्त गुम्बाबाट गत दुई बर्षको अवधिमा करीब २८ जना बिद्यार्थीहरुले माध्यमिक शिक्षा परीक्षा (एसईई) उतीर्ण गरी सकेका छन भने निकट भबिस्यमै उच्च माध्यमिक तहका पढाई पनि शुरु हुँदैछ।
नेपालमा रहेको बिभिन्न बौद्ध धर्मसँग सम्बन्धित संघ संस्थाहरु सेवा गर्दै आउनु भएका रिन्पोचेले नेपालका अन्य धेरै गुम्बाहरुमा पनि प्रमुख लामाका रुपमा सेवा र सहयोग गर्दै आउनु भएको छ।
रिन्पोचेले नेपाल बाहिरका धेरै देशहरुमा धर्म केन्द्र स्थापना गरी बौद्ध दर्शनका ज्ञानलाई प्रचार प्रसार गर्दै आउनु भएको छ।

