बुद्ध जन्मस्थल लुम्बिनीमा बौद्ध विश्वशान्ति पुजा सम्पन्न भएको छ ।
विश्व शान्ति र सम्पूर्ण प्राणीको हितको कामना गर्ने उद्देश्यका साथ बौद्ध जागरण केन्द्रले लुम्बिनीस्थित क्यानाडा ठाङ्गु बज्र विद्या गुम्बा र मायादेवी परिसरमा विश्वशान्ति पुजा आयोजना गरेको थियो ।
मंसिर १८, १९ र २० गतेसम्म भएको पूजा परमपुज्यनीय गुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोर्छे र आचार्य सर्बोजीत गोम्जा लामाको सानिध्यमा भएको थियो
पूजामा विभिन्न भगवानहरूको प्रार्थना, सत्व प्राणीहरूको क्लेष, दुःख हटाउन र चित्त शान्ति गर्न मन्त्रोच्चारण भएको थियो ।
पुजामा काठमाडौं, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, काभ्रे लगायतका क्षेत्रबाट लामा, भिक्षु, उपासक–उपासिकाहरू गरी ५ सय भन्दा बढी सहभागी भएका थिए ।
केन्द्रको नेतृत्वमा बार्षिक रूपमा बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वशान्ति पुजा गरिदै आएको छ ।

