५ मंसिर, लुम्बिनी: बौद्ध धर्म तथा संस्कृतिसँग सम्बन्धित ऐतिहासिक र पुरातात्त्विक सम्पदाको वास्तविक अवस्था बुझ्ने उद्देश्यले लुम्बिनी विकास कोषकf] उपाध्यक्ष आनी छोइङ डोल्मा र उनको टोलीले लुम्बिनी क्षेत्रका विभिन्न बौद्ध सम्पदा स्थलहरूको अवलोकन गरेका छन् । अवलोकनका क्रममा टोलीले ऐतिहासिक स्थलहरूको वर्तमान अवस्था, संरक्षणको आवश्यकता र स्थानीयस्तरमा देखिएका समस्याबारे जानकारी लिने प्रयास गरेको छ । टोलीको भ्रमणको मुख्य उद्देश्य बौद्ध सम्पदाको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्वलाई नजिकबाट बुझ्नुका साथै तिनको संरक्षण र व्यवस्थापनमा देखिएका चुनौती पहिचान गर्नु रहेको छ । लुम्बिनी केवल गौतम बुद्धको जन्मस्थल मात्र नभई विश्वभरका बौद्ध धर्मावलम्बीका…
Read MoreDay: November 21, 2026
लुम्बिनीमा सातदिने गोप्य तारा साधना सम्पन्न, अब चारदिने बौद्ध तीर्थयात्रा हुँदै
५ मंसिर, लुम्बिनी: बुद्ध जन्मस्थल लुम्बिनीमा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय बौद्ध ध्यान तथा साधना कार्यक्रमअन्तर्गत सातदिने गोप्य तारा साधना आज सम्पन्न हुँदैछ । लुम्बिनीस्थित पाल थुब्तेन शेद्रुब लिङ (हजार स्वर्ण बुद्ध मन्दिर) मा नोभेम्बर १५ देखि २१ सम्म सञ्चालन भएको उक्त साधना कार्यक्रममा विभिन्न देशका बौद्ध धर्मावलम्बी तथा साधकहरू सहभागी भएका छन् । ताराज ट्रिपल एक्सिलेन्स (टीटीई) कार्यक्रमअन्तर्गत आयोजित साधना शिविरको नेतृत्व ड्रुप्पोन लामा तेन्जिन साङ्पोले गरेका छन् । शिविरमा तिब्बती वज्रयान बौद्ध परम्पराअनुसार गोप्य तारा साधना, ध्यान, मन्त्र अभ्यास तथा आध्यात्मिक अनुशासनलाई प्राथमिकता दिइएको छ । बौद्ध परम्परामा तारालाई करुणा,…
Read Moreभारतमा बुद्धका पवित्र अवशेष प्रदर्शनी सम्पन्न, ७८ हजारभन्दा बढीले गरे दर्शन
५ मंसिर, काठमाडौं: भारतको अरुणाचल प्रदेशका तीन प्रमुख बौद्ध केन्द्रमा आयोजना गरिएको भगवान् गौतम बुद्धका पवित्र अवशेषको विशेष प्रदर्शनी आज सम्पन्न हुँदैछ । तवाङ, बोमडिला र नामसाईमा तीन चरणमा सञ्चालन गरिएको प्रदर्शनीपछि बुद्धका पवित्र अवशेषलाई नयाँदिल्लीस्थित राष्ट्रिय संग्रहालयमा फिर्ता लैजाने कार्यक्रम रहेको छ । भारतको संस्कृति मन्त्रालय, अरुणाचल प्रदेश सरकार, राष्ट्रिय संग्रहालय र अन्तर्राष्ट्रिय बौद्ध महासंघको सहकार्यमा अक्टोबर ३१ देखि नोभेम्बर २० सम्म प्रदर्शनी सञ्चालन गरिएको थियो । प्रदर्शनीको पहिलो चरण तवाङस्थित ऐतिहासिक गादेन नामग्याल ल्हात्से गुम्बामा नोभेम्बर १ देखि ७ सम्म आयोजना गरिएको थियो । त्यसपछि नोभेम्बर ८ देखि…
Read More