भ्रमण वर्ष २०२० लाई सहयोग गर्न मन्त्री भट्टराईको बौद्ध धर्मगुरुहरुलाई आग्रह

भ्रमणको वर्ष २०२० लाई सहयोग गर्न बौद्ध धर्मगुरु, आनीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले आग्रह गरेका छन् । बुधबार मन्त्रालयमा मन्त्री भट्टराईले २ सय भन्दा बढि बौद्ध धर्मगुरुहरुलाई बोलाएर भ्रमण वर्षको बारेमा छलफल गरे । छलफल कार्यक्रममा उपस्थित भएका बौद्ध धर्मगुरुहरुले बौद्ध धर्म र दर्शन पछिल्लो समय विश्वव्यापी बन्दै गइरहेको उल्लेख गर्दै प्रख्यात रिन्पोचे तथा धर्मगुरुहरुका माध्यमबाट ठूलो संख्यामा बौद्ध धर्मावलम्वी तथा अनुयायी नेपाल आउन सक्ने बताए ।

मन्त्री भट्टराईले बौद्ध धर्म नेपालको मौलिक धर्म भएको र बौद्ध धर्मका विभिन्न मुलुकमा रहेको धर्मावलम्वीका लागि नेपालको लुम्बिनी सबैभन्दा महत्वपुर्ण तिर्थस्थल रहेको बताउँदै यहाँ आउन चाहनेहरुलाई बौद्ध धर्मगुरुहरुले सहजकर्ताको भूमिका निर्वाह गरी भ्रमण वर्षलाई सफल पार्न आग्रह गरे । बौद्ध धर्मगुरुलाई प्रशासनले गर्ने केही फरक व्यवहारको बारेमा पनि बौद्ध गुरुहरुले मन्त्री भट्टराई समक्ष गुनासो पोखे । बौद्ध धर्मगुरु प्रति गरिएको यस्तो व्यवहारलाई आगामी दिनमा सुधार गर्ने र सम्बन्धित निकायमा पत्राचार गरिने प्रतिबद्धता पनि मन्त्री भट्टराईले जनाए ।

फोटोः साधुराम थापा

Share

Related posts

Leave a Comment