सफलताका ५ सुत्र

बुद्ध भन्नुहुन्छ – ”सबै मानिसलाई सफल हुने अवकाश छ” यद्यपि सफलताकालागि नियमहरुको पालन गर्नुपर्दछ हिजो बुद्ध प्रशिक्षित ( 5 ) प्रकारका सफलताकालागि गर्नुपर्ने भावना  प्रस्तुत गर्दा मित्रहरुले एक एकको अर्थपनि प्रस्तुत गर्न आग्रह हुनाले  आज संक्षिप्तमानै प्रस्तुत गर्न प्रयास गर्दैछु – आभारी ती मित्रहरुप्रति । १ – चीरकाल भावना – कुनैपनि कार्यगर्दा तत्क्षण सफलता प्राप्त हुँदैन । अलिकति समय दिएर त्यो कार्यकालागि प्रयास गर्नुपर्नेहुन्छ । कतिपय मानिस कुनै कार्य आरम्भ गरो अनि भएन भन्दै एकैछिनमा चट्ट छोडेर अर्को पछि लाग्दछन् । त्यसो गर्नाले सफलता हासिल गर्न सरल पर्दैन । अझ…

Read More

भक्तपुरमा महापरित्राण सम्पन्न

भक्तपुरको बौद्ध समस्कृत विहार कथुबहिमा भिक्षु महासंघबाट पवित्र महापरित्राण पाठ सम्पन्न भएको छ । महापरित्राण पुस्तक तथा अष्टपरिष्कार शोभा यात्रा गरी सुरु भएको उक्त परित्राण कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका पूर्व अध्यक्ष भिक्षु बोधिसेन महास्थविरले शील प्रदान गरेका थिए । कार्यक्रममा सामूहिक बुद्ध पूजा गरिसके पछि भिक्षु बोधिसेन महास्थविरले महापरित्राण पाठको महत्व बारे धर्मदेशना गरे । विभिन्न स्थानबाट आएका भिक्षु संघबाट सामूहिक रुपमा परित्राण पाठ पछि युगल परित्राण पाठ गरिएको थियो । उक्त कार्यक्रममा मुनी विहारका प्रमुख भिक्षु विपस्सीका साथै काठमाडौं, ललितपुर, किर्तिपुरबाट आएका भिक्षु, अनागारिका तथा उपासक उपासिकाहरु उपस्थित…

Read More

बौद्ध गुरुमाको ८० औँ जन्मदिन मनाइयो

भिक्षु महासंघले श्रद्धेय धम्मदिन्ना गुरुमाको ८० औँ जन्मदिन मनाएको छ । हिजो सोमबार मनाइएको जन्मदिनमा महापरित्राण पाठ गरी गुरुमाको सुख र मंगलको कामना गरियो । पबित्र महापरित्राण कार्यक्रममा नेपालका संघ महानायक अश्वघोष महस्थाविर एवं संघ उपमहानायाक ज्ञानपुर्निक महास्थाविर र अन्य भिक्षु संघ सहभागी भएका थिए । गुरुमाको जन्मदिनको कार्यक्रम काठमाडौँको सिनामंगलस्थित एयरपोर्ट होटलमा गरिएको थियो ।

Read More