सिन्धुपाल्चोक जिल्लाको हेलम्बु क्षेत्रमा अवस्थित हेलम्बु गाउँपालिका वार्ड नं १ मा नेपाल बौद्ध संघको आयोजनामा बौद्ध प्रशिक्षण शिविर सुरु भएको छ । शनिवारदेखि सुरु भएको पूजामा स्थानीय बौद्ध धर्मावलम्बी सहभागि भई बौद्ध शिक्षाको थप जानकारी र शिक्षा लिइरहेका छन् । १५ जना भन्दा बढिको समूहमा सहभागि भएका स्थानीयलाई नेपाल बौद्ध संघका कार्यक्रम संयोजक काइला लामा तथा खेन्पो छुल्ठिमले विविध विषयमा शिक्षा दिइरहेका छन् । नेपाल बौद्ध संघले यस अघि पनि हेलम्बु क्षेत्रका ४ स्थानमा यस्तै किशिमको ३ महिने प्रशिक्षण शिविर सुरु गरेको थियो । त्यहाँ सञ्चालित शिविर अझै जारी नै…
Read MoreCategory: Featured
नेपालमा जापानी भिक्षुले किन आत्मदाह गर्न खोजेका थिए ?
होमनाथ दाहाल राजा महेन्द्रको शासनकालको उत्तरार्धमा राष्ट्रसंघका महासचिव उथान्त नेपाल भ्रमणमा आए। नेपाल भ्रमणका अवसरमा बौद्ध धर्मावलम्बी ऊ थान्तले लुम्बिनी भ्रमण गरे। भ्रमणको अवसरमा अशोक स्तम्भ, मायादेवी मन्दिरको उनले दर्शन गरे त्यतिबेलासम्म लुम्बिनीको खास विकास भएको थिएन, त्यहाँ बञ्जरभूमि थियो। भेटिकनमा क्रिस्चियनको र मक्कामदिनामा इस्लाम धार्मिक स्थलहरूको विकास भएको, हिन्दु धर्मको पनि ठाउुठाउुमा मन्दिरमा पूजाअर्चना हुने र मेला लाग्ने गर्छ। हिन्दु, इस्लाम र क्रिस्चियन धर्मजतिकै महत्व राख्ने अझ शान्ति र अहिंसालाई विशेष महत्व दिने बौद्ध धर्मको उद्गमस्थलमा विकास निर्माणको खास काम भएको नदेखेपछि ऊ थान्तले राजा महेन्द्रसुग कुरा गरे लुम्बिनीको…
Read Moreबौद्ध धर्ममा स्तुपको अर्थ, महत्व र इतिहास
सांगे लेग्देन गुरुङ (भूपेन) त्रिकालको सम्पूर्ण बुद्ध बोधिसत्व र मेरो मूल गुरु श्रद्धेय खेन्पो साङ्गे राङज्युङ रिन्पोक्षे ज्युको चरणगमन । हामी सबै प्राणीमा बुद्धताको हेतु भएरै पनि राग, द्वेष, अविद्या, ईर्ष्या, अहंले ग्रसित भई सांसारीक प्राणी हुन बाध्य छौँ । यस्तो क्लेशबाट शीघ्र मुक्त हुँदै परमसत्य बोधार्थ सदैव गुरुप्रति सदमार्गको अपेक्षा र गुरुको सुस्वास्थ दीर्घायुको प्राथना कामना गर्दछु । स्तुपको इतिहास स्तुपको महत्त्व र सम्मान बौद्ध धर्ममा अति उच्च रहेको छ । स्तुपलाई सम्पुर्ण त्रिकालको बुद्ध तथा बोधिसत्वहरुको चित्तको प्रतीक पनि मानिन्छ । छ्योतेन स्तुपको शाब्दिक, अर्थ पुज्यस्थान, अथवा स्तुति…
Read Moreनेपाल बौद्ध संघको आयोजनामा हेलम्बु क्षेत्रमा अर्को बुद्ध शिक्षा प्रशिक्षण शिविर सुरु
नेपालको बौद्ध संघको आयोजनामा सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रका विभिन्न स्थानमा बुद्ध शिक्षा तथा धर्म देसना भइरहेको छ । विभिन्न स्थानमा सुरु भइरहेको ३ महिने बुद्ध शिक्षा प्रशिक्षण शिविरमध्ये पुस २७ देखि चैत २८ सम्म जारी रहने कार्यक्रम संयोजक काइला लामाले बताए । हेलम्बु गाउँपालिका वार्ड ६ को इचोक लामाटोलमा रहेको ज्याङ ह्युक सेम्ब गुम्बामा भइरहेको प्रशिक्षण शिविरमा स्थानीय सहभागि भइरहेका छन् । प्रशिक्षण शिविरको औपचारिक उद्घाटन नेपाल बौद्ध संघका प्रतिनिधि खेन्पो छुल्ठिमले गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा खेन्पो छुल्ठिमले त्रिशरण, पञ्चशील र चार आर्य सत्यको महत्व र आवश्यकताको बारेमा प्रवचन…
Read Moreप्राचीन महत्वको बौद्ध सम्पदाः स्वयम्भू
स्वयम्भू काठमाडौं शहरको पश्चिमतर्फ डाँडामा रहेको काठमाडौं उपत्यका भित्रको एउटा प्राचीन बौद्ध सम्पदा हो । तिब्बती भाषामा यस स्थललाई “फाग्पा शिङ्कुन” अथवा (सर्वोत्तम बृक्षहरू) भनिन्छ, जुन त्यहाँ पाइने विभिन्न प्रजातिका रुखहरुले जनाउँछ । यद्धपी शिङ्कुन चाहिँ स्थानीय नेपाल भाषाको मिश्रित “सिङ्गु” को अपभ्रंश नै स्वयम्भू भएको पनि हुन सक्छ । शिंगुको अर्थ स्व मुहान हुन्छ । मिथोलोजी स्वयम्भू पुराणका अनुसार कुनै समय काठमाडौ उपत्यकाभरि नै एउटा विशाल ताल थियो जसको बीचबाट एउटा कमलको फुल उम्रेको थियो। यस उपत्यकालाई स्वयम्भू भनेर चिनिन थाल्यो, जसको अर्थ हुन्छ “आफै उत्पत्ति भएको” । र,…
Read Moreसिन्धुपाल्चोकको भोटेकोशी ३ मार्मिंंङमा ३ महिने बौद्ध शिक्षा सुरु
नेपाल बौद्ध संघले सिन्धुपाल्चोक जिल्लाको हेलम्बु क्षेत्रको विभिन्न स्थानमा ३ महिने बौद्ध शिक्षा शिविर सुरु गरेको छ । यसैक्रममा जिल्लाको भोटेकोशी गाउँपालिका वार्ड ३, मार्मिंङमा रहेको थुजिछे छेन्पो घ्यायतोंङ चिन्तोंङ गुम्बामा पुस २१ देखि ३ महिने बौद्ध शिक्षा शिविर सुरु भएको छ । नेपाल बौद्ध संघका प्रतिनिधि खेन्पो लामा छुल्ठिमको प्रमुख आतिथ्यता र सोही गुम्बाका अध्यक्ष लोपसांङ लामाको सभापतित्वमा शिविरको समुद्घाटन गरिएको हो । शिविरमा ६० जना स्थानीय विद्यार्थी सहभागि भएका छन् । बौद्ध धर्म तथा दर्शनको ज्ञान दिने उद्देश्यले आयोजित शिविर विहान ८ बजेदेखि ९ बजेसम्म भइरहेको नेपाल बौद्ध…
Read Moreयसकारण बुद्धले दरबार त्यागेका थिए
त्रिपिटकको ’अत्तदण्डसुत्त’बाट सिद्धार्थ गौतमले दरबार छोड्नुको खास कारण प्रस्ट हुन्छ । तत्कालीन समाजमा युद्धहरू भइरहन्थे । मानिसहरू ससानो निहुँमा एकअर्काको ज्यान लिन तम्सिन्थे । बुद्धको हृदय सानैदेखि करुणायुक्त भएको हुँदा उनलाई काटमारमा सहभागी हुन या रमिता हेरेर बस्न मन भएन । उक्त सुत्तमा भनिएको छ- ‘आफन्तहरूबीच एकअर्काका विरुद्ध शस्त्र उठाएको हेर्नु भयावह थियो । जसरी पानी बिना माछा छटपटाउँछन्, उसैगरी हिंसायुक्त समाजमा मानिसहरू तड्पिइरहेका थिए ।’ सुत्तनिपातको ’पब्बज्जा सुत्त’मा बुद्धका शिष्य आनन्दले भनेका छन् ( घरगृहस्थीमा बस्नु संकटपूर्ण र अशान्तिपूर्ण छ । प्रब्रज्यामा खुला आकाशमा जस्तै स्वतन्त्रता हुन्छ । यस्तो…
Read Moreबौद्ध धर्ममा पञ्चशील र यसको महत्व
बौद्ध धर्ममा पञ्चशीलको अत्यन्तै ठूलो महत्व रहेको छ । यो बुद्ध धर्मको आधारभूत पाँच शीलहरुको संग्रह हो । अंगुत्तर निकायको अट्ठकादिनिपातमा रहेको दुच्चरितविपाकसुत्तमा पञ्चशीलको वर्णन गरिएको छ । अंगुत्तरनिकायमा दशकनिपातको जाणुस्सोणिवग्गोमा पनि पञ्चशीलको भाव पाइन्छ । सुत्तपिटकको खुद्दकनिकायको खुद्दकपाठमा दशसिक्खापदं भनिएको १० वटा शीलमध्ये पहिलो पाँच पञ्चशीलका शील हुन् । पञ्चशील बुद्ध धर्ममा प्रवेश गर्ने मूलद्वार हो । यस अनुसार बुद्धको मार्गमा हिड्नका लागि प्राणी हिंसा नगर्ने, रक्सी वा मद्यपान नगर्ने, चोरी नगर्ने वा नदिएको नलिने, झुठो कुरा नबोल्ने र आफ्नो पति र पत्नी बाहेक अरुसंग व्यभिचार नगर्ने (भिक्षुहरुले चाहिं…
Read Moreकुम्भघोषकको कथा
✍️ संजय शाक्य भगवान् बुद्धको समयमा राजगृह नगरमा र राजगृह श्रेष्ठीको घरमा अहितवातक रोग लाग्यो। यो रोग लाग्दा अन्य प्रणीदिखि लिएर मानिसहरु समेत मर्छन्। घरको भित्ता फोडेर जानेको ज्यान बच्छ। यो रोग राजगृह श्रेष्ठीलाई पनि लाग्यो। उनका छोरा अगाडि बसिरहेका थिए। श्रेष्ठीले छोरालाई भने,” बाबु, यो रोग लाग्दा घरको भित्ता फोडेर जो निस्कन्छ,उसको ज्यान बच्छ। अत: हामीहरुको वास्ता नगरी भित्ता फोडेर निस्की आफ्नो ज्यान बचाऊ। पछि आएर फलाना ठाउँमा गाडिराखेको ४० कोटी धन लिई आफ्नो जीविका गर।” उनी त्यसै गरी पहाडतिर गएर बसे। १२ बर्षपछि उनी राजगृह नगरमा फर्केर आई…
Read Moreबुद्धवचनको तेस्रो वार्षिकोत्स मनाइयो, ग्याल्वो ल्होसारमा अष्ट श्राहस्रिका पारमिता सार्वजनिक गरिने
भोट भाषामा रहेको प्रज्ञा पारमितालाई नेपाली भाषामा अनुवाद गरिरहेको बुद्ध वचन अनुवाद समिति स्थापनाको तेस्रो वर्ष पुरा भएको छ । आइतबार बौद्धमा एक कार्यक्रम गरी अनुवाद समितिको तेस्रो वार्षिकोत्सव मनाइएको छ । वार्षिकोत्सव कार्यक्रममा बुद्धवचन अनुवाद समितिमा आवद्ध रिन्पोछे, खेन्पो, लामाहरु सहित उपासक उपासिका सहभागि भएका थिए । वार्षिकोत्सव कार्यक्रममै समितिका संयोजक टीका शेर्पाले प्रज्ञा पारमिता अनुवादको काम करिब ८० प्रतिशत सम्पन्न भएको जानकारी दिए । यही आउँदो ग्याल्वो ल्होसारको अवसर पारेर प्रज्ञा पारमितामध्ये अष्ट श्राहस्रिका प्रज्ञा पारमिता सार्वजनिक गरिने पनि उनले बताए ।
Read More