झापामा विश्वकै अग्लो बुद्ध मूर्ति निर्माण सुरु

झापाको दमकमा विश्वकै अग्लो बुद्ध मूर्ति निर्माणको काम सुरु भएको छ । तीन वर्ष अघि नै निर्माण सुरु गर्ने भनिए पनि निर्माणस्थल वनको क्षेत्राधिकार भित्रको जग्गा भएका कारण काम अघि बढेको थिएन ।

तर गएको बुधबार दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बुद्ध मूर्ति निर्माणस्थलको घेराबारा शिलान्यास गर्दै मूर्ति निर्माणको काम अगाडि बढ्ने बताए । सात विगाह जमिन मात्र व्यवस्थापन भएका कारण बुद्ध मूर्ति निर्माणको काम अघि बढ्न सकेको थिएन । तर ३ महिना अघि थप २० विगाह जमिन स्थानीय सरकार, प्रदेश र संघीय सरकारले उपलव्ध गराउने निर्णय गरेसँगै मूर्ति निर्माणको काम अघि बढेको हो ।

Share

Related posts